बिहीबार, मंसिर २२, २०७९

फेरिँदै मुक्त कमैयाका दिन

नेपाल समय  |  काठमाडौं, सोमबार, साउन २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, साउन २, २०७९, काठमाडौं

नेपाल समय

सुदूरपश्चिम- विगतमा मालिकको घरमा कमैयाका रूपमा काम गर्दा पूर्वकमैया जागुराम चौधरीले आफैँ स्वरोजगार बनेर कमाइ गरौँला भनेर कहिल्यै सोच्नुभएको थिएन। कमैया बस्दा मालिकले लाएअह्राएको खेतीसम्बन्धी सबै काममा जोतिनुपर्ने उहाँका दिन कमैया मुक्तिसँगै फेरिएका छन्। 

'मुक्तिका केही वर्षसम्म पुनःस्थापनामा भएको ढिलाइले समस्या भोग्नुपर्यो,' उनले भने, 'पुनःस्थापनापछि सिकेको सीपको व्यावहारिक उपयोगले भइरहेको आम्दानीले अहिले दिन फेरिएको अनुभूति भइरहेको छ।' कमैया बस्दा काठ र फुसले बनेको कच्ची घर टहरोमा बसेको उहाँको परिवार अहिले माटोको गाह्रोले बनेको पक्की घरमा बसेको छ। 

मुक्तिपछिका दिनमा आफूहरुमा चेतना अभिवृद्धि हुँदा अहिले कसैको आश्रयमा बस्नु नपरेको अनुभव उनकी पत्‍नी मनमतीले चौधरीले सुनाइन्। मुक्तिपछिका दिनमा श्रीमान् जागुरामले सिकेको डकर्मी तालिमको व्यावहारिक उपयोग गर्दै गरिएको कामबाट कमाइ हुन थालेपछि उहाँको परिवारको जीवनशैली पनि फेरिन थालेको छ। 

'कच्ची घर टहरामा बसेर मालिकले लाउअह्राएको काम गर्नु पर्दा आफ्ना दिन फेरिन्छन् भन्ने सोचिएको थिएन,' उनले खुशी हुँदै भनिन्, 'मुक्तिपछिका दिनमा सीप सिकेर गरिएको कामले आम्दानी हुँदा सन्तुष्ट भएकी छु।' कमाइसँगै उनले धनगढी उपमहानगरपालिका–१३ मा दुई कठ्ठा जग्गा जोडेकी छन्।

मनमतीका श्रीमान्‌ले सिकर्मी र डकर्मी कामको सीपको काम गरेर र विद्युतीय रिक्सा चलाएर पनि कमाइ गरिरहेकी छन्। आफू भने नजिकैको एक उद्योगमा काम गर्न जाने गरेको उनले बताए। आर्थिक समस्याकै कारण कुनै समयमा छोरा छोरीलाई विद्यालय पठाउन सक्ने अवस्थामा नरहेका उनका छोरा अहिले नजिकको विद्यालयमा गएर पढ्ने गरेका छन्।

उनले परिवारका सदस्यसहित धनगढी उपमहानगरपालिका–५ र ६मा विगतमा कमैया बसेर काम गरेकी थिइन्। अर्का मुक्त कमैया गोपाल चौधरीले आयआर्जन गर्न विद्युतीय रिक्सा चलाउन थालेकी छन्। 'रु चार लाखमा रिक्सा किनेर काम गरिरहेको छु,' गोपालले भनिन्, 'रिक्सा किन्दा लागेको ऋणको मासिक किस्ता तिर्न र घर खर्चको जोहो गर्न पुगेको छ।'

उनले पनि विस्तारै आफ्नो पक्की घर निर्माण गर्ने सोच बनाउनुभएको छ। मुक्तिपछिका दिनमा गरिएको स्वरोजगारमूलक व्यवसायबाट आम्दानी वृद्धि हुँदा जीवनयापन गर्न पहिलेको भन्दा सहज बनेको उनीहरुको अनुभव छ। कमैया पुनःस्थापना गर्न सरकारले गठन गरेको पुनःस्थापना जिल्ला समितिले विगतमा प्रति परिवारलाई ठाउँअनुसार कम्तिमा एक कठ्ठादेखि बढीमा पाँच कठ्ठासम्म जग्गा उपलब्ध गराई पुनःस्थापित गराएको थियो।

 नदी किनारको ऐलानी पर्ती जग्गामा पुनःस्थापित गराइएका कतिपय परिवारलाई भने वर्षायाममा बाढीको जोखिम देखिने गरेको छ।  पुनःस्थापनाका क्रममा कतिपय पूर्व कमैया परिवार पुनःस्थापना हुनबाट छुटेको पूर्व कमैयाका अगुवाहरुले बताएका छन्। 

एक तथ्यांकअनुसार कैलाली जिल्लाका चार हजारभन्दा बढी मुक्त कमैयालाई विभिन्न सीपमूलक र आयमूलक तालिम दिइएकोमा करिब ७० प्रतिशतले आफ्नो सीपको व्यावहारिक सदुपयोग गरेको देखिएको छ। मुक्त कमैयाहरुले सिकर्मी, डकर्मी, सिलाइ कटाई, बङ्गुर पालन, कुखुरा पालन, तरकारी खेतीलगायतका विषयमा तालिम सिकेका थिए। 

तत्कालीन सरकारले विसं २०५७ साउन २ गते नेपालको कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङमा कुप्रथाका रूपमा रहेको कमैया प्रथालाई अवैध घोषणा गर्दै कमैया मुक्तिको घोषणा गरेको थियो। मुक्ति भएको दिनको सम्झनामा आज साउन २ गते पूर्वकमैयाहरुले मुक्ति दिवस मनाएका छन्।

सरकारले विगतमा मुक्त कमैया परिवारको पुनःस्थापना कार्यक्रमअन्तर्गत मुक्त कमैयाको घर निर्माणका लागि जग्गा खरिद गर्न, घर बनाउन काठ र घर मर्मतका लागि रकम उपलब्ध गराएको थियो। यसबाहेक धेरै मुक्त कमैया परिवारलाई जग्गा उपलब्ध गराएको थियो। कमैया मुक्ति दिवसका अवसरमा कैलालीको टीकापुर नगरपालिका लगायतका थारु बस्तीका पालिकामा आज सार्वजनिक विदा दिइएको थियो।


प्रकाशित: July 18, 2022 | 21:40:00 काठमाडौं, सोमबार, साउन २, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

डोटीमा बालकसहित चितुवाको आक्रमणबाट पाँच जना घाइते

मंगलबार साँझ साढे बेलुका जिल्लाको पूर्विचौकी गाउँपालिका वडा नम्बर-५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन्।
नेपाल समय
सुदूरपश्चिम

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार

स्वतन्त्र उम्मेदवारी दिएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका डा तारा जोशी पनि नयाँ हुन्। प्रदेशसभामा ५३ सदस्य रहेका छन्। प्रत्यक्षतर्फको बाजुराको दुई नतिजा र समानुपातिकको २१ सदस्यको नतिजा आउन बाँकी छ।
नेपाल समय
सुदूरपश्चिम

जसले प्रचण्डकी बुहारी बिनालाई २०७४ मा जिताए, अहिले हराए

नेकपा एमाले चिरा परेसँगै माधवकुमार नेपाल नेतृत्वको नेकपा एसतिर लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक तथा मामिलामन्त्री भएकै बेला पदबाट गलहत्याइए। पछि पुरानो घर एमाले फर्किनासाथ चुनावमा टिकट पाएर बिना मगरलाई हराए।
नेपाल समय
सुदूरपश्चिम

कैलाली-१ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ निर्वाचित

कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्‍यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना