बुधबार, असोज १२, २०७९

बाढीको त्रासले भजनीमा सयौँ बिघा जमिन बाँझै

रासस  |  काठमाडौं, शनिबार, साउन २१, २०७९

नेपाल समय

रासस

शनिबार, साउन २१, २०७९, काठमाडौं

नेपाल समय

टीकापुर- बाढीको त्रासले कैलालीको भजनी नगरपालिकामा सयौँ बिघा जमिन बाँझै राखिएको छ।

हरेक वर्ष बाढी आउने भएकाले भजनीको हुलाकी सडक आसपासका केही जमिन, ३, ५, ७, ८ लगायतका वडामा सयौँ बिघा जमिन बाझो राखिएको किसान बताउँछन्। बाढीको समस्या झेल्दै आएका भजनीका किसानले चैते धान खेती गर्छन्। बर्सातमा अधिकांशका खेत जलमग्न हुने, तलाउजस्तै भरिने भएकाले पनि धेरैले खेती गर्दैनन्। विगतमा खेती गर्नेले समेत यस वर्ष खेती गर्ने आँट गरेनन्।

भजनीका हरिबहादुर चौधरीले गत वर्ष निकै मेहनत गरेर धान खेती गरेका थिए। कात्तिक २ गते आएको बाढीले हरिबहादुरको दुई बिघा काटेर खेतमै थुपारेको धान बाढीमा मिसियो। ‘गत वर्ष धानको दाना देख्न पाइएन, त्यसैले यस वर्ष दुई बिघा जमिन बाँझो राखेको छु’, हरिबहादुर भन्छन्,‘ममात्र होइन मेरा छिमेकीले पनि यस वर्ष धान रोपेनन्, हामीले चैते धान खेतीमात्र गर्‍यौँ, विगतमा दुई पटक धान रोप्ने गरिन्थ्यो।’

खेती गर्दा बढी खर्च लाग्ने तर उत्पादन पाउने ठेगान नभएको र सरकारले समेत क्षतिपूर्ति थोरै दिने भएकाले खेती नगरेको किसान मानबहादुर साउँद बताउँछन्। ‘मेहनत र लगानी चाहिन्छ। एक बिघामा धान खेती गर्न ५० हजारसम्म खर्च हुन्छ तर बाढीले उत्पादन पाउने ठेगान नभएपछि यस वर्ष धेरैले खेत बाँझो राखे’ उनले भने, ‘यस वर्ष करिब एक हजार बिघा जमिन बाँझो देखिन्छ। यहाँका किसानलाई जग्गा भएर पनि समस्या छ। खेती लगाउन पाए पो उत्पादन हुन्छ, उत्पादन भए पो पेट पाल्न, खर्च चलाउन सहज हुन्छ।’

भजनीकै बलबहादुर बुढा पनि बाढीका कारण खेती स्याहार्न नमिल्ने भएकाले यहाँका किसानले खेत बाँझै राखेको बताउँछन्। ‘हुलाकी सडक आसपासका किसानले खेतमा पस्ने आँट गरेनन्’, बलबहादुरले भने, ‘अहिले भजनीका अधिकांश किसानका खेत तलाउजस्तै देखिन्छन्। विगतमा खेती गर्न मिल्ने जमिन पनि यस वर्ष बाँझै राखिएका छन्।’

भजनी नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी डुबान क्षेत्रमा खेत बाँझो राख्नुपर्ने बाध्यता रहेको बताउँछन्। ‘यहाँ कति जमिन बाँझो राखिएको भन्ने तथ्याङ्क हामीले राखिसकेका छैनौँ, तर अधिकांशका जमिन बाँझो छन्’, चौधरीले भने ‘पानी बढी जम्ने र डुबान हुने जोखिम रहेका जमिनमा धान रोपिएको छैन। विकल्पका रुपमा यहाँका किसानले चैते धान खेती गर्छन्।’

चौधरी भजनीमा किसानलाई सघाउने विभिन्न कार्यक्रम भएको बताउँदै खल्ला खेत (पानी बढी हुने) का लागि पालिकाले चैते धानलाई प्रोत्साहन गर्ने गरेको बताउँछन्। चौधरी भन्छन्,‘त्यसैले हामीले पनि चैते धानलाई बढी प्रोत्साहन गर्छौं। यहाँका धेरै किसानले चैते धान खेती गर्नुहुन्छ।’ भजनीमा गत वर्ष आएको बाढीले तीन हजार हेक्टरमा लगाएको धान बाली बगाएको कृषि शाखाले जनाएको छ।


प्रकाशित: August 6, 2022 | 09:00:35 काठमाडौं, शनिबार, साउन २१, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

एमालेमै फर्कियो नेकपा एसको अछाम जिल्ला कमिटी

जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्य छन्।
नेपाल समय
सुदूरपश्चिम

कञ्‍चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

कञ्‍चनपुरमा डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जोशी नियुक्त

सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जीशी नियुक्त भएका छन्। सुदूरपश्‍चिम सरकारले डा. जोशीलाई सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय
सुदूरपश्चिम

कञ्‍चनपुरमा अवैध फार्मेसी बन्द गर्न नगरपालिकाको अल्टिमेटम

कञ्‍चनपुरको दोधारा चाँदनी नगरपालिकाले अवैधरूपमा सञ्चालनमा रहेका फार्मेसीलाई बन्द गर्न एक साताको अल्टिमेटम दिएको छ। नगरपालिकाले बजार अनुगमनको क्रममा अधिकांश फार्मेसी दर्ता बिना नै सञ्चालनमा रहेको पाइएपछि एक साताको समय दिएको हो।
नेपाल समय
सुदूरपश्चिम

धनगढी पुग्यो नवौं राष्ट्रिय खेलकुदको 'रनिङ ट्रफी'

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक सिंह, सुदूरपश्चिमका ९ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरु दीपक श्रेष्ठ, मिरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना