सोमबार, मंसिर १२, २०७९
नेपाल समय | आइतबार, मंसिर ४, २०७९

बूढीगंगामा पटाका पड्किएपछि रोकिएको मतदान पुन: सुरु

विष्फोट ठूलो आवाजसहित भएको भएपनि प्रहरी अनुसन्धानले पटाका पड्किएको देखाएको दाहालले जानकारी दिए। दाहालका अनुसार बिहान विष्फोटको आवाजसँगै मतदानस्थलमा पुगेका मतदाता तितरबितर भएका थिए।

विनय बाह्रकोटी | बिहीबार, मंसिर १, २०७९

स्वतन्त्र उम्मेदवारले प्रभावित पार्न सक्छन् सुनसरी–१ र ४ को चुनावी परिणाम

दुवैतिरका गठबन्धनले टिकट नदिएर सुनसरीमा बागी उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका पूर्वएमाले तथा धरानको उपमेयर र मेयर सम्हालिसकेका मनोजकुमार मेन्याङ्बो र डा. खालिद हुसैन एमाले र कांग्रेसभित्रको विद्रोही मतलाई आफूहरूको जित्ने आधार भएको बताउँछन्।

नेपाल समय | बुधबार, कार्तिक ३०, २०७९

भोजपुरमा प्रचण्ड सहभागी कार्यक्रम स्थल नजिक बम विस्फोट, किराँती भन्छन्– एमालेले गराएको हो

बम विस्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ। विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

नेपाल समय | बुधबार, कार्तिक ३०, २०७९

सत्ता गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको बताएका छन्। निर्वाचनपछि गठबन्धनको काम सकिने उनको भनाइ छ।

नेत्र पी अधिकारी | बुधबार, कार्तिक ३०, २०७९

मोरङ ५ : मण्डल र यादवलाई जोगीको चुनौती

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रबाट निवर्तमान सांसद शिवकुमार मण्डल (केवट), एमाले–जसपा गठबन्धनबाट जसपाका राजकुमार यादव र स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (गनगाई) जोगी प्रतिष्पर्धामा छन्। तीनै जना उम्मेदवारबीच कडा प्रतिष्पर्धा रहेको छ।

नेत्र पी अधिकारी | सोमबार, कार्तिक २८, २०७९

मोरङका मतदाताको गुनासो– माग ठूला छैनन्, तर कहिल्यै पूरा भएनन्

पटक–पटक उम्मेदवारलाई सडक कालोपत्रेको माग गर्दा पनि पूरा नगरेपछि यही मंसिर ४ गतेको निर्वाचनमा दुर्गाकुमारीले फरक पार्टीलाई मतदान गर्ने सोच बनाएकी छन्। उनले भनिन्, ‘एउटै पार्टीलाई मत दिँदा–दिँदा दिक्क भइयो, काम नै गर्दैनन् भने किन उनीहरुलाई फेरि मत दिने?’

नेपाल समय | शनिबार, कार्तिक २६, २०७९

एकै स्थानमा तीन उम्मेदवारले सभा गरेपछि...

झण्डै एक घण्टाको अवधीमा भएका तीन कार्यक्रमले रानी चोकमा भयको नै वातावरण सिर्जना गरेको थियो।

नेपाल समय | शुक्रबार, कार्तिक २५, २०७९

आज प्रदेश १ मा सार्वजनिक बिदा

कात्तिक २५ गते नेपालका १६औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १ सय ३८औं जन्म जयन्ती हो। प्रदेश एक सरकारले आज दिवसको अवसर पारेर सार्वजनिक बिदा दिएको छ।

नेपाल समय | बिहीबार, कार्तिक २४, २०७९

झापा-३ मा एमालेका बागीको दाबी– ९५ हजार मत खस्छ, ३३ हजार ६४८ ल्याएर म जित्छु

हल्दीबारी गाउँपालिकाको उपाध्यक्ष चलाएका उनी गत स्थानीय तह निर्वाचनमा अध्यक्षमा राजेन्द्रका भाइ रवीन्द्र लिङ्देनसँग पराजित भए। स्थानीय निर्वाचनको हारको बदला लिने सुरमा छन् गिरि।

नेपाल समय | बिहीबार, कार्तिक २४, २०७९

इलाम-२ : नेम्बाङ, खड्का र पालुङ्वाबीच त्रिकोणात्मक प्रतिस्पर्धा

इलाम क्षेत्र–२ मा उम्मेदवारी दिएका नेम्बाङको राष्ट्रिय राजनीतिमा आफ्नै पहिचान छ भने सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का समाजसेवीका रूपमा परिचित छन्। दुवै उम्मेदवारले आफ्नो जित निश्चित भएको बताउँछन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना