बुधबार, असोज १२, २०७९

जाजरकोटमा कांग्रेसको वडा अधिवेशन : सभापति र प्रतिनिधि सर्वसम्मत, नेतृत्वमा महिला सहभागिता शून्य

देव राना  |  काठमाडौं, आइतबार, भदौ २०, २०७८

देव राना

देव राना

आइतबार, भदौ २०, २०७८, काठमाडौं

नेपाल समय
जाजरकोटको भेरी नगरपालिका-२ को वडा अधिवेशनपछि तस्बिर खिचाउँदै। ३८ जिल्लामा कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ।

सुर्खेत– जाजरकोटमा नेपाली कांग्रेसले ७५ वटा वडामा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको छ। वडा सभापतिसहित २ हजार ७९ जना पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन्।

७७ वडामध्ये कुसे गाउँपालिकाको वडा नं. ८ र नलगाड नगरपालिकाको वडा नं. ८ बाहेकका अन्य सबै वडामा सर्वसम्मत नेतृत्व निर्वाचित गरिएको छ। ती वडामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको जाजरकोटका कांग्रेस सभापति दीपकजंग शाहले जानकारी दिए।

‘क्षमतावान र योगदानको आधारमा सबैलाई सर्वसम्मत नेतृत्व छनोट गरेको छौँ,’ शाहले भने, ‘स्थानीय तहको निर्वाचन नजिकिँदै छ, यो अवस्थामा पार्टीभित्र प्रतिस्पर्धा गर्न हुँदैन भन्ने लाग्यो र साथीहरुलाई पनि त्यही अनुसार कन्भिन्स गर्यौं।’ कुनै पनि वडामा विभाजन, गुट र मतभेद देखिने गतिविधिहरु नहुनु पार्टी र कार्यकर्ताहरुका लागि सुखद् पक्ष भएको शाहले बताए। पार्टीभित्र एकताको सन्देश दिनका लागि पनि वडाको नेतृत्व सर्वसम्मत गरिएको उनको तर्क छ।

वडाको नेतृत्व तहमा महिला सहभागिता भने शून्य छ। ७५ वडामध्ये अहिलेसम्म कुनै पनि वडामा महिला नेतृत्व आएको छैन। बाँकी रहेका दुई वडामा पनि महिला नेतृत्व आउने सम्भावना न्यून छ। ‘हाम्रो जिल्लामा महिला दिदीबहिनीहरु नेतृत्वमा आउनै चाहनु हुन्न,’ सभापति शाहले भने, ‘टाठाबाठा स्थानीय तहमा गइहाल्छन्, बाँकी रहेका दिदीबहिनी नेतृत्वमै आउन चाहनुहुन्न।’ निर्वाचन सम्पन्न भएका ७५ वडामध्ये ५ वडामा दलित समुदायबाट नेतृत्वमा आएका छन्। वडामा छनोट भएका नेतृत्वमध्ये पनि अधिकांश युवा छन्।

जाजरकोटबाट प्रदेशसभा र क्षेत्रीय प्रतिनिधिहरु पनि सर्वसम्मत रुपमा छनोट भएका छन्।  कुल १ हजार २ सय ३५ जना प्रतिनिधिहरु छनोट भएको शाहले जानकारी दिए।

जाजरकोटमा भदौ २७ गते गाउँ नगर, असोज १ गते प्रदेशसभा क्षेत्र र असोज ५ गते जिल्ला अधिवेशन हँुदैछ। त्यहाँ आगामी जिल्ला नेतृत्वका सर्पराज रावत, सनतकुमार कार्की, वेदराज सिंह, मुक्तिप्रसाद आचार्य, इलमबहादुर शाही, खडक बिसी र महेन्द्रबहादुर शाह लगायत आकांक्षी छन्।

सात स्थानीय तह रहेको जाजरकोटमा ७७ वडा छन्। तीमध्ये ७५ वडामा कांग्रेसले सर्वसम्मत नेतृत्व चयन गरेको छ। बाँकी वडामा पनि आज (आइतबार) नेतृत्व चयन गर्ने कांग्रेसले जनाएको छ। जसअनुसार शिवालय गाउँपालिकामा वडा नम्बर १ मा कर्णबहादुर वली, २ मा रुद्र विसी, ३ मा चुगिलाल नेगी, ४ मा शिवलाल रेग्मी, ५ मा शेरबहादुर खत्री, ६ धनबहादुर बुढा, ७ भैरव सिंह, ८ मा बुद्धिप्रसाद रेग्मी, ९ मा बिरु चन्द वडा सभापति बनेका छन्।

त्यस्तै छेडागाड नगरपालिकाको वडा नं. १ मा रामबहादुर बुढा, २ मा मानबहादुर रावत, ३ मा कर्णबहादुर थापा, ४ मा जयबहादुर थापा, ५ मा प्रकाशमान सिंह, ६ मा मानबहादुर बुढा, ७ मा बिर्खबहादुर शाही, ८ मा नरबहादुर गिरी, ९ मा जीतबहादुर बुढाक्षेत्री, १० मा जयनाथ योगी, ११ मा अमरबहादुर खत्री, १२ मा कृष्णबहादुर सिंह र वडा नं. १३ मा कृतिबहादुर सार्की वडा सभापतिमा निर्वाचित भएका छन्।

जुनीचाँदे गाउँपालिकाको वडा नम्बर १ मा मानबहादुर रावत, २ मा रामबहादुर शाही, ३ मा शेरबहादुर खड्का, ४ मा वीरबहादुर खड्का, ५ मा बिष्णुकुमार शाही, ६ मा गोपाल शाही, ७ मा मदन घर्ती, ८ मा कलबिर बस्नेत, ९ मा रुपबहादुर बस्नेत, १० दले बस्नेत र ११ कृष्णबहादुर शाही छन्। त्यस्तै कुसे गाउँपालिकाको वडा नम्बर १ मा नरबहादुर सिंह, ३ मा तप्तबहादुर खड्का, ४ मा कृतिबहादुर हमाल, ५ मा जयबहादुर सिंह, ६ कमल खड्का, ७ खम्ब सिंह र ९ मा शान्तबहादुर रोकाय छन्। कुसे गाउँपालिकको वडा नं. ८ मा सर्वसम्मत नेतृत्वको प्रयास भइरहेको छ। त्यहाँ आइतबार साँझसम्म सर्वसम्मत नेतृत्व चयन गरिने छ।

त्यस्तै  भेरी नगरपालिकाको वडा नम्बर १ मा परशुराम राना, २ मा रेखबहादुर सिंह, ३ माहरिजंग शाह, ४ मा शत्रुधन भडेल, ५ मा लालबहादुर चंन्द, ६ मा थेप्चु शाही, ७ मा दिपबहादुर शाही, ८ मा तिलक चन्द, ९ मा भागवतप्रसाद शर्मा, १० मा धनसिंह राना, ११ मा रमेशप्रसाद शर्मा, १२ मा गणेश मल्ल र वडा नम्बर १३ मा काली खत्री वडासभापति बनेका छन्।

त्यस्तैगरी बारेकोट गाउँपालिकाको वडा नम्बर १ मा निमबहादुर घर्ती, २ मा लालबहादुर रोकाय, ३ मा दलजित नेपाली, ४ मा शान्त सिंह, ५ मा मानबहादुर सिंह, ६ मा कालीबहादुर कार्की, ७ मा शेरबहादुर बस्नेत, ८ मा राजु कुमाई र वडा नं. ९ मा भत्तलाल पौडेल वडासभापति बनेका छन्।

त्यस्तै नलगाड नगरपालिकाको वडा नम्बर १ परिमन राना, २ मा लव वली, ३ मा रतिमान थापा, ४ मा हस्त वली, ५ मा दलबहादुर वली, ६ मा दिप वली, ७ मा हस्त परियार, ९ मा कालीबहादुर खत्री, १० मा हरिबहादुर सिंह, ११ धनलाल गिरी, १२ मा शान्तबहादुर बस्नेत र वडा नं. १३ मा केशव मल्ल सर्वसम्मत रुपमा वडासभापति बनेका छन्। नलगाडको वडा नं. ८ मा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको नेपाली कांग्रेस जाजरकोटले जनाएको छ।



प्रकाशित: September 5, 2021 | 13:07:17 काठमाडौं, आइतबार, भदौ २०, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
कर्णाली

फेरिए चन्दननाथका लिङ्‍गा

जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको मन्दिरमा ५२ हातको लिङ्‍गो, ५२ हातको ध्वजा र नेजा लगाएर घटास्थापना सुरु गर्छन्। घटस्थापनाकै दिन बटुक भैरवनाथ मन्दिरमा भने ४८ हातको लिङ्‍गो र ४८ हातकै ध्वजा र नेजा सहितको लिङ्‍गा फेरिन्छ।
नेपाल समय
कर्णाली

अव्यवस्थित ढल र पार्किङले प्रदेश राजधानी अस्तव्यस्त

सुर्खेतको वीरेन्द्रनगर अति व्यस्त सहर बनेको छ। संघीयता कार्यान्वयनसँगै प्रदेश राजधानीको केन्द्र बनेको वीरेन्द्रनगरका सडकमा दोहोरो सवारी साधनको ताँती लाग्छ। राजधानी बनेसँगै वीरेन्द्रनगर व्यवस्थित ढल निकास, फोहोर मैला र पार्किङको व्यवस्था नहुँदा अस्तव्यस्त बनेको छ।
नेपाल समय
कर्णाली

कर्णालीमा जग्गा वर्गीकरणमा ढिलाइ

हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषि लगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ। तर कर्णालीका स्थानीय तहले त्यसको प्रक्रिया सुरु गर्न सकेका छैनन्।
नेपाल समय
कर्णाली

कर्णालीका ५३ प्रतिशत नागरिक परिवार नियोजनका साधनको पहुँचमा

यस वर्ष अघिल्लो आवमा झण्डै दुई लाख बजेट कम हुँदा परिवार नियोजनका आधुनिक साधनको पहुँच विस्तार र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने बताइएको छ।
नेपाल समय
कर्णाली

हुम्लामा दैनिक विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द

हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरमा विद्यार्थी बिरामी हुँदा विद्यालय बन्द भएको छ। जैरको तुम्चस्थित देवल आधारभूत विद्यालयका विद्यार्थी हुँदा आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना