मंगलबार, माघ २४, २०७९

देउवाको गृहजिल्लामा प्रहरी प्रशासन लगाएर कांग्रेसको वडा अधिवेशन

भीम चौधरी  |  काठमाडौं, शुक्रबार, भदौ २५, २०७८

भीम चौधरी

भीम चौधरी

शुक्रबार, भदौ २५, २०७८, काठमाडौं

नेपाल समय

धनगढी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पार्टीको वडा अधिवेशनमा विवाद भएपछि प्रहरी परिचालन गरिएको छ। जिल्ला कार्य समितिले वडा अधिवेशन बहिष्कार गरेपछि प्रहरी परिचालन गरिएको हो। केही ठाउँमा भने विवादका कारण अधिवेशन प्रक्रिया अघि बढ्न सकेको छैन।

क्रियाशील सदस्यतामा रहेको विवाद समाधान नभई अधिवेशन सुरु गरिएका कारण कार्यकर्ता आक्रोशित बनेको डडेलधुराका सभापति कर्ण मल्लले  जानकारी दिए। विवादका कारण सभापति मल्लले अधिवेशन नै बहिष्कार गरेका छन्।उनले भने, ‘जिल्ला कार्यसमितिले निर्वाचन बहिष्कार गरेको छ। वडा अधिवेशनमा हाम्रो पूर्ण असहमति छ।’

सभापति मल्लले पार्टी सभापति देउवाले सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै प्रहरी परिचालन गरेर वडा तहको अधिवेशन गराइरहेको आरोप लगाए। 

जिल्ला कार्यसमितिले बहिष्कारको निर्णय गरे पनि सात स्थानीय तहका ५२  वडामध्ये ४८ मा निर्वाचन प्रक्रिया सुरु भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ। अन्य वडामा पनि अधिवेशन सुरु गर्न छलफल भइरहेको निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए। 

 ‘निर्वाचनको एउटा प्रक्रिया हुन्छ। पार्टीका निर्वाचन गर्दा सार्वजनिक रूपमा वडाले सूचना जारी गर्नुपर्छ। सबै क्रियाशील सदस्यहरूलाई मतदानमा सहभागी हुन सूचित गर्नुपर्छ। यहाँ त प्रहरी लगाएर वडा तहको अधिवेशन थालिएको छ। यस्तो ज्यादती कुनै हालतमा स्वीकार्य छैन।’ 

सभापति मल्लले निर्वाचन सामग्री पनि सुरक्षाकर्मीबाटै आएको र मतदानमा पनि उनीहरूलाई परिचालन गरिएको बताए।मल्लले भने, ‘निर्वाचनको एउटा प्रक्रिया हुन्छ। पार्टीका निर्वाचन गर्दा सार्वजनिक रूपमा वडाले सूचना जारी गर्नुपर्छ। सबै क्रियाशील सदस्यहरूलाई मतदानमा सहभागी हुन सूचित गर्नुपर्छ। यहाँ त प्रहरी लगाएर वडा तहको अधिवेशन थालिएको छ। यस्तो ज्यादती कुनै हालतमा स्वीकार्य छैन।’ 

मल्लले सहमति विनाको अधिवेशनमा आफूहरूको सहभागिता नरहने बताए। सभापति देउवा पक्षधरले एकलौटी रुपमा क्रियाशील सदस्यतादेखि उम्मेदवारसम्मको टुंगो केन्द्रबाटै लगाएको मल्लको आरोप छ। 

जिल्ला कार्यसमितिले वडा, पालिका र प्रदेश सभा निर्वाचन क्षेत्रीय समितिका साथै जिल्ला कार्यसमिति गरेर चार तहबाट क्रियाशील सदस्यको नवीकरण र नयाँ सदस्यताका लागि  निर्णय गरेर केन्द्रमा पठाए पनि केन्द्रबाट चार सय ६० जनाको नाम काटेको मल्लको भनाइ छ। पुराना सदस्यको नाम काटेर सूचीमा तीन सय १२ जनाको नाम थपेर मतदाता नामावली सार्वजनिक भएपछि विवाद उत्पन्न भएको उनले बताए। सदस्यता विवादलाई लिएर जिल्ला सभापति मल्ल पक्षीय कार्यकर्ताहरू आक्रोशित बनेका छन्। यही विषयमा कारण मंगलबार पार्टी कार्यालयमा झडपसमेत भएको थियो।




अमरगढी नगरपालिका- ५ मा यति बेला विवाद भइरहेको पत्रकार टेकराज अवस्थीले बताए। उनले भने, 'वडामा मतदाता नामावली सार्वजनिक भएको छ। तर कार्यकर्ताहरुले मतदानकाे विरुद्धमा चर्को नाराबाजी गरिरहेका छन्।' जिल्लाका केही स्थानीय तहमा विवाद भएको सुन्नमा आएको उनले बताए।

पर्शुराम नगरपालिकाका मेयर एवम् कांग्रेसका जिल्ला सभापतिका आकांक्षी भीमबहादुर साउदले  भने जिल्लामा कुनै विवाद नरहेको दाबी गरेका छन्। उनले केही वडामा विवाद भए पनि जिल्लामा सौहार्द रुपमा अधिवेशन भइरहेको बताए। 
पर्शुराम नगरपालिकाका मेयर एवम् कांग्रेसका जिल्ला सभापतिका आकांक्षी भीमबहादुर साउदले  भने जिल्लामा कुनै विवाद नरहेको दाबी गरेका छन्। उनले केही वडामा विवाद भए पनि जिल्लामा सौहार्द रुपमा अधिवेशन भइरहेको बताए। 

उनले भने, ‘म सबै मतदाताहरूलाई अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु। कस्ता व्यक्तिलाई विजयी बनाउने भन्ने उहाँहरुकै हातमा छ। म निष्पक्ष भएर राम्रा व्यक्तिलाई पठाउन आग्रह गर्दछु।’ सभापति देउवा निकट मानिने साउदले विवाद भनेर फैलाइएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्। 

‘नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकेर सम्बन्धित वडामा निर्वाचन सामाग्री पठाइसकिएको छ’ मतदान अधिकृत बमले भने, ‘कुन–कुन ठाउँमा सुरु भएको छ, त्यो जानकारी छैन।’ दुई वडामा उद्घान सत्र सकिएको र अन्य ठाउँमा पनि सुरु भएको बमले बताए।
पार्टी कार्यालय सचिव राम बिष्टले मंगलबारको बैठकमा मतदान अधिकृत लोकेन्द्रबहादुर बमले विवाद सिर्जना गरेको बताए। ‘२२ गते बसेको जिल्ला कार्य समितिको बैठकमा निर्वाचन अधिकृतले विवादित बनाउनुभयो’, उनले भने, ‘बैठक बोलाउनुभयो तर आफैंले हस्ताक्षर गर्नु भएन।’ उनले जिल्लामा क्रियाशील सदस्यताको विवाद भएको थाहा पाउँदापाउँदै मतदान अधिकृतले झन् विवाद बढाएको आरोप लगाए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि, शेखर कोइराला लगायतका नेताहरु तत्काल अधिवेशन नगर्न देउवासँग आग्रह गरेका छन्।  

प्रकाशित: September 10, 2021 | 12:15:26 काठमाडौं, शुक्रबार, भदौ २५, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
सुदूरपश्चिम

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।
नेपाल समय
सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत लिन सकस, बुधबार सफलता मिल्ला?

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाल समय
सुदूरपश्चिम

उखु काट्ने चटारो

स्थानीय कृषक नगदेबालीका रुपमा रहेको उखुखेती गर्न थालेपछि आर्थिक रुपमा सवल बन्दै जान थालेका छन् ।
नेपाल समय
सुदूरपश्चिम

एक दशकदेखि अलपत्र पक्की पुल

नदीमा पुल निर्माणका लागि पिल्लर ठड्याइएको भए पनि निर्माण कार्य तीन वर्ष अघिदेखि अलपत्र परेको स्थानीयवासी बताउँछन्।
नेपाल समय
सुदूरपश्चिम

माछी मार न हो...

पूरै नदीलाई समेट्ने गरी धिमरी राखेर राना थारु समुदायले कात्तिकदेखि जेठसम्म माछा मार्ने गर्छन् ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना