मंगलबार, माघ २४, २०७९
नेपाल समय | बुधबार, पुष २७, २०७९

सुदूरपश्चिमको सभामुखमा दुई जनाको उम्मेदवारी

माओवादीका भीमबहादुर भण्डारीले गीतादेवी मालको समर्थन र जानकी बम एैरको प्रस्तावमा उम्मेदवारी दिएका छन् भने कांग्रेसका मानबहादुर रावलले मेघराज खड्काको समर्थन र पृथ्वीबहादुर सिंहको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल समय | बुधबार, पुष २७, २०७९

प्रदेश सरकारलाई समर्थन गर्न नागरिक उन्मुक्तिले माग्यो लिखित सहमति

सत्ता साझेदार दल माओवादी र एमालेका अध्यक्ष सामु रेशम चौधरीलगायत टिकापुर घटनामा संलग्न रहेको आरोपमा जेलमा रहेका नेता कार्यकर्ता रिहाई गर्ने लिखित प्रतिबद्धता मागेको नागरिक उन्मुक्ति पार्टीले जनाएको छ।

नेपाल समय | सोमबार, पुष २५, २०७९

गुजरातबाट टीकापुर आउँदै गरेको बस दुर्घटना हुँदा तीनजना नेपालीको मृत्यु

गुजरातबाट कैलालीको टीकापुर आउँदै गरेको बस आइतबार राति भारतको लखनउ नजिकै उन्नाउ भन्ने ठाउँमा दुर्घटना भएको हो।

यज्ञराज जोशी | सोमबार, पुष २५, २०७९

'सरकार ! महाकालीले फेरि निल्यो सुनौलो भविष्य'

वारिजस्तै पारि भारततर्फ पनि उही भू–धरातल छ। तर, त्यहाँ भने विकासले काँचुली फेरेको छ। गाडी कुद्ने चौडा सडक छन्। सवारीसाधन बेतोडले कुदिरहेका हुन्छन्। बिजुली, टेलिफोनलगायतको सुविधा छ। वारि नेपालतर्फ भने सुनसान।

नेपाल समय | बुधबार, पुष २०, २०७९

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ। मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई प्रदेश प्रमुखले समय दिएका हुन्।

नेपाल समय | बुधबार, पुष २०, २०७९

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्न कार्यसमिति गठन

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र संसदीय दलको कार्य विभाजन सर्वसम्मत बन्न नसकेपछि निर्वाचन हुने भएको छ। त्यसका लागि ५ सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ।

नेपाल समय | मंगलबार, पुष १९, २०७९

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता छनोटमा सकस

संसदीय दलको नेताका लागि प्रदेशसभा सदस्य बहादुरसिंह थापा, कमलबहादुर शाह, दिवानसिंह विष्ट, शिवराज भट्ट, प्रकाशबहादुर देउवा, मानबहादुर रावल र मेघराज खड्का आकांक्षी छन्।

नेपाल समय | सोमबार, पुष १८, २०७९

प्रदेशसभा अवरुद्ध गर्ने नागरिक उन्मुक्तिको चेतावनी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघि (माघ १)पछि प्रदेश सभा बैठक अबरुद्ध गर्ने नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए।

नेपाल समय | सोमबार, पुष १८, २०७९

सुदूरपश्चिम प्रदेश सभामुखको निर्वाचन २८ पुसमा

सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर रावलले पुस २८ गते दिउँसो एक बजे बस्ने बैठकमा सभामुखको निर्वाचन गर्ने गरी सूचना प्रकाशित गर्न निर्देशन दिएका हुन्।

नेपाल समय | सोमबार, पुष १८, २०७९

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बस्दै

सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज सोमबार बस्ने भएको छ। प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा पहिलो बैठक बस्ने भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना