सोमबार, साउन ३०, २०७९

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

नेपाल समय  |  काठमाडौं, शनिबार, असार १८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार १८, २०७९, काठमाडौं

नेपाल समय

सुदूरपश्चिम- पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन्। मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्‍याएको छ।

मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ। खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ।

दुई महिनाअघि प्रतिलिटर ३५० मूल्य रहेको यो तेलको मूल्य हाल ३६० पुगेको छ। तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ। दुई महिना अघिसम्ममा प्रतिकिलो ६० देखि ७० पर्ने गोलभेँडाको मूल्य बढेर अहिले १६० पुगेको छ।

यसैगरी प्रतिकिलो भिन्डी ७०, काउली ९०, रायो १००, घिउसिमी ७०, तनेबोडी १०० नयाँ आलु ६०, पुरानो आलु ३५ पुगेको छ। प्रतिकिलो हरियो खोर्सानी १५०, लौका र फर्सी ४० देखि ५० पुगेको छ।  लौका र फर्सीको मूल्य स्थिर रहेपनि अन्य उपभोग्य वस्तुको मूल्य बढेको उपभोक्ताले बताएका छन्।

साग र तरकारीको चर्को मूल्य वृद्धिसँगै यसको कारोबार व्यापारीले किलोमा भन्दा पाउको हिसाबमा गर्न थालेका छन्। ‘साग र तरकारीको मूल्य छोइनसक्नु भएको छ’, स्थानीयवासी डबलबहादुर बोहराले भने, ‘तरकारी र खाना पकाउने ग्यासको मूल्य महँगो हुँदा विपन्न समुदाय निकै मारमा परेका छन्।’

अर्का उपभोक्ता नारायण चौधरीले हुने खानेले बढी मात्रामा प्रयोग गरिरहेको पेट्रोल, डिजेलमा मूल्य घटाउनुपर्ने तर विपन्न वर्गको प्रयोगमा रहेको खाना पकाउने ग्यासको मूल्य नघटाउने सरकारको नीति गरिबमारा रहेको आरोप लगाए।अन्य महिनाको भन्दा वर्षायाममा तराईका जिल्लामा सागलगायत तरकारी उत्पादन निकै कम परिमाण भएको। 

तराईका सहरी क्षेत्रमा यसको माग पूरा गर्न पहाडी जिल्लाबाट साग र तरकारी आउने गरेकाले वर्षामा यसको मूल्य पनि वृद्धि हुने गर्दछ  तर अहिलेको वर्षामा अचाक्ली ढङ्गले मूल्य वृद्धि भएको उपभोक्ताको गुनासो थियो।  मूल्य वृद्धि अस्वभाविक ढङ्गले बढ्दै गए पनि यसको अनुगमन गरी मूल्य नियन्त्रण गर्नेतर्फ कसैको पहल नभएको उनीहरूको भनाइ थियो।   -रासस


प्रकाशित: July 2, 2022 | 14:30:00 काठमाडौं, शनिबार, असार १८, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

निहारिकाद्वारा शीतलनिवास अगाडि आत्मदाहको प्रयास, जनकपुर उच्च अदालतमा विचाराधीन छ बलात्कार मुद्दा

जबरजस्ती करणी मुद्दामा न्याय माग्दै अनसनरत निहारिका राजपूतले राष्ट्रपति निवासअघि आत्मदाहको प्रयास गरेकी छन्।

केसी-महत विवादले माओवादीलाई हुन सक्छ फाइदा, नुवाकोटमा कसरी मिल्ला बाँडफाँट?

नुवाकोट-१ माओवादीलाई छाड्नु परे त्यसमा हितबहादुर तामाङ उम्मेदवार बन्ने सम्भावना प्रबल छ। नुवाकोट-२ कांग्रेसले लिँदा केन्द्रीय सदस्य बहादुरसिंह लामालाई उमेदवार बनाउने चर्चा पनि नुवाकोटमा छ।

कैलालीमा आरजुलाई आउँदो चुनाव कति सहज?

२०७४ को निर्वाचनमा राणालाई हराउन भूमिका खेलेको भन्दै कैलाली कांग्रेसका पुराना नेता पुष्करनाथ ओझालाई कांग्रेसले अनुशासनको डन्डा बर्साएपछि बूढानीलकण्ठसँग बदला लिने असन्तुष्टहरूको संख्या पनि ठूलै छ।

आफ्नै कारण राजनीतिबाट 'किनाराकृत' हुँदैछन् वामदेव

कुनै बेला राजनीतिको केन्द्र भागमा रहेका वामदेव गौतम नेकपा एकता राष्ट्रिय अभियानले गरेको कारबाही र तत्काल वाम एकता नहुने संकेतसँगै राजनीतिक संकटमा भासिँदै छन्।

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

प्रतिनिधिसभा निर्वाचन : देउवासँग किन नाम जोड्न चाहँदैनन् कर्ण मल्ल?

उनी नेकपा एमालेको समर्थनमा कांग्रेस बीपीबाट उम्मेदवार बन्न सक्ने धेरैको आकलन छ। मल्लले नेपाल समयसँग कुरा गर्दै प्रदेशसभामा निर्वाचन नलड्ने बताए। यसले उनी संघीय चुनाव लड्ने पक्का भएको छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

कैलालीको भजनीमा एक पुरुष मृत फेला

भजनी नगरपालिका–४ झलझलिया बस्ने ३८ वर्षीय जुद्धबहादुर साउँद आइतबार मृत फेला परेका हुन्।
नेपाल समय
सुदूरपश्चिम

खेलकुद पत्रकार मञ्च कैलालीको अध्यक्षमा पाठक

नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
नेपाल समय
सुदूरपश्चिम

बैतडीमा महिलाका नाममा पाँच सय उद्योग

पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ। राजश्व कम लाग्‍ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो।
नेपाल समय
सुदूरपश्चिम

आन्तरिक आयको स्रोत खोज्दै टीकापुर नगरपालिका

कैलालीको टीकापुर नगरपालिकाले आन्तरिक स्रोत बढाउनका लागि नगरभित्र सम्भावनाको खोजी सुरु गरेको छ। कैलालीको दोस्रो पुरानो नगरपालिकासमेत रहेको नगरपालिकाले आन्तरिक आयको क्षेत्र मजबुत बनाउनका लागि लगानी गर्नसक्ने क्षेत्रसँग छलफल सुरु गरेको हो।
नेपाल समय
सुदूरपश्चिम

कोरोनाले थलिएका ‘पाहुना घर’ अझै सुनसान

पाहुनाको आवागमन घटेसँगै होमस्टेको आर्थिक कारोबारमा समेत गिरावट आएको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेका सचिव चेतराम रानाको भनाइ छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना