बिहीबार, मंसिर २२, २०७९

हात्तीको आक्रमणबाट सैनिकको मृत्यु

नेपाल समय  |  काठमाडौं, आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८, काठमाडौं

नेपाल समय
सांकेतिक तस्बिर।

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ। निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोस्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापाको हात्ती आक्रमणबाट मृत्यु भएको हो। उनलाई शनिबार साँझ हात्तीले आक्रमण गरेको थियो।

साइकलमा गस्तीमा निस्किएका सैनिकमाथि पौने ७ बजेतिर हात्तीले आक्रमण गरेको थियो। घाइते थापाको उपचारका क्रममा राति सवा ११ बजे भरतपुर मेडिकल कलेमा मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। आक्रमण गर्ने हात्ती ‘ध्रुवे’ भएको बताइएको छ। ध्रुवे हात्तीको आक्रमणबाट यसअघि १५ जनाको ज्यान गइसकेको छ। २०६६ सालमा चितवन राष्ट्रिय निकुञ्जमा देखा परेको ध्रुवेले भौतिक संरचना पनि नष्ट गरेको छ। 

तिवारीका अनुसािर गस्तीमा गएका अरू सैनिक भने सुरक्षित छन्। थापाको शव भरतपुर मेडिकल कलेजमा राखिएको छ।



प्रकाशित: January 16, 2022 | 12:00:53 काठमाडौं, आइतबार, माघ २, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
बागमती

दोलखाका १० केन्द्रमा पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय
बागमती

चितवन-१ मा स्वतन्त्रका ढकाल निर्वाचित, तेस्रो भए गठबन्धनका उम्मेदवार

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय
बागमती

धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।
नेपाल समय
बागमती

विरोध खतिवडा महेश बर्तौलासँग पराजित

मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका भएका छन्।
नेपाल समय
बागमती

रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना