बिहीबार, जेठ १२, २०७९

बाढी-पहिरा पीडितलाई पुनःस्थापनाको आश्वासन मात्रै

नेपाल समय  |  काठमाडौं, बिहीबार, माघ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ६, २०७८, काठमाडौं

नेपाल समय
प्रतिनिधि तस्बिर।

डडेल्धुरा - डडेल्धुराका बाढीपीडितको जीवन कष्टकर बन्दै गएको छ। पहिरापीडित भएको करिब तीन महिना बितिसक्दा पनि राहतको नाममा आश्वासनमात्रै पाउँदा उनीहरु झन् पीडित बनेका हुन्।

गत कात्तिक पहिलो साता पहिराका कारण घरवारविहीन बनेका अजयमेरु–१ का केशव पार्कीका परिवार हालसम्म पनि अर्काकै घरमा आश्रित छन्। नातिनातिनासहित छ जनाको परिवार छिमेकीको जीर्णघरमा बस्दै आएका उहाँ बढ्दै गएको चिसोले झन् पीडा बल्झाएको दुःखेसो पोख्नहुन्छ। उहाँको पहिराले लगााउने लुगादेखि खाद्यान्न र गोठमा रहेका गाईवस्तुसमेत अत्तोपत्तो चलेको थिएन।

उनले भने, 'तत्कालका लागि राहातस्वरुपको रु २० हजारबाहेक अन्य सहयोग भएको छैन। तीन महिना बढी भइसक्यो पुनःस्थापनाका लागि कुनै सुनुवाइ भएको छैन।'

त्यसैगरी जिल्लाका अन्य क्षेत्रका बाढीपीडितको अवस्था पनि त्यही छ। गन्यापधुरा–१ का दर्जन बढी परिवार पनि घरवारविहीन बनेका थिए। अमरगढी–१ का दर्जन बढी परिवार पहिरा जोखिमले गर्दा गाउँ नै अन्यन्त्र सानुपर्ने माग गर्दै आएका छन्। त्यसैगरी परशुरामका बाढीपहिरो पीडितको अवस्था पनि ज्यूँका त्यूँ छ।

सरकारले गत असोज–कात्तिकमा आएको बाढीबाट प्रभावितलाई पुनःनिर्माण र पुनःस्थापना गर्ने भन्दै १० जिल्लाका ३३ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषण गरेको पनि महिनौं बितिसक्यो। मङ्सिर २१ गते माघभित्रै कार्यक्रम सञ्चालन गर्ने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। अहिलेसम्म स्थानीय तहको राम्ररी तथ्यांकसमेत सङकलन हुनसकेको छैन भने पुनःनिर्माण र पुनःस्थापनाको कुनै पनि सुरुआत हुनसकेको छैन।

बाढीपहिरापीडित अहिले पनि टहरामै बस्न बाध्य छन्। माथिबाट आएको राहत वितरण तत्कालै भइसकेको जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, 'अन्य काम पनि चाँडै सुरुआत हुन्छ।' उनले मृतका घरपरिवारलाई दुई लाखका दरले र घर पूर्ण क्षति भएका मानिसको अवस्था हेरी २० हजारसम्म नगद राहत उपलब्ध गराएको जनाए।

सरकारले यहाँका पाँच पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि पुनःनिर्माण सुरु हुनसकेको छैन। घोषणाअनुसार विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण तथा पीडितलाई पुनःस्थापना गरिनुपर्नेमा कुनै काम सुरु भएको छैन। 

स्थानीय तहमा पुगेको क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर, सडक, खानेपानी, सिँचाइ, विद्यालय आदि निर्माण गरिने प्राधिकरणले बताएको थियो। 

विपद्‌ग्रस्त घोषणा भएपछि क्षतिग्रस्त संरचना पुनःनिर्माण हुने भन्दै स्थानीयवासी उत्साहित भएका थिए। तर घोषणा अवधि (माघ मसान्त) सकिन एक महिनामात्रै बाँकी हुँदासम्म पनि पुनःनिर्माणको काम सुरु हुने कुनै छाँटकाँट नदेखिएको पहिराले क्षति पुर्‍याएको गाणेशपुर मावि वडालका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र मालीले बताए। 

घोषणा कागजमै सीमित हुने देखिएको छ, बाढीपहिरापीडितले पनि कष्टपूर्ण जीवन जिउन बाध्य रहेको गन्यापधुरा–१ अशिग्रामका पहिरापीडित पदमबहादुर देउवाको भनाइ छ। उनी भन्छन्, 'पुनःस्थापनाको काम चाँडै गरिनुपर्छ, अब धेरै पीडा सहन सकिँदैन।'

जिल्लाभर पहिराका कारण लक्षित समुदायका मानिस नै बढी पीडित छन्। अजयमेरु–१ मुद्राड खोली बस्ने केशव पार्की पनि मुक्त हलिया हुन्। उनी ‘क’ वर्गको परिचय प्राप्त मुक्त हलिया हुन्। पहिरामा परेको उनको दुईतले घर पनि मुक्त भएपछि सरकारले निर्माण गरिदिएका हुन्। तर उक्त घर नै पहिराले लगेपछि उनको कुनै सम्पत्ति बाँकी छैन।



प्रकाशित: January 20, 2022 | 22:40:00 काठमाडौं, बिहीबार, माघ ६, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै हस्ताक्षर संकलन [तस्बिरहरू]

नेपाल सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल नसमेटिएको भन्दै स्थानीय आन्दोलित बनेका छन्। उनीहरूले सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्।
नेपाल समय
सुदूरपश्चिम

पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगे धर्म सिंह

कञ्‍चनपुरको कृष्णपुर नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष धर्म सिंह पदभार ग्रहण लगत्तै सहिद परिवारलाई भेट्न पुगेका छन्।
नेपाल समय
सुदूरपश्चिम

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।
नेपाल समय
सुदूरपश्चिम

खोरेत रोगको प्रकोप, एकै गाउँमा २० पशु मरे

बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ। नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो।
नेपाल समय
सुदूरपश्चिम

कञ्चनपुरको शुक्लाफाँटामा मेयर एमाले र उपमेयर कांग्रेसलाई

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा र उपमेयरमा नेपाली कांग्रेसका कल्पनाकुमारी जोशी निर्वाचित भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना