आइतबार, असोज १६, २०७९

महालेखा परीक्षकको प्रतिवेदन : भरतपुरमा साइकल खरिदमा अनियमितता

निशा श्रेष्ठ  |  काठमाडौं, बिहीबार, असार ३०, २०७९

निशा श्रेष्ठ

निशा श्रेष्ठ

बिहीबार, असार ३०, २०७९, काठमाडौं

नेपाल समय
Bharatpur

भरतपुर- भरतपुर महानगरपालिकामा विपन्‍न विद्यार्थीको लागि खरिद गरिएको साइकलमा अनियमितता गरेको पाइएको छ। महालेखा परीक्षकको बुधबार सार्वजनिक वार्षिक प्रतिवेदन अनुसार सार्वजनिक खरिद ऐन-२०६३ को दफा १३ मा बोलपत्रसम्बन्धी कागज तयार गरी बोलपत्रको माध्यमद्वारा खरिद गर्नुपर्ने व्यवस्था भए पनि प्रक्रिया पूरा नगरी खरिद गरेको पाइएको हो।

‘साइकलको स्पेसिफिकेसन बनाउँदा इण्डियन लेडिज साइकल अफ्रो कम्पनी  वा सो सरह उल्लेख गरेको छ। प्रतिस्पर्धी विधीबाट खरिद गर्ने मालसामानको स्पेसिफिकेसन तयार गर्दा  इण्डियन कम्पनीको ब्राण्ड तथा नाम राखी ठेक्का गरेकोले पर्याप्त प्रतिस्पर्धा भएको यकिन हुन सकेन’ प्रतिवेदनमा भनिएको छ।

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ मा विपन्‍न परिवारका बालबालिकाको लागि एक साइकल स्टोर्ससँग २१ लाख ३० हजारमा ३३३ थान साइकल खरिद गरेको महालेखाको प्रतिवेदनले जनाएको छ। खरिद भएका साइकल वितरणका लागि विद्यार्थी छनोटको पारदर्शी आधार पनि कायम नगरिएको प्रतिवेदनमा उल्लेख छ।

नदीमा फोहोर विसर्जनले जलचर प्राणीमा असर

भरतपुर महानगरपालिकाले वातवरण व्यवस्थापनमा करौडौं रकम खर्चिए पनि नारायणी नदीमा फोहोर विसर्जन गर्दा जलचर प्राणीमा असरमा परेको भन्दै महालेखा परिक्षकको प्रतिवेदनले महानगरको कमजोरी औल्याएको छ। भरतपुर महानगरपालिकाले वातावरण व्यवस्थापनमा चालु आर्थिक वर्ष २०७७-०७८ मा दुई करोड खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ। तर सहरी फोहोर नदीमा विसर्जन कार्यले जलचर लगायतमा रोगको प्रकोप फैलन सक्ने  देखिदा ल्याण्डफिल साइट स्थापना गरि फोहोरमैला व्यवस्थापन गर्नुपर्ने महालेखाले सुझाव दिएको छ।

स्थानीय सरकार सञ्‍चालन ऐन-२०७४ को दफा ११ (ञ) मा वातवरण संरक्षण तथा वातवरणीय जोखिम न्युनिकरणका सम्बन्धमा नगरपालिकाको काम कर्तव्य र अधिकार उल्लेख गरे पनि भरतपुर महानगरले फोहोर व्यवस्थापनको लागि ल्यान्डफिल साइट निर्माण गर्न सकेको छैन। 

वस्तुगत विवरण पुस्तिका-२०७७ मा उल्लेख भएअनुसार महानगरमा प्रतिदिन ६ हजार पाँच सय घनमिटर फोहोर उत्पादन हुने गरेको छ। जसमा जैविक फोहोर ५०, प्लाष्टिकजन्य ३०, कागज ७, शिशा ३, धातु  ५, छाला रबर ३ तथा अन्य फोहोर २ प्रतिशत फोहोर उत्सर्जन हुने गरेको छ। 

महानगरले छेथालिङ्ग गुम्बा नजिकै रहेको २४ वडास्थित चिहानडाडामा धुव्र ल्यान्डफिल साइटमा जेठदेखि पुससम्म २९ वटै वडाको फोहोरमैला विसर्जन गर्दै आएकोमा पहुँच मार्ग मर्मत लागत बढ्न गएका कारण माघबाट ३ वडास्थित नारायणी नदी किनार नजिकैको क्षेत्रमा फोहोरमैला विसर्जन गर्दै आएको छ।

अनुगमन भएन

भरतपुर महानगरले सहकारी संस्था अनुगमन नगरेको महालेखा परिक्षकले त्रुटि औंल्याएको छ। सहकारी संस्थाको कार्य व्यवस्थित गराउन महानगरअन्तर्गत रहेका सहकारी तथा रोजगार प्रबर्द्धन शाखामार्फत यो वर्ष रु. ६७ लाख १८ हजार खर्च गरेको भए पनि सहकारी संस्थाको कारोबारको अनुगमन गरेको नदेखिएको महालेखाले जनाएको छ। ‘अन्य महानगरपालिकालेसमेत यस्ता सहकारी संस्थाको अनुगमन गरी प्रतिवेदन तयार गरेको नदेखिँदा जोखिममा आधारित अनुगमन प्रणाली तर्जुमा गरी सहकारी संस्थाको अनुगमन गर्नुपर्दछ,’ महालेखाको प्रतिवेदनमा उल्लेख छ।

भरतपुर महानगरपालिका भित्रका ३४३ सहकारी संस्थाको कुल शेयर पुँजी रू.४ अर्ब ७ करोड ८४ लाख ४० हजार, बचत निक्षेप रू.२१ अर्ब ४८ करोड ६९ लाख २१ हजार, ऋण लगानी रू. १८ अर्ब ६१ करोड ९१ लाख १९ हजार र संस्थागत पुँजी रू. ९९ करोड ६८ लाख ३३ हजार रहेको सहकारी गतिविधि पुस्तिकामा उल्लेख छ।


प्रकाशित: July 14, 2022 | 20:58:33 काठमाडौं, बिहीबार, असार ३०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
बागमती

ह्विलचेयरमा मेची-महाकाली यात्रामा सन्देश, अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फेर्ने अभियान

मेचिदेखी महाकालीसम्मको ह्विलचेयरमा यात्रा। असोज ३ गते संविधान दिवसको अवसरमा सन्देश ह्वीलचेयरमा मेची-महाकाली यात्रामा निस्किएका छन्। पहिलो चरणमा नेपालको मेचीदेखि महाकाली सम्मको यात्रामा निस्केका उनी लगत्तै विश्व यात्रामा निस्कने बताउँछन्।
नेपाल समय
बागमती

पौडी खेल्न नारायणी पसेका किशोर बेपत्ता

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बेपत्ता बालक दिउँसो साढे १२ बजे नदीमा पौडी खेल्न गएका थिए।
नेपाल समय
बागमती

टुकुचामाथिको अतिक्रमण हटाउने काम ठिक भएपनि प्रक्रिया गलत : पूर्वसचिव थापा

महानगरबाट नै पारित भएका नक्साअनुसार बनाइएका संरचनामा वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकसँग छलफल र परामर्श नगरी योजनाविहीन भएर महानगरले चलाएको डोजर अभियानबारे उनले असन्तुष्टि व्यक्त गरे।
नेपाल समय
बागमती

पहिराले देवघाट वेणीसंगम जाने बाटो बन्द

हिन्दू धर्मावलम्बीको महत्वपूर्ण धार्मिक तीर्थस्थल देवघाटधाम पहिराको जोखिममा परेको छ। देवघाटको वेणीसङ्गमस्थल नजिक त्रिशूली नदीतर्फ सुक्खा पहिरो जान थालेपछि देवघाटधाम जोखिममा परेको हो।
नेपाल समय
बागमती

आज महानगरको डोजर वीर अस्पताल परिसरका औषधि पसलमा चल्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू आज डोजर चलाउने भएको छ। महानगरले नियम विपरित सञ्चालनमा रहेका औषधि पसल भत्काउन २४ घण्टे चेतावनी दिएको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना