सोमबार, मंसिर १२, २०७९
विनय बाह्रकोटी | मंगलबार, कार्तिक १, २०७९

सुनसरीमा कांग्रेसलाई साख जोगाउनै कठिन

अघिल्लो पटक कांग्रेस बचाएको सुनसरीमा यस पटक भने चुनौतीका चाङ थुप्रिएका छन्। स्थानीय कार्यकर्ताको एकताका कारण तत्कालीन वाम गठबन्धन प्रतिनिधिसभाका ३ वटा क्षेत्रमा पराजित भएको थियो। नेकपा एमालेको बलियो पकड रहेको क्षेत्र नम्बर एकमा भने नेकपा एमालेका जयकुमार राई विजयी भए।

नेत्र पी अधिकारी | सोमबार, असोज ३१, २०७९

मोरङ-६ मा कोइराला र पण्डितलाई आफ्नैबाट डर

०७४ को निर्वाचनमा ६७५ मतान्तरले जितेका लालबाबु पण्डित जितलाई निरन्तरता दिने योजनामा छन्। कम मतान्तरले पराजित शेखर कोइराला पनि परिणाम आफ्नो पक्षमा पार्ने योजनामा छन्। दुवै उम्मेदवारले चुनावी गतिविधिलाई तीव्र पारेका छन्।

नेपाल समय | शनिबार, असोज २९, २०७९

कालीगढ पलायनले टक्सारको धातु व्यवसाय संकटमा

इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो। तर, अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै संकटमा परेको छ।

विनय बाह्रकोटी | शनिबार, असोज २९, २०७९

पाँचथर: गठबन्धनको बलमा भीष्मराजलाई सहज, वसन्तलाई सकस

२०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार वसन्तसँग पराजित भएका भीष्मराज यसपटक वाम-लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार बनेका हुन्। पाँचथर इन्चार्ज तथा पूर्व मन्त्री वसन्तलाई पराजित गरेर पाँच वर्षअघिको पराजयको बदला लिने रणनीतिमा भीष्मराज छन्।

नेपाल समय | बिहीबार, असोज २७, २०७९

होम डेलिभरी गरिएको चिकन चिल्लीमा साङ्ला

विराटनगर १ की कविता बरालले होम डेलिभरीमार्फत् खरिद गरेको चिकन चिल्लीमा साङ्‌ला फेला परेको छ।

नेत्र पी अधिकारी | बिहीबार, असोज २७, २०७९

मोरङ–१ मा दुई मित्रको प्रतिस्पर्धा

लिम्बु माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको सत्ता गठबन्धनबाट प्रतिष्पर्धामा उत्रिएका छन्। संसदीय निर्वाचनमा खतिवडा र लिम्बुको यो तेश्रो भेट हो। त्यसअघि उनीहरुबीच तत्कालिन लेटाङ गाविसको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो।

रासस | बुधबार, असोज २६, २०७९

नेपालको कवाडी बजारमा भारतीय नागरिक

भारतको बिहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी सामान संकलन गरिरहेका छन्। फोहोरबाट मोहोर कमाउन पासवान जस्तै थुप्रै भारतीय कवाडी सामान संकलन गरिरहेका भेटिन्छन्।

नेपाल समय | बुधबार, असोज २६, २०७९

मोरङबाट ११ जनाद्वारा उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मोरङबाट उम्मेदवारी दिएका २२६ जना मध्ये ११ जनाले फिर्ता लिएका छन्।

विनय बाह्रकोटी | मंगलबार, असोज २५, २०७९

कांग्रेसमा टिकट नपाएपछि विद्रोही बने खोटाङ र ताप्लेजुङका जिल्ला सभापति

नेपाली कांग्रेस खोटाङका सभापति विष्णु राईले पार्टीको निर्णय विपरीत प्रदेशसभामा उम्मेदवारी दिएका छन्। सत्तारुढ गठबन्धनको निर्णय मान्य नहुने बताउँदै उनले विद्रोह गरेका हुन्।

नेत्र पी अधिकारी | मंगलबार, असोज २५, २०७९

मोरङका डेढ दर्जन क्षेत्रमा २२६ जनाको उम्मेदवारी, संघ र प्रदेश दुवैमा द्विपक्षीय प्रतिष्पर्धा

प्रदेश र प्रतिनिधिसभामा गरी ७९ जनाको स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको छ। दुवै क्षेत्रमा गरी २१ जना महिलाको उम्मेदवारी दर्ता भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना