आइतबार, असोज १६, २०७९

सडकमाथिबाट खसेको ढुंगाले लागेर बसमा सवार यात्रुको मृत्यु

नेपाल समय  |  काठमाडौं, मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८, काठमाडौं

धनगढी- बैतडीमा गुडिरहेको बसमाथि ढुङ्गा खस्दा बसमा सवार एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

महेन्द्रनगरबाट छुटेको सुपप्र ०२ ००१ ख ११५६ नम्बरको बसमा बैतडीको पाटन नगरपालिका–८, रौलेकमा माथिबाट खसेको ढुङ्गा लाग्दा बसमा सवार बझाङ थलाराका १८ वर्षीय अर्जुन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घटनामा कैलालीको धनगढी उपमहानगरपालिका–४ ओम शान्ति टोलका माधव भट्ट, बैतडीको पाटन नगरपालिका–११ हरीप्रसाद जोशी र सोही ठाउँका नवराज खड्का घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


प्रकाशित: September 14, 2021 | 08:45:38 काठमाडौं, मंगलबार, भदौ २९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

प्रतिकिलो स्याउको ढुवानी भाडा रु ४०

किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गरेका उनले भने, 'सडकको सुविधा नहुँदा बजारसम्म पुर्‍याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन नसकेर त्यसै सडेर खेर गएका मात्र नभई पशुचौपायालाई खुवाउनुपर्ने किसानको बाध्यता छ।'
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्‍चिममा घुम्ती टोलीमार्फत कोरोना विरुद्धको खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको खोप लगाउन खटिएको घुम्ती टोलीका स्वास्थ्यकर्मीहरू धनगढीको हसनपुर चोकमा मंगलबार बाटोमा हिँडिरहेका यात्रुलाई खोप लगाउनमा भ्याइनभ्याइमा थियो।
नेपाल समय
सुदूरपश्चिम

एमालेमै फर्कियो नेकपा एसको अछाम जिल्ला कमिटी

जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्य छन्।
नेपाल समय
सुदूरपश्चिम

कञ्‍चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

कञ्‍चनपुरमा डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जोशी नियुक्त

सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जीशी नियुक्त भएका छन्। सुदूरपश्‍चिम सरकारले डा. जोशीलाई सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना