आइतबार, असोज १६, २०७९

कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा

नेपाल समय  |  काठमाडौं, बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९, काठमाडौं

नेपाल समय

टीकापुर- हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ। नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ। जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ।

नदीको वहावले तटबन्ध नै भत्काउन थालेपछि टीकापुर नगरपालिकाको तटीय क्षेत्रका नागरिक मनसुन अवधिभर त्रासमा बाँच्ने गरेका छन्। तीन दिनदेखि मनसुन सक्रिय भएको छ। नदीले कटानसमेत तीव्र पारेपछि यहाँका नागरिक रातिको समयमा राम्ररी निदाउन नसकेको बताउँछन्। टीकापुर–५ का सुन्दर थारुले टीकापुर पार्कको उत्तरतर्फ कर्णाली नदी कटान भइरहेकाले त्रास बढेको बताए।

टीकापुर नगरपालिका–५ स्थित टीकापुर पार्कको पूर्वीउत्तरतर्फ भैरवनाथ मन्दिरको नजिकै कर्णाली नदीले कटान तीव्र बनाएको छ। त्यहाँ नदी नियन्त्रणका लागि बनाएका स्पर तथा तटबन्धलाई भत्काउन थालेको छ। कर्णालीले तटबन्ध र स्पर भत्काउन थालेपछि यहाँका नागरिकमा त्रास बढेको टीकापुर–५ बङ्गलापुरका चुनकानु थारुले बताए। 

‘यहाँ गत वर्षदेखि नै कटान सुरु भएको हो। यस वर्ष पनि कटान भइरहेको छ। अहिलेसम्म १५ फिट कटान भइसकेको छ’, उनले भने, ‘नदीले कटान सुरु गरेपछि आफ्नो गाउँसम्म पनि असर गर्ने भएकाले त्रासमा बस्न बाध्य भएका नुक्लीपुरका बबिता घर्तीमगरले बताए।

‘दैनिक वर्षा भइरहेको छ। नदीमा पानी बढ्यो या ठूलो वर्षा भइरहेको अवस्थामा हामीलाई त निद्रा लाग्दैन, नदी कटानको त्रासले भोक निन्द्रा हराएको छ’, उनी भन्छन्, ‘कतिबेला आफ्नो घरसम्म बाढी आउँछ भन्ने डरले सताउन थालेको छ। नदी बस्तीमा पसे गाउँ नै सखाप हुन्छ।’

कर्मीडाँडाका सिंहराज बुढामगर पनि मनसुनको समयमा बढी वर्षा हुने बित्तिकै निकै चिन्ता लाग्ने गरेको बताँछन्।

नुक्लीपुरका दुजबहादुर दर्लामीमगर भने कटानको जोखिम रहेका ठाउँमा बृहत र समयमै तटबन्ध बनाएको भए बस्ती सुरक्षित हुने बताउँछन्। ‘नदीको पानी बस्तीमा पसेपछि नुक्लीपुर र टीकापुर पार्कको त भविश्य नै रहने देखिँदैन’, दर्लामीमगर भन्छन् ‘नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले पानीलाई छेक्न ठूला ठूला स्परसहितको तटबन्ध गरेको छ तर त्यहाँ पनि कटान सुरु भएकाले तटबन्धको स्वरुप परिवर्तन आवश्यक छ। अब तार जाली, ढुङ्गा राखेर गरिने तटबन्धले नदी नियन्त्रण गर्न सकिँदैन।’

यहाँ नदी कटान भएर बस्ती पसेमा टीकापुरको नुक्लीपुर, बङ्गलापुर, शाहीपुर, सिम्रेनी, टीकापुर पार्कलगायत दक्षिणतर्फका वडा नम्बर ६, ७, ८ र ९ लाई असर पार्ने देखिन्छ। यहाँका नागरिकलाई बर्खामा नदी कतिबेला बस्तीमा पस्ने हो भन्ने उनीहरुलाई पीर छ। कर्णाली नदीबाट सबैभन्दा बढी जोखिममा टीकापुर–५ को शाहीपुर क्षेत्र रहेको छ। यसका साथै रानी र जमरा कुलाको मुहानमा तटबन्ध नै नबनेका कारण जमरा र रानीकुलाको मुहानमा पानी सतहमाथि भएमा इन्टेकमा जाने जोखिम छ।

कुलोको पानी इन्टेकमा गएर बस्तीमा पसेमा टीकापुर नगरपालिका र जानकी गाउँपालिका पूरै डुबानमा पर्ने अवस्था छ। टीकापुर–२ को मूलपानी र भुराखानी सामुदायिक वन क्षेत्रमा विग वर्षमा बनेका तटबन्ध ठाउँ–ठाउँमा भत्किएका छन्। टीकापुर–७ सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा समेत कटान तीव्र भइरहेको छ।

वन क्षेत्रमा आठ वर्षदेखि निर्माणको ठेक्का पाएको सिद्धीसाइ कन्स्ट्रक्सनले काम सम्पन्न गर्न नसकेपछि सिँचाइ आयोजनाले ठेकेदारलाई कालोसूचीमा राखेर ठेक्का बदर गरेको छ। बाढीपीडित सङ्घर्ष समितिका संयोजक धनसिंह साउद यस वर्ष नदी कटान ठाउँ ठाउँमा भइरहेकाले थप जोखिम रहेको बताउँछन्।

रानीजमरा कुलरिया सिँचाइ आयोजनाले अहिले पनि तटबन्धका काम गरिरहेको छ। तटबन्ध गरिरहे पनि नदीले हरेक वर्ष फरकफरक स्थानमा तटबन्ध भत्काउने गरिरहेका कारण समस्या भइरहेको रानी, जमरा कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठ बताउछन्। ‘हामीले लामो सयमदेखि तटबन्धका कार्य गर्दै आएका छौँ, तटबन्ध बनाएको ठाउँमा नदीले धार परिवर्तन गर्दा तटबन्ध नै भत्काउने गरेको छ’, उनले भने, ‘आयोजनाले दर्जन बढी ठाउँमा नदी नियन्त्रणको काम गरेको छ।’

टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डङ्गौरा थारुले नदीको त्रासमा आफूहरु पनि रहेको बताउँदै प्रभावित क्षेत्रको अनुगमन गरी नगरपालिका आफैंले गर्न सक्ने ठाउँमा आफैँले काम गर्ने र नसकिने स्थानमा रानी, जमरा कुलरिया सिँचाइ आयोजनासँगको समन्वयमा कटान रोक्न पहल गर्ने योजना बनाएको बताए।

-रासस


प्रकाशित: July 28, 2022 | 10:24:41 काठमाडौं, बिहीबार, साउन १२, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
कर्णाली

सुर्खेतबाट तीन हजार ९०० खसी काठमाडौं पठाइयो

बडादसैँका लागि सुर्खेतबाट तीन हजार नौ सय खसीबोका राजधानी पठाइएको छ। सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यले पालेका तीनहजार ९५८ वटा खसी काठमाडौँ पठाइएको हो।
नेपाल समय
कर्णाली

फेरिए चन्दननाथका लिङ्‍गा

जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको मन्दिरमा ५२ हातको लिङ्‍गो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गर्छन्। घटस्थापनाकै दिन बटुक भैरवनाथ मन्दिरमा भने ४८ हातको लिङ्‍गो र ४८ हातकै ध्वजा र नेजा सहितको लिङ्‍गा फेरिन्छ।
नेपाल समय
कर्णाली

अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त

सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त सहर बनेको छ। संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ। राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ।
नेपाल समय
कर्णाली

कर्णालीमा जग्गा वर्गीकरणमा ढिलाइ

हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषि लगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ। तर कर्णालीका स्थानीय तहले त्यसको प्रक्रिया सुरु गर्न सकेका छैनन्।
नेपाल समय
कर्णाली

कर्णालीका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा

यस वर्ष अघिल्लो आवमा झण्डै दुई लाख बजेट कम हुँदा परिवार नियोजनका आधुनिक साधनको पहुँच विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने बताइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना