बुधबार, माघ २५, २०७९

कञ्चनपुरमा ९ जना पूर्वसांसद चुनावी मैदानमा

रासस  |  काठमाडौं, शुक्रबार, कार्तिक १८, २०७९

नेपाल समय

रासस

शुक्रबार, कार्तिक १८, २०७९, काठमाडौं

नेपाल समय
कञ्चनपुर-१ का उम्मेदवार

महेन्द्रनगर- आसन्न मङ्सिर ४ गते हुने निर्वाचनका लागि कञ्चनपुरमा तत्कालीन संविधानसभा र प्रतिनिधिसभाका नौ जना पूर्वसांसद चुनावी मैदानमा उत्रिएका छन्।

तीन प्रतिनिधिसभा र छ  प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित दुई, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट एक-एक  गरी यहाँ चार जना संविधानसभा सदस्यले सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।

कांग्रेस नेता एवं तत्कालीन संविधानसभा सदस्य दिवान विष्ट कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को ‘१’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनका उम्मेदवार छन्। संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका नेत्री वीना मगरलाई पराजित गरी संविधानसभा सदस्यमा निर्वाचित भएका विष्ट यस पटक भने पूर्वमन्त्री मगरलाई प्रतिनिधिसभा सदस्यमा सहयोग गरिरहेका छन्।

त्यसैगरी कांग्रेसका अर्का नेता एवं सविधानसभा सदस्य बहादुरसिंह थापा यहाँको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा ‘२’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार छन्। 

उक्त निर्वाचन क्षेत्रमै थापा र संविधानसभा सदस्य एवं  एमालेका नेता कृपाराम रानाबीच प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा हुँदैछ। एमालेका उम्मेदवार राना दोस्रो संविधानसभामा एमालेबाट समानुपातिक सांसद थिए।

त्यसैगरी संविधानसभा सदस्यको पहिलो निर्वाचनमा जितेका माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्ट पनि प्रदेशसभा सदस्य पदका उम्मेदवार छन्। सत्ता गठबन्धनको भागबण्डाका क्रममा उनी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को ‘१’ बाट उम्मेदवार छन्। संविधानसभा निर्वाचनमा भट्टले त्यो बेला कांग्रेसका नेता थापालाई पराजित गरेका थिए। अहिले उनको प्रतिस्पर्धा नेकपा (एकीकृत  समाजवादी)का नेता एवं सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीसित छ।

कञ्चनपुर-२ मा कांग्रेस र एमालेका  उम्मेदवार।
त्यसैगरी प्रतिनिधिसभा सदस्यका लागि यहाँ सत्ता गठबन्धनका तीन पूर्वमन्त्रीलाई एमालेका दुई पूर्व प्रतिनिधिसभा सदस्य र प्रदेशका पूर्वमन्त्रीले चुनावी प्रतिस्पर्धा गरिरहेका छन्। यहाँको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट माओवादी नेत्री एवं पूर्वमन्त्री मगर अघिल्लो जितलाई निरन्तरता दिने दाउमा छिन्। उनलाई कांग्रेसको साथ छ, भने एमालेबाट प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री तारालामा तामाङले चुनौती दिइरहेका छन्। उक्त क्षेत्रको प्रदेशतर्फ संविधानसभा सदस्य दिवान विष्टबाहेक अरु सबै नयाँ अनुहार हुन्।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ का एमालेबाट पूर्व सांसद नरबहादुर धामीले सत्ता गठबन्धनका उम्मेदवार एवं कांग्रेसका नेता नारायणप्रकाश साउँदलाई चुनौती दिइरहेका छन्। विसं २०७४ को निर्वाचनमा पूर्वमन्त्रीसमेत रहेका उनलाई तिनै एमाले नेता धामीले पराजित गरेका थिए।

तीन प्रतिनिधिसभा र छ  प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेसबाट संविधानसभा सदस्यमा निर्वाचित दुई, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट एक-एक  गरी यहाँ चार जना संविधानसभा सदस्यले सुदूरपश्चिम प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन्।

उक्त निर्वाचन क्षेत्रमा रहेका प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा संविधानसभा सदस्य बहादुरसिंह थापा, कृपाराम राना र प्रदेशका पूर्वमन्त्री लालबहादुर खड्का चुनावी मैदानमा छन् भने उक्त क्षेत्रको प्रदेश ‘१’मा सत्ता गठबन्धन र एमालेका दुवै उम्मेदवार नयाँ अनुहारका छन्। यहाँ गठबन्धनबाट ओमविक्रम भाट र एमालेबाट वचनबहादुर सिंह चुनावी भिडन्तमा छन्।

त्यसैगरी निर्वाचन चर्चामा केन्द्रमा रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश लेखक र एमालेका निरुदेवी पालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। एमालेबाट समानुपातिक सांसद भएकी पाल प्रत्यक्षतर्फ यहाँ पहिलो पटक निर्वाचन लड्दैछिन् भने कांग्रेस नेता लेखक यहाँ २०५६ सालयता चुनावी प्रतिस्पर्धा गर्दै आएका छन्।

कञ्चनपुर-३ मा एमाले र कांग्रेसका उम्मेदवार।
विसं २०७४ को निर्वाचनमा एमालेका नेता डा दीपकप्रकाश भट्टसित झिनो मतअन्तरले पराजित नेता लेखक यस पटक भने जित्ने दाउमा छन् भने एमाले उम्मेदवार पाल पार्टीको जितलाई निरन्तरता दिने रणनीतिमा छन्। निर्वाचन क्षेत्र नं ३ का प्रदेशसभातर्फ ‘१’ मा सत्ता गठबन्धनबाट संविधानसभा सदस्य टेकेन्द्र भट्ट चुनावी मैदानमा छन्। उनलाई सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष धर्मराज जोशीले चुनौती दिइरहेका छन्। निर्वाचन क्षेत्र नं ३ का ‘२’ मा सत्ता गठबन्धनका उम्मेदवार बेलबहादुर राना र एमालेका उम्मेदवार सुरेन्द्र विष्टबीच प्रतिस्पर्धा हुने देखिएको छ। 

सत्ता गठबन्धनका राना यसअघिको निर्वाचनमा पराजित भएका थिए, भने विष्टको प्रदेशसभाको पहिलो यात्रा हो। विसं २०७४ को निर्वाचनमा यहाँका प्रतिनिधिसभा र प्रदेशका छवटै क्षेत्रमा पराजय बेहोरेको कांग्रेस यस पटक भने गठबन्धन भएकाले सबैतिर हारको बदला लिने दाउमा छ भने एमाले जितलाई निरन्तरता दिने रणनीतिमा छ।


प्रकाशित: November 4, 2022 | 14:17:05 काठमाडौं, शुक्रबार, कार्तिक १८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस, बुधबार सफलता मिल्ला?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाल समय
सुदूरपश्चिम

उखु काट्ने चटारो

स्थानीय कृषक नगदेबालीका रुपमा रहेको उखुखेती गर्न थालेपछि आर्थिक रुपमा सवल बन्दै जान थालेका छन् ।
नेपाल समय
सुदूरपश्चिम

एक दशकदेखि अलपत्र पक्की पुल

नदीमा पुल निर्माणका लागि पिल्लर ठड्याइएको भए पनि निर्माण कार्य तीन वर्ष अघिदेखि अलपत्र परेको स्थानीयवासी बताउँछन्।
नेपाल समय
सुदूरपश्चिम

माछी मार न हो...

पूरै नदीलाई समेट्ने गरी धिमरी राखेर राना थारु समुदायले कात्तिकदेखि जेठसम्म माछा मार्ने गर्छन् ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना