सोमबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र नकेपा माओवादी केन्द्रका सुर्खेतस्थित कार्यालयमा आगजनको प्रयास भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।
अधिवेशनले उपाध्यक्षमा डबल रावत, सचिवमा तीर्थराज बोहरा, सहसचिवमा विमला शाही र समावेशी सहसचिवमा चन्द्रप्रसाद ढकाललाई चयन गरेको छ। स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश र हुम्ला इन्चार्ज गोरखबहादुर बोगटीको अध्यक्षतामा गठित अध्यक्षमण्डलले नयाँ नेतृत्व छनोट गरेको हो।
सुर्खेतमा शनिबार स्थानीय तहको निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरणलाई सम्बोधन गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसिसीलाई संसद्बाट पारित गर्ने विषयले राष्ट्रिय राजनीतिमा नयाँ ध्रुवीकरण देखापर्ने बताएका हुन्।
जुम्ला सदरमुकाम खलंगा बजारमा रहेको जुम्ला विमानस्थल स्तरोन्नतिका लागि संघीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले र कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायबीच छलफल भएको छ।