मंगलबार, कार्तिक २, २०७८

राजनीतिक खिचातानीले सडक मर्मत नहुँदा सास्ती

नेपाल समय  |  काठमाडौं, बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८, काठमाडौं

नेपाल समय

जाजरकोट- छिमेकी पालिकाका साथै वडाहरूमा वर्षायाममा भत्किएको सडक सयममै मर्मत भए पनि नलगाड नगरपालिका –८ हल्चौरमा भने सडक मर्मत हुन सकेको छैन।

सडक मर्मत गर्न नगरपालिकाले बजेट बिनियोजन गरी डोजर पठाएर मर्मत गर्न लाग्दा वडाध्यक्षले सिफारिस नदिँदा काम रोकिएको छ। काम गर्न आएको डोजरसमेत फर्काएको छ। सडक मर्मत गर्नका लागि निर्माण हुने उपभोक्ता समितिका सबै व्यक्ति कांग्रेस भित्र आफूले मात्र भनेको व्यक्ति हुनुपर्ने अडान अध्यक्षले लिएर सिफारिस नदिएपछि सडक मर्मत हुन नसकेको हो।

जाजरकोट–डोल्पा सडक खण्ड भित्र जोडिएको हल्चौर गाउँमा सडक मर्मत नहुँदा उकालोमा हैरानी व्यहोदै दैनिक उपभोग्य सामग्रीहरु बोकेर लिनुपरेको छ।

नेकपा ( माओवादी केन्द्र) को तर्फबाट कार्यपालिका सदस्य रहेका नरबहादुर विकले सडक मर्मत गर्नका लागि नगरपालिकाबाट डोजर ल्याएर काम सुरु गर्न लाग्दा कांग्रेसबाट जितेका वडाध्यक्ष गोविन्द शाहीको टोलीले सडक मर्मत गर्न सिफारिस नदिँदा काम रोकिएको हो।

राजनीतिक खिचातानी मात्र होइन , उपभोक्तामा समेत आफ्ना मान्छे बनाउनु पर्ने मागका साथै डोजरसमेत आफ्नै प्रयोग गर्नुपर्ने अध्यक्षको चाहनाले गर्दा सडक दशैं अघि मर्मत हुन सकेको छैन। 


प्रकाशित: October 13, 2021 | 22:35:00 काठमाडौं, बुधबार, असोज २७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, असोज २७, २०७८

थप समाचार

अब्बल बन्ने अभ्यासमा प्रदेश अस्पताल

चिटिक्क परेको भौतिक पूर्वाधार र दक्ष जनशक्तिबाट अस्पतालले सेवा प्रवाह गर्न थालेको छ। पर्याप्त स्रोत साधानको सदुपयोग गर्दै बिरामीको उपचारलाई सहज बनाउने प्रयास थालिएको छ।

चौरजहारीको यातायात व्यवस्था कार्यालयले २ वर्षमा पनि पाएन कार्यादेश

रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा दुई वर्षअघि स्थापना गरिएको यातायात व्यवस्था सेवा कार्यालयले अझैसम्म काम पाएको छैन।

कर्णालीमा बुधबार सार्वजनिक बिदा

कर्णालीमा बुधबार सार्वजनिक बिदा हुने भएको छ। असोज शुक्ल पूर्णिमाको अवसरमा कर्णाली प्रदेश सरकारले बिदा दिएको हो।

सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध

सुर्खेत–दैलेख सडक खण्ड अवरुद्ध भएको छ।

दसैं अवधिमा २१ दुर्घटना हुँदा कर्णालीमा ३७ जनाको मृत्यु, ११ ले आत्महत्या गरे

दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ ।

'बैंकले धितो सुन नलिएपछि दशाजस्तै बन्‍यो दसैं'

हुम्लाका दलित समुदायलाई आर्थिक अभावका कारण दसैँ मनाउन असहज भएको छ। कोरोना महामारीका उनीहरु बेरोजगारीमा बस्‍न बाध्य छन्। दसैंका आर्थिक स्रोत जुटाउन उनीहरुले आफ्नो घरमा राखेको सुनसमेत कर्जामा राखेका जनाइएको छ।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C