शनिबार, मंसिर १८, २०७८

एमाले सचिवमा यामलाल कँडेललाई अघि सार्ने कर्णालीको निर्णय

नेपाल समय  |  काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ९, २०७८, काठमाडौं

नेपाल समय
Yamlal Kandel

सुर्खेत– नेकपा (एमाले) को केन्द्रीय पदाधिकारीमध्ये सचिव पदमा कर्णाली प्रदेशले दाबी गर्ने भएको छ। सचिव पदका लागि एमालेका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका सह–संयोजक यामलाल कँडेललाई अघि सार्ने निर्णय गरिएको छ। कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको भेलाले कर्णालीबाट सचिव पद दाबी गर्ने निर्णय गरेको हो । ‘सचिव पदमा कर्णालीबाट यामलाल कमरेडलाई अघि सार्ने निर्णय भएको छ,’ भेलामा सहभागी एक नेताले भने, ‘उहाँले भोलि सचिव पदमा उम्मेद्वारी दिनुहुन्छ।’ 

यता कँडेलले पनि सचिव पदमा आफ्नो दाबी रहेको बताएका छन्। उनले भने, ‘सबै साथीहरुको भावना अनुसार म अघि बढ्छु तर उम्मेद्वारी घोषणा भइसकेको छैन।’


प्रकाशित: November 25, 2021 | 15:41:08 काठमाडौं, बिहीबार, मंसिर ९, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बिहीबार, मंसिर ९, २०७८

थप समाचार

हिमपातले हुम्लामा हवाई सेवा बन्द

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ।

कर्णालीमा कांग्रेस सभापतिमा ३ जनाको उम्मेदवारी

नेपाली कांग्रेस सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ। सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबाट तीन जनाले प्रदेश सभापतिमा उम्मेद्वारी दर्ता भएको हो।

कर्णाली प्रदेश अधिवेशन : प्रतिस्पर्धामा लितजंग र भूपेन्द्रजंग

जुम्लाका ललितजंग २०७० को संविधान सभा सदस्य हुन्। पहिलेदेखि नै कोइराला परिवारसँग नजिक रहेका ललितजंग केही महिनाअघि मात्रै देउवा समूहमा खुलेका हुन्। ललितजंगले आफूलाई दुबै पक्षको साथ रहेको भन्दै जित सुनिश्चित भएको दाबी गरेका छन्। उनलाई कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र कांग्रेस संसदीय दलका नेता एवम् कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री जीवनबहादुर शाहीको साथ छ।

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द

हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ। हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्।

हुम्लाको लिमीमा खाद्यान्न ढुवानीमा फेरि अवरोध

हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीमा खाद्यान्न ढुवानीमा फेरि अवरोध आएको छ।

कांग्रेस कर्णालीको अधिवेशन पौडेल समूहद्वारा बहिष्कार, देउवा समूह भन्छ– डोलीमा राखेर ल्याउन सकिएन

संस्थापन इतर (रामचन्द्र पौडेल) समूहलाई बाइपास गरेर अधिवेशन उद्घाटन गरिएको छ। संस्थापनपक्षीय कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रदेश अधिवेशनको औपचारिक उद्घाटन गरेका हुन्।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C