सोमबार, मंसिर १९, २०७९

प्रतिकिलो स्याउको ढुवानी भाडा रु ४०

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९, काठमाडौं

नेपाल समय
फाइल तस्बिर।

बाजुरा- बाजुरा जिल्लामा फलेको स्याउ धनगढी बजारसम्म पुर्‍याउन पवन कट्टेलले प्रतिकिलो ढुवानी भाडा रु ४० खर्च व्यहोर्नु पर्‍यो। चाडपर्वका समयमा स्याउको कारोबार गरेर आम्दानी गर्ने सोचसहित धनगढीमा बजारीकरण गरिरहेको भेटिनुभएका कट्टेलले ढुवानी भाडा चर्को भएपछि स्याउको व्यापारमा घाटा लागेको गुनासो गरे।

किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गरेका उनले भने, 'सडकको सुविधा नहुँदा बजारसम्म पुर्‍याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन नसकेर त्यसै सडेर खेर गएका मात्र नभई पशुचौपायालाई खुवाउनुपर्ने किसानको बाध्यता छ।'

उनले बारीमा बोटबाट स्याउ टिप्नेलाई ज्यालाबापत प्रतिकिलोको रु १० व्यहोर्नुपरेको थियो। प्रतिकिलो ढुवानी खर्च बाजुराको जुकोटलेसीबाट त्रिचोर गाउँसम्म रु १८ र त्रिचोरबाट कालीकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीसम्म रु १२ खर्च उनले व्यहोरे। 

 बर्खायाममा गएको पहिराले ठाउँठाउँमा बाटो भत्किएपछि उत्पादित स्याउ आफ्नै प्रदेशको सडकमार्फत बजारसम्म पुर्‍याउन नसकिएको किसानको भनाइ छ। धनगढी बजारमा कट्टेलले प्रतिकिलो रु ७० देखि ८० मा स्याउ बिक्री गर्न सके।

बाजुराको स्वामीकात्तिक गाउँपालिकामा उत्पादन भएको स्याउ सडकको असुविधाले आफ्नै प्रदेशमा पर्ने धनगढीसम्म बजारीकरण गर्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला भएर ढुवानी गर्नुपर्ने बाध्यता छ। बाजुराको हिमाली भेकका पाण्डुसैन, बूढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्गानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्। स्याउको बजारीकरण गर्न भइरहेको समस्यासँगै किसान र व्यापारीले यसको उचित मूल्य पाउन सकिरहेका छैनन्। उत्पादन स्थलसम्म कृषि सडकको अभाव देखिनु, भएका सडक पनि बर्खायामा भत्किएर बन्द हुनु, भण्डारणका लागि उचित व्यवस्था नहुनु जस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या हुने गरेको किसानको भनाइ छ।

स्वामीकात्तिक गाउँपालिका–३ का किसान पदमबहादुर शाहीले सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको बताउनुभयो। झण्डै २० बिघा क्षेत्रफलको जग्गामा स्याउ खेती गरेका उनले भने, 'किसानले स्याउको उचित मूल्य पनि पाइरहेका छैनन्, उत्पादन भएको स्याउ बारीमा त्यसै खेर जानुभन्दा निकै कम मूल्यमा बिक्री गर्नुपरेको छ।'

बाजुराको अर्गानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन्। सुदूरपश्चिम प्रदेशको धनगढी लगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयात हुने ठूलो परिमाणको स्याउको कारोबार हुने गरेको छ।

किसान शाही आफ्नै देशको माटो र हावापानीमा उत्पादन भएको अर्गानिक स्याउको बजार माग बढाउन नसकिएको बताए। अर्गानिक स्याउखेती गरिँदा कुनै प्रकारको विषादी प्रयोग गरिँदैन। बाजुरा पुगेर फर्किनेको कोसेली त्यहाँ उत्पादन हुने अर्गानिक स्याउ नै हुने गरेको छ।  

कृषि प्राविधिकले हिमाली जिल्लामा उत्पादन हुने स्याउलगायतका कृषिउपजको बजारीकरणमा ठूलो समस्या रहेको बताए। कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कृषि सडकको व्यवस्थाका साथै उत्पादित स्याउको भण्डारण, न्यूनतम समर्थन मूल्य तोकिदिने जस्ता सेवा सुविधा उपलब्ध गराउन सकिएमा उत्पादित स्याउलगायतका कृषिउपज बजारीकरणमा सहयोग पुग्ने बताए।

 कुनै पनि विषादी र हर्मन प्रयोग नगरी उत्पादन हुने अग्र्यानिक स्याउ उपभोक्ताको रोजाइ हुनुपर्नेमा उपभोक्तामा चेतनाको अभावका कारण भारतबाट आयातित हरमन वा अन्य विषादीको प्रयोग गरिएको स्याउको माग फलफूल बजारमा बढी देखिने गरेको बताइन्छ। कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानबापत प्रतिकिलो रु २७ उपलब्ध गराएको कृषकले बताएका छन्। ज्ञान केन्द्रले यसअघि पनि उत्पादित अर्गानिक स्याउको ढुवानीमा अनुदान दिएको थियो। 

अर्गानिक स्याउको स्वाद लिनुभएका स्थानीय राजेन्द्र भट्टले भने, 'स्याउ रसिलो र स्वादिलो छ, आफ्नै देशको हावापानीमा उत्पादन भएको स्याउ नेपालका बजारमा पुर्‍याउन किसानले झेलेको समस्या देखिनु विडम्बना हो।' 


प्रकाशित: September 29, 2022 | 23:15:00 काठमाडौं, बिहीबार, असोज १३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका डा तारा जोशी पनि नयाँ हुन्। प्रदेशसभामा ५३ सदस्य रहेका छन्। प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ।
नेपाल समय
सुदूरपश्चिम

जसले प्रचण्डकी बुहारी बिनालाई २०७४ मा जिताए, अहिले हराए

नेकपा एमाले चिरा परेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएकै बेला पदबाट गलहत्याइए। पछि पुरानो घर एमाले फर्किनासाथ चुनावमा टिकट पाएर बिना मगरलाई हराए।
नेपाल समय
सुदूरपश्चिम

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।
नेपाल समय
सुदूरपश्चिम

भट्टको संसद् यात्रामा ब्रेक, बलायरले बाजी मारे

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछि पार्दै बलायर विजयी भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना