शुक्रबार, असोज २१, २०७९

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

नेपाल समय  |  काठमाडौं, शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९, काठमाडौं

नेपाल समय
प्रतिनिधि तस्बिर।

महेन्द्रनगर- कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ। कोरोना महामारी फैलिनुअघि पाहुनाहरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका वर्षहरुमा भने सुनसान हुन थालेका छन्। पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ।

'गत वर्ष असार मसान्तसम्म रु तीन लाख जतिको कारोबार भयो,' सचिव रानाले भने, 'कोरोना सकिएपछि पनि समूहमा पाहुना आएर बास बस्ने क्रम घटेको छ।' कञ्चनपुर र कैलालीमा मात्रै बसोबास रहेको राना थारु समुदायको पहिलो होमस्टे आफूहरुले सञ्चालनमा ल्याएको उल्लेख गर्दै सचिव रानाले पाहुना नआएका बेला स्थानीय खेतीपाती र व्यावसायिक तरकारी खेती गरिरहेको बताए।

'कोरोनाअघि सात महिनामै रु आठ लाखसम्मको कारोबार हुने गरेको थियो,' उनले भने, 'अहिले त वैशाखयता पाहुना छिटपुटरूपमा मात्रै आएका छन्।' यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको छेउमै रहेको राना थारु होमस्टे जिल्लाका अरु होमस्टे भन्दा बढी चहलपहल हुने होमस्टे हो। कञ्चनपुरको कृष्णपुर नगरपालिकाको वाणीमा विजयसाल होमस्टे, शुक्लाफाँटा नगरपालिकाको जोनापुरमा खैरकन्द्रा होमस्टे र सिमलफाँटामा कृष्णसार होमस्टे रहेका छन्।

आठ वटा पाहुना घर रहेको राना थारु होमस्टेमा आउने पाहुनाको स्वागतका लागि राना थारु पम्परागत नृत्य देखाइनुका साथै स्थानीय परिकार खुवाउने गरिएको छ। 'होटल बसाइभन्दा सस्तो पनि पर्ने भएकाले यहाँ भ्रमणका लागि समूहमा आउने पाहुनाको रोजाइ होमस्टे पर्छ,' रानाले भने, 'मुलुकभरका होमस्टेले सहकार्य गरेर पाहुना राख्ने खालको वातावरण बनाउन आवश्यक छ।'

तराई भू–परिधि कार्यक्रम (ताल) को प्राविधिक तथा भौतिक सहयोगबाट सुरु गरिएको होमस्टे सञ्चालनका लागि शुक्लाफाँटा मध्यवर्ती व्यवस्थापन समितिको आवश्यक सहयोगमा होमस्टे सुरुआत गरिएको थियो। होमस्टे सञ्चालनसँगै थारु समुदायको कला, रीति, संस्कृति जगेर्ना पनि सँगसँगै भइरहेको रानाको भनाइ छ।

त्यसैगरी कञ्चनपुरको झलारी बजारबाट करिब छ किलोमिटर दक्षिण खैरकन्द्रा सामुदायिक होमस्टेमा पनि पाहुनाको आगमन छिटपुट छ। खैरकन्द्रा सामुदायिक होमस्टेका संयोजक पुरन डगौँराले कोरोनापछि होमस्टेमा चहलपहल नभएको बताए। 'वैशाखयता ६० पाहुनासमेत होमस्टेमा आएको छैनन्,' उनले भने, 'छिटपुट रूपमा आए पनि सञ्चालन त्यति राम्रोसित भएको छैन।'

जेडएसएल र प्रकृति संरक्षण कोषको सहयोगमा २०७४ सालमा आठ घरमा होमस्टे सुरु गरिएको थियो। होमस्टेमा आउने पाहुना थारु चौधरीको परिवार खुवाउनेदेखि परम्परागत नृत्यसमेत देखाउने गरिएको संयोजक डगौँराको भनाइ छ।


प्रकाशित: August 13, 2022 | 20:30:00 काठमाडौं, शनिबार, साउन २८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

मन्दिरको भेटीबाट सिद्धनाथका शिक्षकलाई तलब

भीमदत्त नगरपालिका ९ ब्रह्मदेबस्थित सिद्धनाथ माध्यमिक विद्यालयका शिक्षकहरुलाई तलब खुवाउन सिद्धनाथ मन्दिर संरक्षण समितिले भेटीको रकमबाट आर्थिक सहयोग गरेको छ। विद्यालयसँग आन्तरिक आम्दानीका स्रोत नभएर निजी स्रोतमा कार्यरत शिक्षकलाई तलब खुवाउन नसकिएपछि मन्दिर समितिले सहयोग गरेको हो।
नेपाल समय
सुदूरपश्चिम

कैलालीमा भारी वर्षा, धनगढी बजार जलमग्‍न

बुधबारदेखिको अविरल वर्षाका कारण कैलालीका विभिन्‍न स्थानमा डुबान भएको छ। वर्षाका कारण प्रदेशको अस्थायी राजधानी धनगढी बजार क्षेत्र जलमग्‍न बनेको छ भने दसैंको टिका थाप्‍न हिँडेका नागरिकलाई आउजाउ गर्न समस्या भएको छ।
नेपाल समय
सुदूरपश्चिम

बैतडीमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
सुदूरपश्चिम

प्रतिकिलो स्याउको ढुवानी भाडा रु ४०

किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गरेका उनले भने, 'सडकको सुविधा नहुँदा बजारसम्म पुर्‍याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन नसकेर त्यसै सडेर खेर गएका मात्र नभई पशुचौपायालाई खुवाउनुपर्ने किसानको बाध्यता छ।'

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना