सोमबार, मंसिर १२, २०७९

लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने गठबन्धनको दाबी

नेपाल समय  |  काठमाडौं, सोमबार, माघ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ ३, २०७८, काठमाडौं

नेपाल समय

बुटवल– सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेद्वारले लुम्बिनीको राष्ट्रियसभामा सजिलै जित्ने दाबी गरेको छ। पाँच दलीय गठबन्धनले सोमबार बुुटवलमा पत्रकार सम्मेलन गर्दै आफ्ना उम्मेदवारहरुको जित निश्चित भएको दावी गरेको हो। 

लोकतन्त्र, संविधानको रक्षा, राजनीतिक स्थिरताका लागि कानुनी र संवैधानिक रक्षाका लागि गठबन्धन बनेको बताउँदै राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारले अंकगणितका हिसाबले पनि सहजै जित हुने  नेताहरुले बताएका छन्। 

राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनबाट बाँकेका नेपाली कांग्रेसका युवराज शर्मा,  पाल्पाबाट नेकपा (एकीकृत समाजवादी)का  राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा (राजेश) चुनावी मैदानमा छन्। 

पत्रकार सम्मेलनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जनाले आफूहरुले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेसका शर्माले बीपीबाट प्रभावित भएर २०३० सालमा कांग्रेस बाँकेको सचिव भएर राजनीति सुरु गरेको बताए। पाल्पाकी राजेन्द्रलक्ष्मी गैरैले  २०३६ सालदेखि राजनीतिमा लागेर अहिले पार्टीले आफ्नो योगदानको मूूल्यांकन गरेको बताइन्। 

लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ।  

अर्का उम्मेदवार तुलबहादुर विश्वकर्माले आफ्नो उम्मेदवारी सामाजिक विभेदको अन्त्य र सामाजिक न्याय स्थापित गर्नका लागि भएको बताए। तीनै जना उम्मेदवारले गठबन्धनका सबै दलमा रहेकाहरुबाट मत पाउने आशा राखेका छन्।  एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले आफूहरुसँग एक हजारभन्दा बढी मत अन्तर रहेकाले सजिलै जित्ने बताए। उनले १५ सय मतान्तरले जित्ने दाबी गरे। 

कांग्रेस लुम्बिनीका अध्यक्ष अमरसिंह पुन, नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपाल लुम्बिनीका अध्यक्ष अशोककुमार यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बोमबहादुर खत्रीले विज्ञप्तिमार्फत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख–उपप्रमुखहरुलाई मत दिएर गठबन्धनलाई जिताउन अपिल गरेका छन्। 

लुम्बिनीमा रिक्त ३ पदका लागि माघ १२ गते दाङमा निर्वाचन हुनेछ। यहाँ प्रदेशसभाका ८१ र पालिकाका प्रमुख उपप्रमुख २१५ जना गरी २ सय ९६ जना कुल मतदाता छन्। यसमध्ये लुम्बिनीमा सत्तारुढ गठबन्धनको कुल मतभार ४ हजार २ सय ९० देखिन्छ भने एमालेको कुल मतभार ३ हजार ३ सय १२ मतभार देखिन्छ।  


प्रकाशित: January 17, 2022 | 16:48:46 काठमाडौं, सोमबार, माघ ३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
बागमती

दोलखाका १० केन्द्रमा पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय
बागमती

चितवन-१ मा स्वतन्त्रका ढकाल निर्वाचित, तेस्रो भए गठबन्धनका उम्मेदवार

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय
बागमती

धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।
नेपाल समय
बागमती

विरोध खतिवडा महेश बर्तौलासँग पराजित

मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका भएका छन्।
नेपाल समय
बागमती

रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना