शुक्रबार, असोज २१, २०७९
रासस | शनिबार, भदौ ४, २०७९

बैतडीमा भूमिहीनका लागि आवेदन खुला

राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ।

नेपाल समय | शुक्रबार, भदौ ३, २०७९

हरितालिका तीज खर्चिलो तथा भड्किलो नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरुको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलोरूपमा नगर्न आग्रह गरेको छ।

नेपाल समय | बुधबार, भदौ १, २०७९

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको सनाखत, घाइते ३ जनाको परिचय अझै खुलेन

मृतक पाँचै जना बझाङको बुंगल नगरपालिका वडा नम्बर ८ का बासिन्दा भएको प्रहरीले जनाएको छ। उनीहरू रोजगारीका लागि दार्चुला हुँदै भारत जान लागेको प्रहरीले जनाएको छ।

नेपाल समय | बुधबार, भदौ १, २०७९

दार्चुलामा जीप पल्टिँदा ५ को मृत्यु, ४ जना घाइते

दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको से१ज ५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ को उल्लानीमा दुर्घटनामा परेको हो।

नेपाल समय | बुधबार, भदौ १, २०७९

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता

पर्वका अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ। साउने झरी सकिएलगत्तै प्राकृतिक प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ।

नेपाल समय | मंगलबार, साउन ३१, २०७९

वल्केको अवसरमा भदौ १ मा सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिने भएको छ। भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो।

नेपाल समय | सोमबार, साउन ३०, २०७९

कैलालीको भजनीमा एक पुरुष मृत फेला

भजनी नगरपालिका–४ झलझलिया बस्ने ३८ वर्षीय जुद्धबहादुर साउँद आइतबार मृत फेला परेका हुन्।

नेपाल समय | आइतबार, साउन २९, २०७९

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।

नेपाल समय | शनिबार, साउन २८, २०७९

बैतडीमा महिलाका नाममा पाँच सय उद्योग

पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ। राजश्व कम लाग्‍ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो।

नेपाल समय | शनिबार, साउन २८, २०७९

आन्तरिक आयको स्रोत खोज्दै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ। कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना