नेपाली कांग्रेसका नेता एनपी साउँदले तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ठूलो धनजनको क्षति गरेको उल्लेख गर्दै उद्धार र राहतमा खटिन ध्यानाकर्षण गराएका छन्।
महाकाली नदीमा अहिले पानीको बहाव पाँच लाख ३१ हजार क्यु सेट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिद्धराज न्यौपानेले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो।