केन्द्रमा एमाले औपचारिक रुपमै विभाजित भएपछि त्यसको असर कर्णालीमा पनि परेको छ। केन्द्रमा जस्तै कर्णालीमा पनि नेकपा एमाले र एमाले समाजवादीका रुपमा विभाजित भइसकेको छ।
नेकपा एमालेका युवा नेता विष्णु रिजाल कुनै समय माधवकुमार नेपालका विश्वास पात्र थिए। पछिल्लो पटक २०६६ सालमा प्रधानमन्त्री हुँदा रिजालले नेपालको किचेन क्याविनेटमा रहेर प्रेस संयोजकको भूमिका निभाएका थिए। दैलेख स्थायी घर भएका रिजाल र नेपालको सम्बन्ध लामो समय टिक्यो।
हप्ता दिनदेखि कर्णाली प्रदेशमा विद्युत आपूर्ति असहज बनेको छ। बुधबार २४ घण्टामा जम्मा ४ घण्टाजति मात्र विद्युत आपूर्ति हुन सक्यो। यसै पनि अविरल वर्षा र हावाहुरीका कारण कर्णालीमा दैनिक विद्युत सेवा अवरुद्ध हुन्छ।
जुम्लाको सिंजा गाउँपालिका–६ का वडाध्यक्ष कालीबहादुर बुढा र उनका छोरा नवीन बुढा धरौटीमा छुटेका छन्। वडाध्यक्ष १ लाख १० हजार र छोरा नवीन १ लाख धरौटीमा छुटेका हुन्।
कर्णाली प्रदेशमा १० घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ। अविरल वर्षाका कारण कोहलपुर सुर्खेत ३३ केभी प्रसारण लाइनको हर्रेदेखि मुरारीखोलासम्मका तीनवटा पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको छ। शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र विभिन्न ७ मन्त्रीबीच कार्य सम्पादन सम्झौता भएको हो।
जुम्लामा स्थानीयलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ। चन्दननाथ नगरपालिका–४ सिंंगाचौरका स्थानीयको गोठभित्र पसेको भालुलाई सोही ठाउँमा गोली हानेर मारिएको हो।