सोमबार, मंसिर १२, २०७९

जग्गा प्राप्तिमै अल्झियो मझगाउँ विमानस्थल निर्माणको काम

नेपाल समय  |  काठमाडौं, शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९, काठमाडौं

नेपाल समय

दोधारा चाँदनी- कञ्‍चनपुरको मझगाउँ विमानस्थलको काम जग्गा प्राप्ति हुन नसक्दा निर्माणको काम प्रभावित भएको छ। 

विमानस्थलको दक्षिणतर्फ रत्नबाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिन विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित छ। अहिले विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ। उक्त क्षेत्रमा धावनमार्ग निर्माण भइरहेको छ। रत्नबाटिका र सेनाले भोगचलन गरिरहेको जमिनसहित जोड्दा विमानस्थलको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ। 

उक्त जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए। 'सेनाले भोगचलन गरेको जग्गा विमानस्थलका नाममा भोगचलनका लागि नआउँदा निर्माण कार्य प्रभावित बनेको छ,' उनले भने, 'जग्गा प्राप्त नहुँदासम्म निर्माण व्यवसायीले पनि काम गर्न चासो देखाएको छैन।'

उनले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको बताए 'तीन वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्ने भएकाले ढिलाइ भइरहेको छ,' उनले भने, 'सेनाका मातहतमा रहेको जग्गा पनि विमानस्थललाई दिने सहमति यसअघि भएको थियो।'

उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ। विमानस्थल पुनःनिर्माण सङ्घर्ष समितिका व्यवस्थापन संयोजक करन पालले विमानस्थललाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउनुपर्ने बताए। 

'यहाँ विमानस्थलको आवश्यकता छ, यसले यहाँको पर्यटन विकासमा सहयोग पुग्दछ,' उनले भने, 'हामीले पटकपटक सरकारसँग विमानस्थल सञ्चालनका लागि दबाव दिइरहेका छौँ।' मन्त्रीले विमानस्थल पुनःनिमार्णको काम शिलान्यास गरेको भए पनि कामले गति लिन नसकेको उनले बताए। 

कञ्चनपुरको महाकाली नदीमा महाकाली पक्की पुल निर्माण, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भइरहेकाले विमानस्थल आवश्यक रहेको राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक भएको उनले बताए। 


प्रकाशित: September 10, 2022 | 06:10:00 काठमाडौं, शनिबार, भदौ २५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

जसले प्रचण्डकी बुहारी बिनालाई २०७४ मा जिताए, अहिले हराए

नेकपा एमाले चिरा परेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएकै बेला पदबाट गलहत्याइए। पछि पुरानो घर एमाले फर्किनासाथ चुनावमा टिकट पाएर बिना मगरलाई हराए।
नेपाल समय
सुदूरपश्चिम

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।
नेपाल समय
सुदूरपश्चिम

भट्टको संसद् यात्रामा ब्रेक, बलायरले बाजी मारे

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभामा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछि पार्दै बलायर विजयी भएका हुन्।
नेपाल समय
सुदूरपश्चिम

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले निर्वाचित भएका छन्।
नेपाल समय
सुदूरपश्चिम

कैलालीमा देखियो रेशमको शक्ति

१ र २ नम्बर क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै अग्रता रहेको छ। ती क्षेत्रमा प्रदेशसभामा पनि नागरिक उन्मुक्तिकै बहुमत आउने देखिएको छ। यो नागरिक उन्मुक्तिका लागि छोटो समयमा प्राप्त गरेको ठूलो सफलता हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना