बिहीबार, मंसिर २२, २०७९

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि होटल व्यवसाय प्रभावित

नेपाल समय  |  काठमाडौं, शनिबार, माघ १, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १, २०७८, काठमाडौं

नेपाल समय
प्रतिनिधि तस्बिर।

चितवन - कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यहाँका होटलमा विवाह, गोष्ठी, सेमिनारलगायतका लागि बुक गरिएका कार्यक्रम रद्द भएका छन्। माघ महिनामा धेरै कार्यक्रम हुने समय भए पनि सङ्क्रमण बढेका कारण कार्यक्रम रद्द भएका हुन्।

पर्यटकीय नगरी सौराहामा रहेको होटल सेभेन स्टारका सञ्चालक माधव दुवाडीले आफ्नो होटलमा माघ महिनाका लागि भएका १२ वटा कार्यक्रम सबै रद्द भएको बताए। 

उनले राम्रो सिजनका समयमा सङ्क्रमण बढेपछि व्यवसाय प्रभावित बनेको बताउनुभयो। होटल बेस्टउडकासमेत सञ्चालक रहनुभएका दुवाडीले भने, 'माघ महिनामा मात्रै करिब एक करोड २५ लाख हाराहारीको कार्यक्रम रद्द भएका छन्।' उनका अनुसार स्वदेशी पर्यटक पनि आउनेक्रम घट्दै गएका छन्।

सङ्क्रमणको पहिलो र दोस्रो लहरले ठूलो क्षति भएको पर्यटन व्यवसायमा पछिल्लो समय सङ्क्रमण बढ्दा झनै प्रभावित हुने देखिएको छ। जंगल सफारी लज सौराहाका सञ्चालक सुमन घिमिरेले बुक भएका कार्यक्रम क्रमशः रद्द हुँदै गएको बताए। उनले भने, 'माघ महिनाका लागि बुक भएका चार वटा कार्यक्रममध्ये दुई वटा रद्द भइसकेका छन्।'

जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी सहभागी भएर कार्यक्रम नगर्न सूचना जारी गरेपछि धमाधम कार्यक्रम रद्द भइरहेको उनको भनाइ छ।

क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले भने, 'व्यवसायीमा नयाँ आशा पलाएको थियो। माघ फागुनमा राम्रो व्यवासय हुने अपेक्षा गरिएको थियो।'

सपना भिलेजका सञ्चालक ध्रुव गिरीले जनवरी र फेब्रुअरीमा विदेशी पर्यटकले गरेका बुकिङ रद्द भएको बताए। उनको होटलमा यो दुई महिनामा ६० जना फ्रान्सका पर्यटकले बुक गरेका थिए। स्वदेशी पर्यटक न्यून मात्रै रहेको उनको भनाइ छ।

होटल नेचर हेरिटेज सञ्चालक दामोदर रेग्मीको होटलमा यसै महिनाका लागि बुकिङ भएका छ वटा भारतीय समूह र दुई वटा गोष्ठी रद्द भइसकेका छन्। उनले भने, 'सानातिना बुकिङ त धेरै रद्द भएका छन्।'

कोरोना भाइरस सङ्क्रमणको दास्रो लहरपछि आशा पलाएको भए पनि पुनःसङ्क्रमण बढेसँगै यहाँका होटल व्यवसायीलाई निराश बनाएको उनको भनाइ छ। यस्तै अवस्था रहे पर्यटन क्षेत्र धरासायी बन्ने रेग्मीले बताए।

पटिहानीमा रहेको होटल जङ्गल भिल्लामा चार वटा समूहको बुकिङ र तीन वटा गोष्ठी रद्द भएका छन्। सञ्चालक गणेश पौडेलले भने, 'कार्यक्रम धमाधम रद्द हुन थालेका छन्, कहिलेसम्म हो यस्तै हुने।' माघ, फागुन महिनामा गोष्ठी र ठूला समूह घुम्न आउने संकत देखिएको भए पनि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बुकिङ रद्द हुन थालेको उनको भनाइ छ।

भरतपुरका ठूला होटल तथा पार्टी प्यालेसका कार्यक्रम पनि रद्द भइरहेको व्यवसायीले बताएका छन्। भरतपुरमा रहेका चितवन मिडटाउन रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरेले बुकिङ राम्रो भए पनि पर्ख र हेरको अवस्थामा रहेको बताए। उनको होटलमा माघमा मात्रै तीन वटा विवाह र तीन वटा कार्यक्रमका लागि बुकिङ भइसकेको थियो। थप कार्यक्रम आउने क्रममा भए पनि पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ।

जिल्लाको पर्यटकीय क्षेत्र सौराहा, पटिहानी, जगतपुर, मेघौली र सदरमुकाम भरतपुरमा रहेका होटलमा विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायतका कार्यक्रमसँगै पर्यटक घुम्नका लागि आउने गर्दछन्। कोभिडको पछिल्लो सङ्क्रमणसँगै बुकिङ धमाधम रद्द हुन थालेका हुन्। जिल्लामा कोभिडको सङ्क्रमण तीव्र गतिमा बढेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० हाराहारी पुगेको छ।


प्रकाशित: January 15, 2022 | 17:25:00 काठमाडौं, शनिबार, माघ १, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
बागमती

दोलखाका १० केन्द्रमा पुनः मतदान हुने

निर्वाचन आयोगले दोलखाका १० वटा केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय
बागमती

चितवन-१ मा स्वतन्त्रका ढकाल निर्वाचित, तेस्रो भए गठबन्धनका उम्मेदवार

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल निर्वाचित भएका छन्। उनी ३४ हजार १ सय ८९ मत ल्याएर विजयी भएका हुन्।
नेपाल समय
बागमती

धादिङ–२ बाट कांग्रेसका रामनाथ अधिकारी विजयी

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन्।
नेपाल समय
बागमती

विरोध खतिवडा महेश बर्तौलासँग पराजित

मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौला विजयी भएका भएका छन्।
नेपाल समय
बागमती

रवि लामिछानेले बुझाए स्पष्टीकरण

खारेज हुनुअघिको नेपाली नागरिकता पेस गरेर उम्मेदवारी दर्ता गराएको उनीमाथि आरोप लागेको छ। खारेज भइसकेको नागरिकता पेस गरेर उम्मेदवार बनेको भन्दै उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना