सोमबार, साउन ३०, २०७९

भरतपुरको बजेट प्राथमिकता : अधुरा योजनाको निरन्तरता

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९, काठमाडौं

नेपाल समय

भरतपुर- भरतपुर महानगरपालिकाले  ११ औं नगरसभाबाट ल्याएको बजेटले अधुरा योजनाको निरन्तरतालाई प्राथमिकतामा राखेको छ। आजबाट सुरु भएको नगरसभामा महानगरका उपप्रमुख चित्रसेन अधिकारीले ५ अर्ब ७४ करोड ५६ हजार बजेट सार्वजनिक गरेका छन्। 

यसको लागि आन्तरिक आय रु १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट रु ३७ करोड, बैंक मौज्दात रु १ अर्ब ३० करोड, मर्मत सम्भार कोष बाट रु ४ करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ५ करोड संकलन हुने प्रक्षेपण गरिएको छ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अधिकारीले आगामी  बजेटले महानगरपालिकाको सामाजिक, आर्थिक, सांस्कृतिक र दिगो तथा वातावरणमैत्री पूर्वाधार विकासमा रणनीतिक महत्व राख्ने अपेक्षा राखिएको बताए।

यस्ता छन् भरतपुरको आगामी बजेटका प्राथमिकताका विषय : 

अधुरा तथा क्रमागत योजनाहरुको निरन्तरता

चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत योजनाहरु समयमै सम्पन्न गर्नको लागि एकमुष्ट रु १ अर्ब ३० करोड बजेट विनियोजन गरिएको छ।

वडास्तरबाटै सम्पन्न हुने योजनाहरु

हरेक वडाको समानुपातिक विकासका निम्ति सम्बन्धित वडास्तरबाट नै कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाइने।यसरी कार्यान्वयन हुने योजनाहरुको लागि प्रत्येक वडाका लागि रु २ करोड ५० लाखको दरले जम्मा रु. ७२ करोड ५० लाख विनियोजन गरिएको छ।

सहरी पूर्वाधार, भू उपयोग तथा वस्ति विकास

ठूला तथा रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको श्रोतसँग समपूरक साझेदारी कोष स्थापना गर्न रु ६ करोड बजेट विनियोजन गरिएको छ।

महानगरपालिकाको एकीकृत शहरी विकास गुरु योजना तर्जुमा गर्ने, महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण, विध्युतीय बसको खरिद गर्ने, महानगरभित्र अत्यावश्यक स्थानमा सार्बजनिक शौचालयहरु निर्माण, भरतपुरको कोर सिटीलाई विकेन्द्रीकरण गर्ने उदेश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन, हरीयाली सहितको नमूना सडक निर्माण, सिचाई, कल्भर्ट, ग्राभेल, ह्युमपाइप खरिद, ओभरहेड ब्रिज निर्माण, आयोजना बैंक निर्माण लगायतका शहरी सौन्दर्य र भूउपयोग तथा वस्ति विकास सम्बन्धि नीतिहरु कार्यान्वयन गर्नको लागि रु २८ करोड विनियोजन गरिएको छ।

कृषि विकास तथा पशु विकास

कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रिकरण कार्यक्रमलाई निरन्तरता, कृषकहरूको क्षमता अभिवृद्धि तथा प्रविधि हस्तान्तरणका तालिमहरु संचालन, व्यवसायिक तथा सामुहिक तरकारी खेती गर्ने कृषकहरूका लागि ढुवानीका साधनमा अनुदान, कृषि विमा कार्यक्रमलाई निरन्तरता,खाद्य गुणस्तर परीक्षण प्रयोगशाला स्थापनाको अध्ययनलगायतका कृष सम्बन्धि नीति कार्यान्वयन गर्नको लागि रु ८ करोड साथै प्रति लिटर दुधमा रू. ३ करोड अनुदानलाई निरन्तरता दिइएको छ।

आर्थिक अवस्था कमजोर भएका र रोजगारी नभएका विपन्न परिवारहरूको जिविकोपार्जनका लागि निर्वाहमूखी पशुपन्छीपालन कार्यक्रम कार्यान्वयनलाई निरन्तरता, गाइभैंसीहरूमा कृत्रिम गर्भाधान कार्यक्रम कार्यान्वयन र बाँझोपनको समस्या निराकरणका लागि घरदैलो घुम्ती शिविर सञ्चालन, मत्स्य व्यवसाय प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता लगायत पशु विकास कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड ५० लाख गरी कृषि तथा पशुविकासतर्फ रु १५ करोड ५० लाख विनियोजन गरिएको छ।

शिक्षा विकास

सामुदायिक विद्यालयहरुमा भवन निर्माण, जस्ताको छानामुनि फल्स सिलिङ, स्कुल कलर कोड, सामुदायिक विद्यालयका बालबालिकाहरूको वर्षको एक पटक विद्यालयमै निशुल्क स्वास्थ्य परीक्षण,विद्यालयहरूबीच स्वस्थ शैक्षिक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न एक वडा एक नमुना विद्यालय विकास कार्यक्रम,शिक्षामा पहुँच एवं गुणस्तर कायम लगायतका शैक्षिक विकासको नीति कार्यान्वयन गर्नको लागि रु १३ करोड विनियोजन गरिएको छ।

नियमित मर्मत सम्भार

महानगरपालिका भित्र ग्रावेल सानातिना मर्मत तत्काल कार्यान्वयन गर्नको लागि रु ८ करोड बजेट विनियोजन गरिएको छ।

स्वास्थ्य सेवा

महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई भरतपुर अस्पतालबाट प्रदान गरिँदै आएको निशुल्क ओपिडि टिकट अनुदान, सम्पूर्ण किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्गको अभियान सञ्चालन,स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई निशुल्क यातायात/एम्बुलेन्स खर्च, क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रमलाई निरन्तरता लगायत स्वास्थ्य क्षेत्रको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ७ करोड बजेट विनियोजन गरिएको छ।

खानेपानी, वातावरण सरसफाई तथा हरियाली प्रर्वद्धन

महानगरपालिका भित्र मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने उपभोक्ताको खानेपानी महशूल महानगरपालिकाले भुक्तानी गर्न रु ३ करोड बजेट व्यवस्थापन गरिएको छ। एक वडा एक फोहोरमैला व्यवस्थापन स्रोत केन्द्र स्थापना, एक वडा एक पार्क निर्माण कार्यलाई निरन्तरता, डम्पिङ साईट व्यवस्थापन,फोहोरको प्रभावकारी संकलन, ढुवानी तथा व्यवस्थापन एवं हरियाली प्रवर्द्धन गर्ने, लगायतका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु ७ करोड बजेट विनियोजन गरिएको छ। 

सूचना तथा प्रविधि एवं डिजिटल प्रणाली

महानगरपालिकामा इन्टरनेट सहितको नेट्वोर्किङ लाई व्यवस्थित गर्ने,सफ्टवेयर मर्मत तथा सम्भार,कम्तिमा १ वटा आइटी पार्क निर्माण गर्ने, विद्युतिय हाजिरीलाइ केन्द्रीकृत गर्ने,महानगरमा हाल प्रयोगमा आइसकेको अनलाइन राजस्व प्रणाली¸ अनलाइन पेमेन्ट¸अनलाइन नक्सा प्रणाली¸अनलाइन गुनासो ब्यवस्थापन ¸अनलाइन पञ्जीकरण¸डिजिटल नागरिक बडापत्र¸अनलाइन खरीद प्रणाली एवं डिजिटल योजना प्रणाली¸ बायोमेट्रिक हाजिरीलगायतको कार्यक्रम कार्यान्वयन गर्न रु 3 करोड विनियोजन गरिएको छ।

सहकारी तथा रोजगार प्रर्वद्धन

सहकारी मार्फत उद्यमशीलताको बिकास गर्न युवा तथा उद्यमीहरूलाई नविन व्यवसाय शुरुगर्न आवश्यक क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच सहजीकरण,सहकारी शिक्षा र तालिम मार्फत सहकारीसंस्थाहरुको क्षमता अभिवृद्धिलगायतको नीति कार्यान्वयन गर्न रु २ करोड ५० लाख बिनियोजन गरिएको छ।

पर्यटन तथा उद्योग वाणिज्य

भरतपुर महानगरलाइ पर्यापर्टन¸सांस्कृतिक पर्यटन¸ माइस पर्यटन¸ साहसिक पर्यटन¸धार्मिक पर्यटन¸कृषि पर्यटन¸विकास पर्यटन¸स्वास्थ्य पर्यटन र शैक्षिक पर्यटन, जल पर्यटनको प्रर्वद्धन गर्न बजेट व्यवस्थापन गरिएको छ।

पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा,भरतपुर (चितवन) – पोखरा (कास्की) – लुम्बिनी स्वर्ण त्रिकोण पर्यटन प्रवर्द्धन कार्यक्रम, महानगरपालिकाका महत्वपूर्ण सम्पदा स्थलहरूको सम्पदा संरक्षण गुरुयोजना तर्जुमा लगायतको पर्यटन तथा उद्योग बाणिज्य सम्बन्धि नीतिहरु कार्यान्वयन गर्नको लागि रु २ करोड ५० लाख विनियोजन गरिएको छ। 

युवा तथा खेलकुद

युवावर्गलाई उद्यमशील बनाउन मागमा आधारित सीपमूलक तालिम, अवलोकन भ्रमण तथा परामर्शका कार्यक्रमहरू सञ्चालन,अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश स्तरीय खेलमा पदक जित्‍ने महानगरबासी खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान लगायतका नीति कार्यान्वयन गर्नको लागि एकमुष्ठ रु २ करोड बजेट विनियोजन गरिएको छ।

लैंगिक समानता, महिला शसक्तिकरण र सामाजिक समावेशीकरण

छोरीहरूको स्वास्थ्य तथा सुरक्षाका लागि महानगरभित्र स्थायी बसोवास गर्ने महिलाहरुबाट सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरूलाई छोरी जीवन विमाकार्यक्रमको लागि रु २ करोड बजेट व्यवस्था गरिएको छ।

महानगरभित्र रहेका लक्षित वर्ग उत्थान तथा सशक्तीकरणका कार्यक्रमलाई निरन्तरता दिईनेछ, शारिरीक अशक्तताका कारण मध्यम अपाङ्गता भएका व्यक्तिहरूलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिनेछ। छुवाछुत रबालश्रम निषेध, बालविवाह मुक्त महानगर घोषणा र अन्तरजातीय विवाह गर्ने दम्पत्तिलाई सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइएको छ।

साथै जनयुद्ध, जनआन्दोलन, थरुहट लगायतका आन्दोलनमा शहिद तथा वेपत्ता र पिडित परिवारका सदस्यहरूलाई मासिक रूपमा प्रदान गरिने जिविकोपार्जन सहयोग तथा आर्थिक सहायता कार्यक्रमलाई निरन्तरताको लागि बजेट व्यवस्थापन गरिएको छ।एक वडा एक ज्येष्ठनागरिक विश्रामस्थल कार्यक्रमलाई निरन्तरता दिइने लगायतका नीति तथा कार्यक्रम कार्यान्वयनको लागि रु २ करोड बजेट विनियोजन गरिएको छ।

विपद् व्यवस्थापन  

विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ती परिचालन, जोखिम अल्पीकरणका कार्यक्रम सञ्चालन, विपद्जोखिम न्यूनीकरण, राहत वितरण, पुनस्थापना जस्ता कार्यहरुगर्न एकमुष्ठ रु ४५ लाख ५२ हजार तथा विपद तथा प्रकोप व्यवस्थापन कोषमा रु २ करोड गरी जम्मा रु २ करोड ४५ लाख ५२ हजार बजेट व्यवस्थापन गरिएको छ।

राजश्व प्रशासन

राजश्वको अभिलेख व्वयस्थापन, राजस्व असूली कार्यलाई समयानुकूल र प्रविधिमैत्री बनाउन बजेट व्यवस्थापन गरिएको छ। महानगरको कर प्रशासनलाई चुस्त, सरल, प्रविधिमैत्री एवं करदातामैत्री बनाई अधिकतम कर सहभागिता सुनिश्चित गर्न कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने,महानगरपालिकाका सम्पूर्ण करदाताहरूको तथ्याङ्क सङ्कलन गरी अभिलेख अद्यावधिक, करलाइ डिजिटल प्रणालीमा आबद्ध गर्ने लगायतका नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि रु १ करोड बजेट विनियोजन गरिएको छ।

कर्मचारी प्रशासन,जनशक्ति विकास तथा सुशासन

अभिमुखीकरण, तालिम, अध्ययन, भ्रमणआदिबाट कर्मचारीको ज्ञान, सीप, क्षमताको विकास गर्न बजेट व्यवस्थापन गरिएको छ। साथैसङ्गठन तथा व्यवस्थापन सर्वेक्षण, सार्वजनिक सुनुवाइ र सामाजिक लेखापरीक्षण, चौवीसै घण्टा नागरिक सहायता केन्द्र सञ्चालनमा ल्याउने लगायतका नीति कार्यान्वयन गर्नको लागि एकमुष्ठ रु १ करोड बजेट विनियोजन गरिएको छ।

निजी क्षेत्र लयागत अन्य विकास सहयात्री सँग सहकार्य

संघ तथा प्रदेश सरकार एवं निजी तथा अन्य क्षेत्रको सहकार्यमार्फत लगानी सम्मेलन मार्फत श्रोत जुटाइ दीगो पुर्वाधार विकास लगायतको कार्य गर्नको लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ।

सेवा प्रवाह र प्रशासन

उत्प्रेरित एवं उच्च मनोबलयुक्त जनशक्तिबाट प्रभावकारी सेवा प्रवाह भई आम सेवाग्राहीले सुशासनको अनुभूति गर्ने हुँदा कर्मचारीको क्षमता अभिबृद्धि गर्न, नेपाल सरकारले बढाएको तलवमानको समायोजन गरिनेछ।साथै विगत नवौं नगरसभाबाट भएको निर्णयमा सबै कर्मचारिहरु लाइ समानता कायम गरी १५ प्रतिशत प्रोत्साहन भत्तालाइ निरन्तरता दिइएको छ।महानगरपालिकाको समग्र प्रशासनिक खर्च को लागि एकमुष्ठ रु ७५ करोड बजेट विनियोजन गरिएको छ।

मागमा आधारित लक्षित वर्ग कार्यक्रम तथा सामाजिक उत्थान क्षेत्रकोसमग्र नीति कार्यान्वयन गर्नको लागि रु ५० लाख बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ।


प्रकाशित: June 24, 2022 | 17:08:45 काठमाडौं, शुक्रबार, असार १०, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
बागमती

हेटौंडामा डेंगुका ६५ बिरामी भेटिए

डेङ्गु रोगबाट प्रभावित भई गम्भीर प्रकृतिका बिरामीको काठमाडौंको शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा उपचार गराइरहेको महाशाखाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिएका छन्।
नेपाल समय
बागमती

काठमाडौंको फोहोर समस्या समाधान नगरे चुनाव बहिष्कार गर्ने धुनिवेशीका दलहरुको चेतावनी

धुनिवेशी नगरपालिकाका रहेका नेपाली कांग्रेसका सभापति पूर्णसिंह तामाङ, नेकपा माओवादी केन्द्रका अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भिषण धितालले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै फोहोरमैला सदाका लागि बन्द गर्न आह्वान गरेका हुन्।
नेपाल समय
बागमती

काठमाडौंका मेयर भन्छन्- अवरोध नभए आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्छन्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।
नेपाल समय
बागमती

फोहोरका कारण कालीमाटी तरकारी बजारको प्रवेशद्वार नै बन्द

कालीमाटीबाट तरकारी बजार प्रवेश गर्नका लागि तीन प्रवेशद्वार रहेकामा दुई स्थानबाट सवारीसाधन आवतजावत गर्ने एक मानिसका लागि बनाइएको हो। दुई महिनादेखि कालीमाटी क्षेत्रको फोहर व्यवस्थापन हुन नसक्दा तरकारी बजारबाट निस्केको फोहर र घरबाट निस्केको फोहरसमेत मानिस आवतजावत गर्ने प्रवेशद्वारमा फल्ने गरिएकाले अहिले उक्त स्थानबाट आवतजावत गर्न सकिने अवस्था छैन।
नेपाल समय
बागमती

बागमती प्रदेश यातायात कार्यालयमा थपियो १ हजार २१५ कोटा

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४:३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताएका छन्। उनका अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना