आइतबार, असोज १६, २०७९

त्रिदेशीय सीमा जोड्ने दार्चुला-तिंकर सडकको काम सुरु गर्दै नेपाली सेना

नेपाल समय  |  काठमाडौं, सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८, काठमाडौं

नेपाल समय
तिंकर नाका। फाइल तस्बिर

दार्चुला- त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको दार्चुला सदरमुकाम खलंगा-तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ। ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दैछ। 

नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको छ। निर्माण सामग्री ढुवानीमा केही ढिलाइ भएको हुँदा केही दिनभित्रै तीव्रगतिमा निर्माणको काम अघि बढ्ने नेपाली सेनाका सहायक रथी एवं सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। 

अहिले निर्माणस्थलमा नेपाली सेना खटिसकेको जनाइएको छ। केही दिनअघि मात्रै नेपाली सेनाको हेलिकोप्टरले निर्माण सामग्री सडक निर्माणस्थलमा पुर्‍याएको छ। मालका स्थानीय नरेन्द्रसिंह धामीका अनुसार अहिले १५/२० जना सैनिकले मालको ठण्डा ओडारबाट निर्माणकार्य सुरु गर्दैछन्। सडक निर्माणमा प्रयोग हुने सामग्री मालको कोठेधार, सेकनाडी मालमा हेलिकप्टरमार्फत छाडिएको छ। स्थानीयवासीका अनुसार आगामी असोज १ गतेदेखि स्थानीय श्रमिक पनि नेपाली सेनासँगै काममा लगाउने तयारी गरिएको छ।

विसं २०६५ मा स्वीकृत भएको सो सडक निर्माणले हालसम्म गति लिन सकेको छैन। महाकाली लोकमार्ग, महाकाली करिडोरअन्तर्गत पर्ने उक्त सडक निर्माण सुरु भएको १३ वर्ष भइसकेको छ। यो अवधिमा ४३ किलोमिटर हाराहारीमा सडक निर्माणको ट्र्याक खुलाइएको छ। सदरमुकाम खलङ्गादेखि १३० किलोमिटर लम्बाइको रहेको सो सडक खण्डको ४३ किलोमिटर सडक विभाग आफैँले बनाउँदै छ भने बाँकी ८७ किलोमिटर नेपाली सेनाले बनाउने भएको हो। 

यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने बताइएको छ। दार्चुला-तिंकर सडक भएर कैलाश मानसरोवर जाने धार्मिक यात्रुलाई पनि सहज हुने छ। चीनसँगको सीधा व्यापार गर्न सहज हुने दार्चुला उद्योग वाणिज्य सङ्घका अध्यक्ष मङ्गलसिंह ठगुन्ना बताउँछन्। 'विगतमा यो क्षेत्रमा घोरेटो बाटो भएर चीनबाट समान आयात हुन्थ्यो,' उनले भने, 'अहिले घोरेटो बाटो नै अवरुद्व भएपछि चीनसँगको व्यापार घटेको छ।'

व्यासका बासिन्दा बिमल बोहराका अनुसार चीनले अहिले नेपाल-चीन सीमा रहेको पिलर नं १ नजिकै चीनले आफ्नो भूभागमा सडक निर्माण गरेको छ। नेपाल सरकारले पनि समयमै तिंकरसम्म सडक पुर्‍याएको यहाँको व्यापार फस्टाउने छ। चालू आवदेखि सो खण्डमा तीव्रताका साथ काम अघि बढ्ने सैनिक प्रवक्ता पौडेल बताउँछन्। सो सडकको करिब ३० किलोमिटर क्षेत्र उत्तराखण्डसँगको सिमाना नजिकै छ। सेनाले सडक निर्मााणका लागि चाहिने विष्फोटक पदार्थ, कम्प्रेसरलगायतका समान ढुवानी गर्दैछ। 'आशा छ, अब काम तीव्र रुपमा अघि बढ्छ,' पौडेलले भने। 

महाकाली लोकमार्गअन्तर्गत सुदूरपश्चिमको कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको तिंकर जोडिँदैछ। यो सडक मार्ग हुँदै नाका खोले नेपाल, भारत र चीनसँगको व्यापारमा सहज हुने छ। सरकारले गत २०७७ वैशाख २४ गते मन्त्रिपरिषद्को निणर्यअनुसार यो सडकको काम नेपाली सेनामार्फत गराउने निणर्य गरेको हो। सडक निर्माणका लागि सेनाले सुन्सेरा र दुम्लिङमा गरी दुई क्याम्प राखेको छ। सडक निर्माणका लागि सेनाको विकास निर्माण निर्देशनालयको सैनिक टोली खटिएको छ। 

सीमास्तम्भ नजिकै चीनले सडक पुर्‍याएपछि खुसी

चीनले दार्चुलाको व्यास गाउँपालिकाको तिंकर भञ्ज्याङ नेपाल-चीन सीमास्तम्भ नजिकै सडक पुर्‍याएपछि जिल्लावासी खुसी भएका छन्। व्यास-१ तिंकरको एक नं पिलर नजिकै चीनले सडक पुर्‍याएपछि ताक्लाकोटसम्मको व्यापारमा सहज हुने भएपछि जिल्लावासी खुसी भएका हुन्।

चीनको स्वशासित क्षेत्र तिब्बत्को पुराङकाउन्टी ताक्लाकोट हँुदै नेपाल जोड्ने गरी चीनले सडक पुर्‍याएको छ। चीनले पिलरसम्म सडक पुर्‍याउँदा नेपाली व्यापारीलाई धेरै सहज भएको व्यासका दानसिंह तिंकरीले बताए। 'पिलरको थोरै तल सडक पुगेको छ, अब व्यापार व्यवसायमा नेपालीलाई सहज हुने भएको छ, हामीले घण्टौ हिडेर चीनको गाडी चल्न मिल्थ्यो', तिंकरीले भने, 'अहिले सडक पुगेको हामी सबैका लागि खुसीको कुरा हो।' 

अहिले यो नाका कोरोनाका कारण बन्द छ। चीनसँगको नाका बन्द हुनुअघिसम्म छाङ्गरु र तिंकरका स्थानीयवासीले चीनको समान ल्याएर व्यापार गर्थे। उनीहरु गाडी नचल्ने ठाउँसम्म घोडा खच्चड लगेर समान ल्याउँथे। उसो त छाङ्गरु र तिंकरमा अहिले पनि चिनियाँ समान सहजै उपलब्ध हुने गरेको छ। 

नेपाल र भारतको भन्दा सस्तो मूल्यमा छाङ्गरु तथा तिंकरमा चिनियाँ समान पुग्ने गर्छ। दुई वर्षअघिसम्म यहाँका व्यापारीले चीनको ताक्लाकोटबाट ल्याएका समान दार्चुला, धारचुला, तथा जौलजीवी, मुन्स्यारीलगायतका क्षेत्रमा लाग्ने मेलामा राम्रो कारोवार हुने गरेको थियो। कोरोनाले नाका बन्द हुनुअघि छाङगरु तिंकरका ४०/५० जनाले चीनको ताक्लाकोटमा व्यापार गर्थे।  

ताक्लाकोटमा निरन्तर व्यापार गर्दै आउनुभएका बिमल बोहराले भने, 'छाङ्गरु र तिंकरका स्थानीयवासी वैशाखदेखि कात्तिकसम्म ताक्लाकोट बसेर व्यापार गर्थ्यौँ, कोरोना अघिसम्म चीनले टप्फु नजिकै सडक पुर्‍याएको थियो, अहिले त्यो भन्दाअघि बढेको छ, सडक पिलरसम्म पुग्यो भने व्यापारीलाई झनै सहज हुन्छ।' अहिले पिलरबाट थोरै तल झर्ने बित्तिकै चीनले बनाएको सडक देखिन्छ। त्यो क्षेत्रसम्म गाडी चल्ने गर्छन्। चीनले सीमामा बोर्डर प्रहरी राखेर निगरानी गरिरहेको छ। नरेन्द्रसिंह कार्की/रासस


प्रकाशित: September 13, 2021 | 14:55:05 काठमाडौं, सोमबार, भदौ २८, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

प्रतिकिलो स्याउको ढुवानी भाडा रु ४०

किसानको बारीमै पुगेर प्रतिकिलो रु ३० देखि रु ४० मा थोक मूल्यमा स्याउ खरिद गरेका उनले भने, 'सडकको सुविधा नहुँदा बजारसम्म पुर्‍याउन मुश्किल छ, बारीमा लटरम्म फलेका स्याउ बिक्री हुन नसकेर त्यसै सडेर खेर गएका मात्र नभई पशुचौपायालाई खुवाउनुपर्ने किसानको बाध्यता छ।'
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्‍चिममा घुम्ती टोलीमार्फत कोरोना विरुद्धको खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको खोप लगाउन खटिएको घुम्ती टोलीका स्वास्थ्यकर्मीहरू धनगढीको हसनपुर चोकमा मंगलबार बाटोमा हिँडिरहेका यात्रुलाई खोप लगाउनमा भ्याइनभ्याइमा थियो।
नेपाल समय
सुदूरपश्चिम

एमालेमै फर्कियो नेकपा एसको अछाम जिल्ला कमिटी

जिल्ला कमिटीका पदाधिकारीसहित अन्य नेता कार्यकर्तालाई एमाले महासचिव शंकर पोखरेलले स्वागत गरेका थिए। पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्य भट्टराईसहित १७५ सदस्य छन्।
नेपाल समय
सुदूरपश्चिम

कञ्‍चनपुरमा डेंगु परीक्षण गर्न किट अभाव

कञ्‍चनपुरमा डेंगुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ। सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जोशी नियुक्त

सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डा. टीएन जीशी नियुक्त भएका छन्। सुदूरपश्‍चिम सरकारले डा. जोशीलाई सुदूरपश्‍चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना