शुक्रबार, साउन २७, २०७९

बजेटमा कर्णाली : कार्यक्रम राम्रो, कार्यान्वयनमा शंका

नेपाल समय  |  काठमाडौं, सोमबार, जेठ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १६, २०७९, काठमाडौं

नेपाल समय

कर्णाली- संघीय सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा कर्णाली प्रदेशलाई न्यायोचित बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले सदनमा आगामी वर्षका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट पेश गरेका थिए। 

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कर्णालीकै सांसद केन्द्रीय सरकारको अर्थमन्त्री हुनुले पनि बजेटमा कर्णालीले उल्लेख्य स्थान पाएको बताए। 'विगतमा भन्दा यसपटक अलि बढी कर्णालीलाई समेटिएको पाइयो', उनले भने, 'मुख्य कुरा कार्यान्वयन कसरी हुन्छ र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रमको समयमै प्राथमिकताका साथ कार्यान्वयन हुन्छ की हुँदैन भन्ने हो, त्यसैले बजेट राम्रो आयो अब कार्यान्वयनमा ध्यान दिनुपर्‍यो।'

महासंघका अध्यक्ष शाहीले सुर्खेतमा नयाँ औद्योगिक क्षेत्र र सुर्खेत विमानस्थल विस्तार, सुर्खेत–कोहलपुर जोड्ने रत्न राजमार्गको स्तरोन्नतिको विषय नसमेटिएकामा गुनासो गरे। यद्यपि करको दर वृद्धि नगरी दायरा वृद्धि गरिनु, कर्णालीमा १०० लाई रोजगारी सिर्जना दिने उद्योगलाई १५ वर्षसम्म आयकरमा छुट दिनेलगायतका प्रावधान स्वागतयोग्य रहेको बताए।

मध्यपश्चिम विश्वविद्यालयका डिन एवं अर्थशास्त्र विषयका सहप्राध्यापक डा लिलाधर तिवारीले विगतका वर्षहरुमा भन्दा यसपटक कर्णालीले केन्द्रीय बजेटमा महत्व पाउनु प्रशंसनीय भएको धारणा राखे। 'बजेटमा उल्लेख भएका योजना कार्यान्वयय हुनसके कर्णालीको ठूलो उपलब्धि हो, उनले भने, 'रैथाने बालीको संरक्षण, कृषि क्षेत्र विकास कार्यक्रम, जडीबुटी प्रशोधन केन्द्र स्थापना, एकीकृत बस्ती विकास, रोजगारी विषय महत्वपूर्ण छन्।' भेरी र कर्णाली करिडोर स्तरोन्नतिलाई महत्व दिए पनि अन्य सडक पूर्वाधारको विषयमा बजेटमा सम्बोधन हुन नसकेको बताए। 

बजेटमा सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माण, सुर्खेतकै शुभाघाटमा बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण गर्ने, सुर्खेत मेडिकल कलेज निर्माण गर्ने, प्रादेशिक अस्पताललाई मेडिकल कलेजमा रुपमा स्तरोन्नति गर्ने, बर्दियाको भुरीगाउँदेखि सुर्खेतको रानीघाटसम्म जोड्ने सुरुङमार्ग निर्माण गर्ने कार्यक्रम समेटिएका छन्।

त्यस्तै, १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना गर्नका लागि पूर्वाधार निर्माण गर्न आवश्यक बजेट विनियोजन, सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना, किम्मती र अर्धकिम्मती पत्थर प्रशोधन केन्द्र सञ्चालन गर्ने, भेरी करिडोर र कर्णाली करिडोरको स्तरोन्नतिका साथै कर्णाली करिडोरअन्तर्गत हुम्ला जिल्लाको सिमकोटमा आगामी वर्षभित्र सडक सञ्जाल विस्तार गर्ने, कालीकोटमा रहेको फुकोट कर्णाली र जगदुल्ला आयोजना निर्माणका लागि कार्यान्वयन गरिने बजेटमा उल्लेख छ।

बेतन कर्णाली आयोजनाको खरिद प्रक्रिया अघि बढाइने, भेरी करिडोर र कर्णाली करिडोरमा विद्युत् प्रसारण लाइन विस्तार गर्ने, भेरी बबई बहुउद्देश्यीय आयोजनाको हेडबक्र्स र पावरहाउस निर्माण सम्पन्न गर्ने, नाग्म गमगडी राजमार्गको स्तरवृद्धि, जुम्लाको सिञ्जामा एकीकृत बस्ती विकास कार्यक्रमका लागि बजेट विनियोजन, डोल्पाको डोल्पाबुद्ध र हुम्लाको लिमीमा हिमाली सहर निर्माण गर्ने बजेट वक्तव्यमा उल्लेख छ।

त्यस्तै, जाजरकोट जुम्ला सुरुङमार्ग, कर्णाली करिडोर र मध्यपहाडी राजमार्ग क्षेत्रमा अवस्थित दैलेखको राकमकर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने, जुम्लाको टोप्लापाटनमा हाई अल्टिच्युड एण्ड ट्रेनिङ सेन्टर स्थापना गर्ने, जुम्लादेखि रारा, फोक्सेन्डोदेखि लिमीसम्म पर्यटकीय मार्ग निर्माण गर्ने, कर्णालीको रैथाने बाली, जैविकखेतीको विकास तथा संरक्षणका लागि कृषि क्षेत्र विकास कार्यक्रम लागू गर्ने, कर्णालीका कागुनो, मार्सी, टिमुर, सिमीलगायतका उत्पादनको बजारीकरण गर्ने अर्थमन्त्री शर्माले बताए।

हिमाली जिल्लामा स्याउ उत्पादन प्रशोधन केन्द्र स्थापना गर्ने, जाजरकोटको पत्थर अन्वेषण तथा प्रशोधन गर्ने, रारा, हुम्लाको लिमी, मुगुको छायाँनाथ, डोल्पाको सेफोक्सोन्डोको पर्यटकीयस्थलको रुपमा प्रवद्र्धन गर्ने कार्यक्रम समावेश गरिएका छन्। सरकारले कर्णालीमा यसपटक सुक्खा बन्दरगाह स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरेको छ। डोल्पाको तिन्छे र धो नाकामा सुक्खा बन्दरगाह स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अघि बढाउने योजना बजेटमा समेटिएको छ।

बजेटका विषयमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले बजेट कर्णालीमैत्री आएको बताए। 'पूर्वाधार, पर्यटन, कृषि, आयआर्जनका साथ कर्णाली समृद्धिको कार्यक्रम बजेटमा समेटिएको छ', मन्त्री विष्टले भने, 'यो विगतको भन्दा धैरै बजेट तथा कार्यक्रम हो।' स्रोतको व्यवस्था भएकाले यसको कार्यान्वयनमा तहमा कर्णालीका जनप्रतिनिधि तथा सामाजिक अगुवाले खबरदारी गर्नुपर्नेमा उनले जोड दिए।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय उपमहासचिव विष्णुप्रसाद तिमिल्सिनाले कर्णाली राष्ट्रिय विकास सूचाकाङ्कमा कर्णाली पछि परेको भन्दै आगामी आवका लागि ल्याइएको बजेट अझै पर्याप्त नभएको टिप्पणी गरे। यद्यपि विगतभन्दा बजेट बढेर आएकाले यहाँको प्रभावकारी र गुणस्तरीय विकासका लागि खर्च शक्ति र जनशक्ति व्यवस्थापन हुनुपर्ने उनको भनाइ थियो। बर्सेनि कर्णालीमा बजेट आइरहने तर त्यसको कार्यान्वयन नभएर बजेट फ्रिज जाने संस्कृतिको अन्त्य हुनुपर्ने जुम्लाका बामपन्थी बुद्धिजीवी रामकृष्ण बुढ्थापाले बताए।          -रासस


प्रकाशित: May 30, 2022 | 11:30:00 काठमाडौं, सोमबार, जेठ १६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
कर्णाली

छात्रवृत्ति र दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च

कालिकोटको तिलागुफा नगरपालिका–५ मा रहेको कालिका माविले विद्यार्थीको छात्रवृत्ति कटाएर शिक्षकलाई तलब खुवाएको छ।
नेपाल समय
कर्णाली

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ।
नेपाल समय
कर्णाली

सामुदायिक विद्यालयमा विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिन अदालतको आदेश

उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ। न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरुबाट भर्ना शुल्क नलिन फैसला गरेको हो।
नेपाल समय
कर्णाली

सडक निर्माणमा अनियमितता गर्ने हुम्ला र मुगुका १० जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्ला र मुगुका १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल समय
कर्णाली

कर्णाली प्रदेश : १० लाख बढीले लगाए कोरोना खोप

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म १० लाख ७७ हजार पाँच सय २८ ले खोपको पहिलो मात्रा तथा १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको जनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना