बिहीबार, असोज २०, २०७९

आधा शताब्दीमा डोकेबजारले देखेको परिवर्तन

राज सरगम  |  काठमाडौं, शनिबार, फागुन २८, २०७८

राज सरगम

राज सरगम

शनिबार, फागुन २८, २०७८, काठमाडौं

नेपाल समय
सीमा पार गर्न लागेको लाइन।

धनगढी चौराहाबाट दक्षिणतिर नजिकै छ मोहना नदी। नदीमाथिको पुल सकिनेबित्तिकै दोबाटो आउँछ, एक– भारत पस्ने गौरीफण्टा नाका, अर्को पुनर्वास नगरपालिका प्रवेश गर्ने डोकेबजार जो पचास वर्षदेखि कञ्चनपुर जिल्लाको दक्षिण बेल्ट पुग्ने प्रवेशद्धार बनेको छ। अर्थात जसले सीमा पारी र सीमा वारी देखाउन सक्छ।

राजा महेन्द्रले देशभरिका बाढीपीडितलाई २०२२ र २०२७–२८ सालमा दुई चरण गरेर बसालेको बस्ती झ्याँगिएसँगै साविकको लालझाडी गाविसमा पर्ने डोकेबजार हुँदै स्थानीय धनगढी पुनर्वास आउजाउ गर्न थाले। तीस र चालिसको दशकमा पहाडबाट बसाइँसराइ गरी पुनर्वास जानेहरुको भीड पनि बाक्लिँदै गयो। खुद्रा व्यापार र किनमेलका लागि धनगढी–पुनर्वास गर्नेको पनि उस्तै ओहोरदोहोर भयो। अहिले पनि भइरहन्छ।

मोहना नदीको किनारमा उभिएको डोकेबजार अघि १७१ नम्बरको सीमा स्तम्भ छ। स्तम्भको पाँच किलोमिटर दक्षिणतिर घना सालघारी छ, जुन भारतीय भूमिमा पर्छ। तर, सालघारीको छाया भने कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ मा पर्ने डोकेबजारमाथि सधैं पर्छ। डोकेबजारको अगाडि उभिएको सालघारी ‘दुदुवा नेसनल पार्क’का नामले चिनिन्छ। नेसनल पार्कको अगाडि बजारसँगै जोडिएको ग्राभेल बाटो कुनैबेला गोरेटो थियो। नेपालतिरको बाटो थियो। बाटोपारीको सालघारी किनारमा उभिएर एकछिन हावा खानु, पानी खानु र सालघारीको वन पसेर पिसाब फेर्नुको आनन्द शब्दमा बयान गर्न सकिँदैन।

२०४२ साल अगाडि यो ठाउँमा नाङ्लो, बोरा र डोकामा सामान फैलाएर पसल थाप्थे स्थानीय। सबैभन्दा चल्तीको पसल थियो डोकाको पसल। पहाडबाट मौसम, जुनार, सुन्तला डोकामा ल्याएर १७१ नम्बरको सीमा आसपास बाक्लो भुइँ पसल थापिन्थ्यो। पुनर्वास नगरपालिका ११ अमरबस्तीकी आइतीमाया सार्कीले २०४२ सालतिर १७१ सीमा स्तम्भको नजिकै पहिलोपटक डोकोमा खुद्रा सामान र केही दाना सुन्तला ल्याएर बेचेकी थिइन्। मौसमका दाना, लक्ष्मीछाप सुर्ती, गुट्खा, देउराली चुरोट, चमेना बिस्कुट र घैंटोमा पानी ल्याएर बेचेकी आइतीमाया भन्छिन्, ‘डोकोमा सामान लगेर डरैडरमा बेच्थ्यौं। कहिले बाँदरको, कहिले मान्छेको डर हुन्थ्यो। त्यस्तो ठाउँ अहिले बजार भयो।’

नेपाल समय

आइतीमाया अमरबस्तीबाट धनगढी औषधी गर्न गइरहन्छिन्। बुढेसकालको औषधी लिन जाँदा र फर्किंदा डोकेबजारमा उभिएर चालिस वर्ष अगाडि थापेको पसल सम्झिन्छिन्, ‘घना जंगल थियो। अहिले बनेका घरमा पनि जंगल थियो। सानो गोरेटोजस्तो थियो पिल्लर आसपास।’

जीवनको सात दशक हिँडेकी आइतीमाया अहिले पसल थाप्दिनन् तर डोकेबजारको जगलाई भने खुबै मिस गर्छिन्। ‘मैले डोकोमा सामान २० वर्ष बेचें। हामीले थापेको डोकाको पसलबाटै डोकेबजार भयो। खुशी लाग्छ,’ उनले सम्झिन्।

आइतीमायाले डोकोमा सामान बेच्नु अगाडि पनि कसै न कसैले सामान बेचेको उनलाई सम्झना छ तर नाम याद भएन। तर, उनलाई पछ्याएर पसल चलाउन गायत्री सापकोटा पनि डोकेबजार पुगिन्। सापकोटाले दश वर्ष पसल चलाइन्। यसरी डोकेबजारमा पुरुषले भन्दा पनि महिलाहरुले पसल चलाएको उनले सम्झिन्, ‘हामी महिलाहरु मिलेर डोकोमा सामान बोकेर जान्थ्यौं। साँझसम्म बस्थ्यौं। डाँकाहरुको भने खुबै डर लाग्थ्यो।’

नजिक जंगल भएको र भारतीय सीमावर्ती प्रहरी हिँडिरहने भएकाले अलिकति डराउने गरेको सम्झिन् गायत्रीले। भनिन्, ‘खुद्रा भुइँ पसलका ग्राहक नेपाली मात्रै थिएनन्, भारतीयहरु पनि हुन्थे।’

पुनर्वास स्थायी घर भएका तथा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङको बाल्यकालदेखि नै डोकेबजारसँग लगाव छ। लामा भन्छन्, ‘म र डोकेबजार अर्थात पुनर्वास सँगसँगैजस्तो हुर्किएको हो। पुनर्वासभित्रै पर्ने यो बजार जक्सन हो। यहाँ पुगेपछि रोकिन मन लागिहाल्छ। यहाँ पुगेर नरोकिने को होला? प्रिय लाग्छ। अहिले त बजार फैलिँदै पनि गयो।’

नेपाल समय

अहिले पनि मन्त्री लामा धनगढीबाट पुनर्वास फर्किदा डोकेबजारमा रोकिएर फलफूल किनिहाल्छन्। भोक लागे खाजा खाइहाल्छन्। डोकोबाट सञ्चालन भएको बजार यतिबेला विभिन्न व्यवसायमा आधारित डेढ सय पसलहरु स्थापित भइसकेका छन्। बजारलाई व्यवस्थित सञ्चालनका लागि बजार व्यवस्थापन समिति समेत गठन भएको छ। पुनर्वास नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तुलसी अर्याल डोकेबजारलाई कैलाली, कञ्चनपुर र भारत जोड्ने बजारका रूपमा हेर्छन्। उनी भन्छन्, ‘डोकेबजार सामान्य बजार रहेन यसले देशभित्रै र देश बाहिरको नाकालाई समेत छोएको कारण यो बजारबाट सहर बन्न सक्ने देखिन्छ।

भारत जाने कतिपय नेपालीहरुलाई भारतीय नोट खोज्न डोकेबजार सधैं सहज हुने गरेको छ। यद्यपि आर्थिक चहलपहल खुला रूपमा हुँदा व्यवसायको लागि भने त्यति सुरक्षित मानिँदैन।

भारतीय गौरीफण्टा नाकाबाट नजिकै रहेको डोकेबजार आफैमा स्थापित भएको छ। गौरीफण्टा नाकाबाट जाने र आउने गाडीहरु डोकेबजारमा लाम लाग्छन्। वैदेशिक रोजगारीका लागि जानेहरु पनि लामो लाइन लाग्नुपर्दा डोकेबजारसम्म लाग्छन्। सस्तो सामान ल्याउन अहिले पनि नेपालबाट गौरीफण्टा बजार जानेहरु छन्। फर्किंदा भने डोकेबजारमा नसुस्ताइ धरै पाउँदैनन्।

डोकेबजारले बजारको रुप धारण गर्दैगर्दा भारततिरको गौरीफन्टा सिमाको दुई किलोमिटर पारी चल्ने रेल चल्थ्यो, जसको गुञ्जनले डोकेबजार थप गुञ्जायमान हुन्थ्यो। बीसको दशकको अन्तिम र तीसको दशकभरि डोकेबजारले बिना नाम भुइँमा पसल चलायो। चालिसको दशकको शुरुवातबाट भने उसले नाम मात्रै पाएन भुइँबाट टाँड, ठेला, टिन हुँदै अहिले डोकेबजार ढलाने घरका सटरमा फेरिएको छ र पनि सडकको किनार फलफूल पसल भने ठेलामै देख्न पाइन्छ।

डोकेबजारले धनगढी उपमहानगरपालिकाको नगरबस स्टेसनका रुपमा ‘मिनी बस पार्क’ समेत पाएको छ भने डोके बजारबाटै भारतको दिल्ली, मुम्बई, पञ्जाब, बरेलीजस्ता ठूला सहर जानका लागि नेपाली बसपार्क बनेको छ। ती गन्तव्य पुग्नका लागि डोकेबजारमा टिकट काउन्टर बनेका छन्।
डोकेबजार इ–रिक्साका लागि पनि स्टेसन बनेको छ। हरेक दिन जसो सय इ–रिक्सा डोकेबजारबाट दक्षिणतिर झर्छन् र धनगढी पस्ने गर्छन्।

नेपाल समय

अहिले पश्चिम बेल्टको लागि डोकेबजार ‘खाजा हव’र प्रतिक्षालय बनेको स्थानीय पत्रकार धनबहादुर विक बताउँछन्। स्थानीय ममता टमटाले भुइँमा पसल थाप्दाथाप्दै २७ वर्ष बिताइन् डोकेबजारमा। ठेलामा स्याउ–सुन्तला पच्चिस वर्ष बेचिन् उनले। पछिल्लो पटक भारतीय सीमा सुरक्षा प्रहरीले सीमा स्तम्भ किनारमा राखेकोले ठेलाहरु हटाउन दबाब दिएपछि नेपालतिरको बाटो किनारमा ठेला उभ्याउँदै आइरहेकी छिन्। भन्छिन्, ‘हामीले सीमा छेउमा राखेर फलफूल बेच्दै आइरहेका थियौं। सीमा स्तम्भभन्दा दश मिटर वर बाटो छ र बाटो छेउमा राख्न भन्यौं तर अन्तिममा बाटो वारी पो राख्न भन्यो।’

यो स्तम्भले छुट्याएको सीमा, सीमा जस्तो लाग्दैन पहिलो आगन्तुकलाई। तर यहाँका स्थानीयले भने सीमाकै कारण वर्षौदेखि हेपिनुपरेको छ। पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाका लागि डोकेबजार आरामदायी जक्सन हो। ‘यो बजार सानो छ तर यहाँ नपाइने केही छैन।’ दक्षिण बेल्ट झर्नेका लागि बिसौनी पनि हो डोकेबजार,' एक स्थानीय भन्छन्, ‘धनगढी बजारमा लागेको पिसाब फेर्न हतारिएर १७१ नम्बर सिमा स्तम्भ पारीको सालघारी बन पस्नेहरु पनि बाक्लै छन्।’

यही सालघारीको किनारैकिनार मोटरसाइकल र साइकल चलाउन नरोके पनि ठूला सवारीसाधन चलाउन प्रतिबन्ध छ। कैलाली–कञ्चनपुरको नाका मोहना नदी दुई जिल्ला छुट्याउने नाका मात्रै बनेको छैन, मोहना नदी नेपालभारतको सीमा पनि छ्ट्याएर दक्षिण बगेको छ। यही नदीको दक्षिणतिरको एकसरो बजार नै पुनर्वासको आकर्षण बजार हो, जसले सीमा विवाद झेलिरहनु पर्छ।

‘यो बजार सानो छ तर यहाँ नपाइने केही छैन।’ दक्षिण बेल्ट झर्नेका लागि बिसौनी पनि हो डोकेबजार,' एक स्थानीय भन्छन्, ‘धनगढी बजारमा लागेको पिसाब फेर्न हतारिएर १७१ नम्बर सिमा स्तम्भ पारीको सालघारी बन पस्नेहरु पनि बाक्लै छन्।’

संयुक्त सीमा सर्भे टोलीले सन् २०१८ डिसेम्बरमा १७१ नम्बरको सीमा पनि सर्भेक्षण गरेको थियो। त्यो समय माटोको थुम्कामाथि एक जिर्ण सीमा स्तम्भ थियो, जसको संरचना भत्काएर नयाँ सीमा स्तम्भ बनाइयो। त्यही चम्किदो सीमा स्तम्भले डोकेबजारमा नयाँपन ल्याएको स्थानीय बताउँछन्। पुनर्वास नगरपालिका ११ मा पर्ने डोकेबजारको सीमा स्तम्भ नयाँ बनेसँगै स्थानीय हर्षित भए। जिर्णोद्धार सीमा स्तम्भसँगै भारतले नेपालतिरको सीमा पो मिच्न पुग्छ कि भन्ने शंकामा पिरोलिएका थिए स्थानीयहरु। तर, ठेला गाडीमा राखेको फलफूल बजार भने बाटो वारी सारेरै छोड्यो।

डोकेबजार दलालीहरुको लागि सहज मार्ग पनि बनेको स्थानीयको बुझाइ छ। नेपालको पहाडी भेगबाट कामको खोजीमा तराई झर्ने युवायुवतीलाई अनेक कामको प्रलोभन देखाएर भारत लैजान खोज्ने र चेलिबेटी बेचबिखनका लागि सहज मार्ग बनेको लाग्छ स्थानीयलाई। डोकेबजार कतिपयलाई अवैधानिक चोरी पौठारीका लागि पनि काम लाग्ने बजारका रुपमा स्थानीयको बुझाइ छ। बटुवाहरुका लागि पनि बिसौनी पनि भएको छ। तर पनि सीमाछेउको बजार भएका कारण डोकेबजार भारतबाट आएका नेपाली कामदारका लागि पनि जक्सन हो, जहाँ बसेर नेपाल पुगेको सुइया हाल्छन्। र डोकेबजारमा उभिएर नेपाली हुनुको गर्व गर्छन्।

नेपाल समय

प्रकाशित: March 12, 2022 | 11:17:40 काठमाडौं, शनिबार, फागुन २८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

बैतडीमा अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते

महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सातजना घाइते भएका छन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई

शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
सुदूरपश्चिम

प्रतिकिलो स्याउको ढुवानी भाडा रु ४०

किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गरेका उनले भने, 'सडकको सुविधा नहुँदा बजारसम्म पुर्‍याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन नसकेर त्यसै सडेर खेर गएका मात्र नभई पशुचौपायालाई खुवाउनुपर्ने किसानको बाध्यता छ।'
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्‍चिममा घुम्ती टोलीमार्फत कोरोना विरुद्धको खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको खोप लगाउन खटिएको घुम्ती टोलीका स्वास्थ्यकर्मीहरू धनगढीको हसनपुर चोकमा मंगलबार बाटोमा हिँडिरहेका यात्रुलाई खोप लगाउनमा भ्याइनभ्याइमा थियो।
नेपाल समय
सुदूरपश्चिम

एमालेमै फर्कियो नेकपा एसको अछाम जिल्ला कमिटी

जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्य छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना