बिहीबार, जेठ १२, २०७९

नेपाली सेनाको हवाई सेवा : धेरैको बच्यो ज्यान !

नेपाल समय  |  काठमाडौं, शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८, काठमाडौं

नेपाल समय
फाइल तस्बिर।

जाजरकोट- नेपाली सेनाको पश्चिम कमान्डले सञ्‍चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ। विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो। 

कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिल्लामा पश्चिम कमान्डले काम गर्दै आएको छ। सुत्केरी तथा प्रकृतिक प्रकोप तथा विपद्मा परेका सर्वसाधारणलाई नेपाली सेनाको पश्चिम कमान्डअन्तर्गतको हवाई सेवामार्फत उद्धार गरी सुविधा सम्पन्‍न ठाउँमा ल्याइ उपचारमा सहयोग गर्दै आएको छ।

२०७६ साल भदौ १७ मा पश्चिम कमान्डअन्तर्गत नेपाली सेनाले वीरेन्द्रनगरमा पश्चिम हवाई सेवा स्थापना गरी उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरु गरेको थियो। सुरुमा काठमाडौँबाट हुने उडानहरु २०७६ साल भदौ १७ देखि सुर्खेतबाट नै तीनवटा प्रदेशमा हुँदै आएको छ।

तीनवटा प्रदेशलाई जोडेर सेनाले पश्चिम कमान्ड स्थापना गरेको हो। लुम्बिनीको बाँके, बर्दिया, सुदूरपश्चिम र कर्णालीको पूरै भागलाई समेटेर  पश्चिम एअर बेसबाट उडानका काम हुँदै आएको छ। उद्धारका लागि तीनवटा हेलिकोप्टरसहित उडान दलका समेत तयारी हालतमा राखिएको पश्चिम कमान्डका प्राविधिक प्रमुख सेनानी रचन श्रेष्ठले बताए। 

यो वर्ष मात्र गर्भवती र सुत्केरीको मात्र हालसम्म ४८ जनाको उद्धार गरी सुविधा सम्पन्न ठाउँमा ल्याइएको छ। २७ वटा अन्य उद्धारका काम भएको पश्चिम हवाई सेवा कार्यालयले बताएको छ। २०७७ सालमा ३४ गर्भवती, अन्य २३ र २०७६ मा ३५ गर्भवती र अन्य १९  जनाको उद्धार गरिएको प्रमुख सेनानी श्रेष्ठले बताए।

पश्चिममा एअर बेस स्थापनासँगै उद्धारमा छिटोछरितो भएको स्थानीयवासीले बताएका छन्। पश्चिम क्षेत्रमा सवारी दुर्घटना, बाढी पहिरो, हिउँ पहिरामा परी घाइते भएकालाई समेत सेनाले हेलिकोप्टरबाट उद्धार गर्दै आएको छ। त्यस्तै, राहत वितरणमा समेत नेपाली सेनाले उडान भर्दै आएको छ। 

प्राकृतिक विपत्तिमा आफ्नै मेडिकल टिम खटाएरसमेत सेनाले जनसेवा गर्दै आएको पश्चिम कमान्डका मेजर जनरल प्रेम शाहीले बताउनुभयो। पश्चिम कमान्डको एअर बेसलाई अझै पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने यस क्षेत्रका सर्वसाधारणको माग रहेको छ। पश्चिम एअर बेसबाट सबैभन्दा बढी डोल्पा, हुम्ला, मुगु र जाजरकोटबाट गर्भवतीको उद्धार गरिएको छ। 

राष्ट्रपति महिला उद्धार कोषमार्फत सेनाले उक्त उद्धारका काम गर्दै आएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम आर्थिक वर्ष २०७५÷७६ देखि सुरु भएको थियो। 

दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भई ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याउने काम सेनाले गर्दै आएको छ। सेनाले उद्धार गरी गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा ल्याएर ज्यान बचाउने गरेको छ। 

हवाई उद्धारका लागि कार्यविधि २०७५ साल कात्तिक ३० को मन्त्रिस्तरीय निर्णयबाट कार्यान्वयनमा ल्याइएको थियो। हवाई उद्धार गरी सुविधा सम्पन्न अस्पतालसम्म ल्याइएकी ज्यान जोखिममा परेकी महिलाको सुत्केरी पोषण स्याहार तथा यातायात सहयोगका लागि एकमुष्ट बीस हजार उपलब्ध गराउने व्यवस्थासमेत रहेको छ। 

पूर्ण रुपमा हवाई उद्धार हुने १८ जिल्लाहरुमा ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दार्चुला रहेका छन्। 

त्यस्तै, आंशिक रूपमा २९ जिल्लामा पनि उद्धार हुँदै आएको छ। डोल्पाको फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावा सम्डुक गुरुङले हाम्रो जस्तो सञ्चारदेखि सडक सुविधा नभएको ठाउँमा यो कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताए। उनले यो कार्यक्रम नभएको भए धेरै गर्भवतीको ज्यान जान सक्थ्यो भन्दै अझै प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

उनले भने,'हाम्रोजस्तो आर्थिक अवस्था कमजोर भएको जिल्लामा सबैको पहुँचमा सञ्चार छैन, फोन गर्न एक दिन हिँडेर जानुपर्छ, जनप्रतिनिधिको सूचनाका आधारमा अहिलेसम्मका सुत्केरीको उद्धार भएको छ, त्यसैले यहाँका सबै नागरिकलाई समान रूपमा समेट्ने प्रयास यो कार्यक्रममार्फत गर्ने प्रयास गरेका छौँ।'

के के आउँछन् त उद्धार गर्दा समस्या? 

हेलिकोप्टरबाट उद्धार कार्य आफैँमा जटिल कार्य हो। हेलिकोप्टर अवतरण गर्ने ठाउँ, भूगोल र मौसमबारे जानकारी नहुँदा हरेक उडानमा समस्या हुने गरेको छ। तोकिएको समयभन्दा बढी समय लाग्दा हवाई यात्रामा धेरै पटक जटिलता आउने गरेको प्रमुख सेनानी श्रेष्ठले बताए।

अधिकांश ठाउँमा हेलिकोप्टर अवतरण गर्दा ठाउँ नै नभएको अवस्था हुने गरेको समेत उनले बताए। छिनछिनकै मौसम परिवर्तन हुँदा अर्को समस्या आउने गरेको छ। सूचना सही नपाउँदा हैरानसमेत खेप्नु परेको थुप्रै उदाहरण रहेकोसमेत उनले बताए। उडान गर्दा लामो समय हुँदा हेलिकोप्टरमा इन्धनको समस्यादेखि हाइअल्टिच्युट हुने खतरा बढ्ने गरेको छ। 


प्रकाशित: January 22, 2022 | 17:32:00 काठमाडौं, शनिबार, माघ ८, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
कर्णाली

कर्णाली प्रदेश प्रमुखद्वारा आर्थिक विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ।
नेपाल समय
कर्णाली

दैलेखको ठाटीकाँधमा तनाव, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिकास्थित एक मतदान केन्द्रमा झडप भएको छ।
नेपाल समय
कर्णाली

सुर्ख‍ेतमा चुनावी प्रचारमा प्रयोग भएका दुई गाडीमा आगजनी

सुर्खेतमा चुनावमा प्रयोग भइरहेका दुई गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। वीरेन्द्रनगर–६ मंगलगढीमा रोकी राखेको दुई वटा गाडीमा अज्ञात समूहले गएराति आगजनी गरेको हो।
नेपाल समय
कर्णाली

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य

प्रदेश प्रमुख तिलक परियारले बिहीबार राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गरेका हुन्।
नेपाल समय
कर्णाली

कर्णाली प्रदेश सरकारद्वारा सार्वजनिक बिदा थप

प्रदेश सरकारको विसं २०७८ चैत्र २९ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना