आइतबार, असार १२, २०७९
नेपाल समय | बिहीबार, चैत ३, २०७८

'होली पर्वले लोक संस्कृतिको प्रवर्द्धन गर्छ'

खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पुर्‍याउने उनको विश्वास छ।

नेपाल समय | सोमबार, फागुन ३०, २०७८

कर्णालीका ३ नगर र ३३ गाउँपालिकामा पुगेको छैन बिजुली

नेपाल विद्युत प्राधिकरणले कर्णालीका ३ नगरपालिका र ३३ गाउँपालिकामा अझसम्म पनि विद्युत सेवा विस्तार गर्न नसकिएको जानकारी दिएको छ। यी पालिकासहित सबैको घरमा दुई वर्षभित्र बिजुली पुर्‍याइने प्राधिकरणको दाबी छ।

नेपाल समय | आइतबार, फागुन २९, २०७८

हुम्लामा जसपा र माओवादीबीच समायोजन

जनता समाजवादी पार्टीमा हुम्ला जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यसहित सिंगो जिल्ला कार्य समिति र नेकपा माओवादी केन्द्र समायोजन भएको छ।

नेपाल समय | बुधबार, फागुन २५, २०७८

आठ महिनापछि पारित भयो कर्णालीको बजेट

कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८–०७९ को बजेट आठ महिनापछि प्रदेशसभाबाट पारित भएको छ।

नेपाल समय | मंगलबार, फागुन २४, २०७८

सुर्खेत विमानस्थल विस्तार नहुने

विमानस्थल विस्तारमा स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि नयाँ स्थानको खोजी गर्न सरोकारवाला सहमत भएका हुन्।

नेपाल समय | मंगलबार, फागुन २४, २०७८

अन्तर्राष्ट्रिय नारी दिवस : बालविवाह अन्त्यसम्बन्धी देउडा प्रतियोगिता

लामो समयदेखि महिला, बालबालिकालगायत क्षेत्रमा काम गर्दै आएको नेपाल-अष्ट्रिया साझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका-५ र ६ मा गाउँमा बालविवाह न्यूनीकरणका लागि देउडा प्रतियोगिता सञ्चालन गरेको हो। आइतबार वडा ६ माथिल्लो गाउँ र सोमबार तल्लो गाउँमा देउडा गीत प्रतियोगिता सम्पन्न गरेको हो।

नेपाल समय | मंगलबार, फागुन २४, २०७८

सुर्खेत विमानस्थल विस्तार नहुने

सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ। विमानस्थल विस्तारमा स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि नयाँ स्थानको खोजी गर्न सरोकारवाला सहमत भएका हुन्।

नेपाल समय | सोमबार, फागुन २३, २०७८

भाइरल भएका गाउँपालिका प्रमुख भन्छन् – घरमा बन्दुक छ तर बोकेर हिँडेको छैन

बन्दुक बोकेर हिँड्ने गाउँपालिका अध्यक्ष भनेर सामाजिक सञ्जालमा भाइरल भएका जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले भाइरल भएको तस्बिर आफ्नो नभएको बताएका छन्।

नेपाल समय | सोमबार, फागुन २३, २०७८

प्रदेशसभा सदस्यसँग सहकार्य गर्दै कर्णालीका युवा

फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले पहिलो चरणमा छानिएका १० जिल्लाका ५० युवालाई संसदीय प्रक्रिया, कानुन निर्माण र कर्णालीका विभिन्न सामाजिक आयाममा आधारित भएर तालिम दिइएको जानकारी दिए।

नेपाल समय | आइतबार, फागुन २२, २०७८

सुर्खेत घटना: प्रहरी सहायक निरीक्षकविरुद्ध जाहेरी दर्ता

प्रहरी चौकी सुब्बाकुनाका इञ्चार्ज रहेका सिंहले हमाल सवार ट्रकलाई नियन्त्रणमा लिई मरणासन्न हुने गरी कुटपिट गरेको परिवारको आरोप छ। प्रहरीले सवारी इजाजतपत्र नभएको भन्दै भे १ क ९२२ को मिनी ट्रकका सहचालक तिलक शाही र व्यवसायी हमाललाई निर्घात कुटपिट गरेको जाहेरीमा उल्लेख छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना