बिहीबार, माघ १९, २०७९

जसले प्रचण्डकी बुहारी बिनालाई २०७४ मा जिताए, अहिले हराए

राज सरगम  |  काठमाडौं, शुक्रबार, मंसिर ९, २०७९

राज सरगम

राज सरगम

शुक्रबार, मंसिर ९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरका कारण पनि प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर १ चर्चामा थियो। सत्ता गठबन्धनकी साझा उम्मेदवार मगरलाई गठबन्धनको दरिलो साथ हुँदाहुँदा पनि नेकपा एमालेका तारालामा तामाङले हराएका छन्। तामाङ २४ हजार ८९२ मतका साथ विजयी भए। ५ हजार ५४७ मतान्तरका साथ तामाङले मगरलाई पराजित गरेका हुन्। मगरले   १९३४६ मत प्राप्त गरिन्।  

नेकपा माओवादी केन्द्रको पोलिटब्युरो सदस्यसमेत रहेकी बिनालाई २०७४ को निर्वाचनमा वाम गठबन्धनका कारण तामाङले सघाएका थिए। २०७४ मा तामाङले आफूलाई प्रदेशमा झारेर मगरलाई संघमा जिताएका थिए। २०७४ मा तामाङ क्षेत्र १ को ‘क’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा २० हजार  १५ मत ल्याएर निर्वाचित भएका थिए । 

प्रदेश ७ का सांसद तथा प्रमुख सचेतकसमेत रहिसकेका तामाङ जिल्लामा स्वच्छ छवि भएका नेतामा चिनिन्छन्। कञ्चनुपर २ बाट २०७० को संविधानसभा सदस्य निर्वाचन लडेका तामाङले एनपी साउदसँग हारेका थिए । 

तामाङ नेकपा एमाले पार्टी चिरा परेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका थिए। उनी नेकपा एसबाट २०७८ मा सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएका थिए। मन्त्री हुँदा कञ्चनपुर १ को विकासमा ध्यान दिएकै कारण उनको जित सम्भव भएको स्थानीय बताउँछन्।

तर नेकपा एसले कञ्चनपुरको पूर्वपार्टी अध्यक्ष तामाङलाई मन्त्री पदबाट हटाइपछि समाजवादीसँग असन्तुष्ट भई १५ भदौमा एमाले प्रवेश गरेका थिए। नेकपा एस छोडेर पुरानै थलोमा फर्किएका तामाङले खेम सुवेदीलाई उछिनेर टिकट हात पारेका थिए।

नेकपा एमाले चिरा परेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री  भएकै बेला पदबाट गलहत्याइए। पछि पुरानो घर एमाले फर्किनासाथ चुनावमा टिकट पाएर बिना मगरलाई हराए। 

दुई गाउँपालिका र दुई नगरपालिका रहेको क्षेत्र १  भारतीय सीमासँग जोडिएको छ। दक्षिण बेल्टका नामले समेत चिनिने यो क्षेत्रको पुनर्वास नगरपालिका–३ (साविक कालिका गाविस) अरनीको बस्तीका स्थायी वासिन्दा तामाङ २०४७ मा अनेरास्ववियुको जिल्ला सदस्यमा आबद्ध हुँदै राजनीतिमा प्रवेश गरेका थिए।

२०५४ मा तत्कालीन कालिका गाविस अध्यक्षमा निर्वाचित भएपछि उनको राजनीतिक यात्रा फराकिलो भएको थियो। राजनीतिक आन्दोलनमा सरिक भएका तामाङले २०६६ मा कञ्चनपुरको जिल्ला सचिव र २०६९ मा एमाले कञ्चनपुर जिल्ला अध्यक्षसमेत भएका थिए। 

तामाङ आफ्नो जित यो क्षेत्रको समग्र विकासका लागि समर्पित गर्ने बताउँछन्। उनले भने, ‘दुई नगरपालिका र दुई गाउँपालिकाका जनताले आफ्नो क्षेत्रका विकासका लागि मलाई विजयी गराए पनि यो उहाँहरूकै जित हो।’ 

‘यो क्षेत्रको सीमा समस्या, सुकम्बासी समस्या, बाढीको समस्या, रोजगारीको समस्यालाई संसदमा उठाउने छु । समाधानका लागि निरन्तर लड्ने छु’, तामाङले भने । 

स्थानीय राजनीतिकर्मी तामाङको जितले २८ वर्षपछि कञ्चनपुर १ मा एमाले फर्किएको बताउँछन्। २०५१ को मध्यावधि निर्वाचनमा ३ क्षेत्र कायम गरिएकामा ३ वटै क्षेत्रमा एमालेले जित हात पारेको थियो। त्यसपछिका निर्वाचनमा  एमाले कमब्याक हुन सकेको थिएन। यो क्षेत्रमा २०४८, २०५६, २०७० गरी ३ पटक कांग्रेसले जितेको थियो। २०६४ मा नेकपा माओवादी र २०७४ मा वाम गठबन्धनबाट बिना संसद्मा पुगेका थिइन्। 

२०७९ मा मगरको प्रतिस्पर्धी भएर चुनावी मैदानमा होमिएका तामाङ विजयी भए। यसपालिको निर्वाचनबाट कञ्चनपुरमा एमालेको साख जोगाउने विजेताका रूपमा पनि तामाङ देखापरेका छन्। 


प्रकाशित: November 25, 2022 | 13:12:37 काठमाडौं, शुक्रबार, मंसिर ९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

देशको आर्थिक अवस्था नाजुक भएको भन्दै एकीकृत समाजवादीले यसलाई सुधार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको हो।

सिंहदरबार ताक्ने रवि लामिछानेको योजनामा माओवादीको अवरोध

आइतबारको बालुवाटार जमघटमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गर्न र गठबन्धनको मर्मअनुसार चल्न सुझाए पनि सोमबारको माओवादी पदाधिकारी बैठकले गृह मन्त्रालय नछाड्न र रविलाई गृहमन्त्री नबनाउन दबाब दिएपछि अलमलमा प्रधानमन्त्री प्रचण्ड।

प्रधानमन्त्रीलाई भेटेपछि गभर्नरसँग छलफल गरे मेयर बालेनले

निजी सम्पत्तिमा महानगरले क्षति पुर्‍याएको भन्दै आन्दोलनसमेत भइरहेको छ। यस्तो अवस्थामा मेयरले संघीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।

आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

'पढाइ, कमाइ र दबाइ' अभियान सुरु गर्दै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए।
नेपाल समय
सुदूरपश्चिम

भूकम्प अपडेट: एकजनाको मृत्यु, सात घर भत्किए

घाँस काट्ने बेला गएको भूकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिममा भूकम्पको धक्का, केही घर भत्किए

भूकम्पको धक्काले सुपका केही जिल्लामा क्षति पुगेको अनुमान छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना