सोमबार, मंसिर १९, २०७९

ह्विलचेयरमा मेची-महाकाली यात्रामा सन्देश, अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फेर्ने अभियान

निशा श्रेष्ठ  |  काठमाडौं, शनिबार, असोज १५, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

शनिबार, असोज १५, २०७९, काठमाडौं

नेपाल समय

भरतपुर-  दसैं बिदा मनाउन काठमाडौंबाट इलाम घर हिँडेका सन्देश रम्तेलको मनमा छुट्टै उमंग थियो। वर्षदिनको चाड मनाउन उनले मोटरसाइकलमा इलाम-८ को यात्रा तय गरे तर त्यो यात्राले उनको जीवनको बाटो नै मोडिदियो। मनमा उत्साह बोकेर परिवारजनको टीका र आशीर्वाद थाप्‍न हिँडेका उनी अस्पताल  श्य्यामा छट्पटाइरहेको अवस्थामा आफूलाई पाएका थिए। उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ इलामको हरकट्टेमा  दुर्घटना हुँदा सन्देश  गम्भीर घाइते भए।

उनले लामो समय उपचारको क्रममा अस्पतालमा गुजारे। डाक्टरले उनको दुवै खुट्टासहित शरीरको आधा भाग नै चल्न नसक्ने भनिदियो। तर, उनले हार मानेनन् निरन्तर फिजियोथेरापी जान थाले। अन्तत: उनी ह्विल चेयरको साहारामा हिँडडुल गर्न सक्ने स्थितिमा पुगे। दक्ष वकिल बन्‍ने सपना बुनेर काठमाडौंमा कानुन पढ्दै गरेको सन्देशको मनोबल दुर्घटनाले दिएको चोटले खस्कियो। 

१० महिनासम्म हल न चलको स्थितिमा घरमै थन्किँदा उनलाई आत्महत्यासम्मको सोचबाट गुज्रिनुपर्‍यो। 'मैले त यस्तो जिन्दगी बाँच्दिनँ भनेर परिवारलाई सुनाएको थिए तर दाइहरुले हार नखानू भनेर भरोसा दिनुभयो,' २५ वर्षीय सन्देश जिन्दगीको अँध्यारो पाटोबारे सुनाउँदै भन्छन्।

दुर्घटनापछि उनले निरन्तर घरमै पनि फिजियोथेरापी गराउन थाले।  फिजियोथेरापी सेन्टर जाँदा उनले आफूजस्तै अपाङ्गता भएका थुप्रै व्यक्ति देखे। उनीहरुले विभिन्न सिपमूलक तालिम सिकेर आफ्नो जीवनलाई अगाडि बढाइराखेका थिए। जीवनमा हार खानुहुन्‍न बरु पृथक केही गर्नुपर्छ भन्‍न सोच उनमा आफूजस्तै साथीहरु देख्दा आउन थाल्यो। २५ वर्षीय सन्देशले अहिले कानुनमा स्‍नातक गरिसकेका छन्। आफ्नो सपना पछ्याउँदै कानुन व्यवसायी बन्‍ने दृढ संकल्प लिएका छन्, उनले। 

दुर्घटनाले फेरिएको चुनौतीको सामाना गर्दै उनी अहिले फरक यात्रामा निस्केका छन्। मेचिदेखी महाकालीसम्मको ह्विलचेयरमा यात्रा। असोज ३ गते संविधान दिवसको अवसरमा सन्देश  ह्वीलचेयरमा मेची-महाकाली यात्रामा निस्किएका छन्। पहिलो चरणमा नेपालको मेचीदेखि महाकाली सम्मको यात्रामा निस्केका उनी लगत्तै विश्व यात्रामा निस्कने बताउँछन्। अपाङ्गताका मुद्दासँगै उनको यात्राको उद्देश्य विश्व शान्ती र मेलमिलापको पनि छ। 'लुम्बिनी, पशुपतिनाथ र लारुम्बाको माटो बोकेर म विश्वयात्रामा निस्कन चाहन्छु,' उनी भन्छन्।

ह्वीलचेयर यात्रामा निस्किँदा उनले थुप्रै व्यवधान र अवसरको अनुभव गरिराखेको सुनाए। 'कतिले त बिरामी भएर माग्‍न हिँडेको भनेर सोध्नुहुन्छ,' उनी भन्छन्, 'कहिले ह्वीलचेयर गुडाउँदा गुडाउँदै चाहिएको बेलामा साथसहयोग पनि पाइँदैन सडकको संरचनाले पनि गुडाउन अप्ठ्यारो हुन्छ।'

उनी अहिले झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, बारा, पर्सा, हेटौंडालगायतका जिल्ला छिचोल्दै नवलपरासी  आइपुगेका छन्। यात्राले हिमाल, पहाड र तराइका सांस्कृति विविधता अवलोकन गर्ने र बुझ्‍ने अवसर पाइरहेको सुनाए। उनी सडकमा ह्वीलचेयर गुडाइराखेका मात्रै छैनन्, हाइवेमै पर्ने स्थानीय सरकारलाई भेटेर अपांगता भएका व्यक्तिको हक र अधिकार सुनिश्चतताको लागि ध्यानाकर्षण पनि गराइराखेका छन्। 'अपाङ्गता भएका व्यक्तिको अधिकार र स्थानीय निकायमा भइराखेका भौतिक संरचना अपांगतामैत्री हुनुपर्ने कुरा पनि राख्दै आएको छ,' उनले सुनाए। 

आफ्नो यात्राले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनु मुख्य ध्येय रहेको उनी सुनाउँछन्। 'शारीरिक रुपमा सबल मान्छेभन्दा अपांगता भएका व्यक्तिले धेरै अड्चन भोग्नुपर्छ तर त्यसो भन्दैमा उनीहरु मानसिक रुपले पनि कमजोर हुन्छन भन्ने सोच्नु हुँदैन,' उनी भन्छन्।



प्रकाशित: October 1, 2022 | 14:10:00 काठमाडौं, शनिबार, असोज १५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
बागमती

दोलखाका १० केन्द्रमा पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय
बागमती

चितवन-१ मा स्वतन्त्रका ढकाल निर्वाचित, तेस्रो भए गठबन्धनका उम्मेदवार

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय
बागमती

धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।
नेपाल समय
बागमती

विरोध खतिवडा महेश बर्तौलासँग पराजित

मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका भएका छन्।
नेपाल समय
बागमती

रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना