सोमबार, मंसिर १९, २०७९

तेह्रथुममा कांग्रेसलाई डर, एमाले ढुक्क

तीर्थराज बस्नेत  |  काठमाडौं, बिहीबार, असोज १३, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बिहीबार, असोज १३, २०७९, काठमाडौं

नेपाल समय

भोजपुर- पाँच दलीय सत्ता गठबन्धन तालमेल गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा होमिने तयारीमा छन्। गठबन्धनका नेताहरु सिट बाँडफाँटको अन्तिम तयारीमा छन्। पूर्वी पहाडी जिल्ला तेह्रथुममा प्रतिनिधिसभाको सिट नेपाली कांग्रेसले पाउने पक्का भएको छ। 

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ दाबी गरिरहेको छ। प्रदेशसभा ‘ख’ माओवादीले पाउने पक्काझैं देखिएको छ। सत्ता गठबन्धनको सहयोगमा प्रतिनिधिसभामा लड्न लागेको कांग्रेस ढुक्क भने देखिएको छैन। प्रतिनिधिसभामा केन्द्रीय सदस्य सीता गुरुङ र पूर्वसांसद तुलसी सुब्बाले टिकटको दाबी गरिरहेका छन्। गुरुङ सभापति शेरबहादुर देउवा निकट हुन् भने सुब्बा शेखर कोइराला निकट। दुई नेताबीच टिकटका लागि चलेको चर्को प्रतिस्पर्धाले चुनावी गणितमा असर पार्न सक्ने विश्लेषण समेत हुन थालेका छन्।

दुईमध्ये एकले टिकट पाउँदा अर्कोले सघाउने अवस्था नआए नतिजा फुत्कन सक्ने तेह्रथुम कांग्रेसका नेताहरुको भनाइ छ। २०४८ सालपछि एक निर्वाचन बाहेक सबै निर्वाचनमा बाजी मार्दै आएको एमाले भने सत्ता गठबन्धनसँग चुनाव लड्नुपर्ने अवस्थामा पनि ढुक्क देखिएको छ। मुख्य प्रतिस्पर्धी कांग्रेसलाई ठानेको एमाले गठबन्धनका अन्य दलको कमजोर जनमतका कारण चुनाव जितिनेमा ढुक्क देखिन्छ। 

किन डरायो कांग्रेस?
प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्न ठिक्क परेको कांग्रेसलाई दुई वटा विषयले ढुक्क हुन दिएको छैन। गुरुङ र सुब्बामध्ये एकले टिकट पाउँदा सिंगो पार्टीलाई एक गराउनुपर्ने अवस्था आउनेछ। टिकटका दुई दाबेदार मध्ये एकले टिकट पाउँदा अर्कोले नसघाएको अवस्थामा नतिजा पक्षमा आउँदैन। २०६४ सालमा देशभर माओवादीले जित्दा तेह्रथुममा जित निकालेका सुब्बा र २०७४ सालमा वाम गठबन्धनसँग प्रतिस्पर्धा गरेकी गुरुङबीचको टिकटको प्रतिस्पर्धालाई तिक्ततामा परिणत हुन नदिने चुनौती कांग्रेससामु छ। जिल्लाको पार्टी नेतृत्व र संगठनमा सुब्बा प्रभावी मानिन्छन्। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले तीन वटा स्थानीय तह जितेको थियो। जसमध्ये २ वटा पालिका प्रमुख गुरुङका पक्षमा देखिन्छन्।

कांग्रेसलाई पार्टीभित्रको एकता जोगाउनुपर्ने चुनौतीसँगै प्रदेशसभा ‘क’को पनि चिन्ता देखिन्छ। प्रदेशसभा ‘क’मा कांग्रेससँगै सत्ता साझेदार दल नेकपा एसले समेत दाबी गरिरहेको छ। तर नेकपा एसको जनमत भने कमजोर देखिन्छ। कमजोर जनमत भएको पार्टीको उम्मेदवार रहँदा समग्र परिणाममै असर गर्न सक्ने विश्लेषण कांग्रेसको छ।

त्यसो त २०७४ सालमा एमालेबाट जितेर अहिले नेकपा एसमा रहेका स्वास्थ्यमन्त्री भवानी खापुङले थापेको अड्कोका कारणले समेत कांग्रेस अप्ठ्यारोमा छ। ‘प्रदेशसभा पाउने शर्तमा मात्रै मैले प्रतिनिधिसभामा दाबी छाडेको हुँ। प्रतिनिधिसभा छाड्दै गर्दा प्रदेशसभा ‘क’ हामीले पाउनुपर्छ। नत्र प्रतिनिधिसभामा स्वाभाविक दाबी रहन्छ। प्रधानमन्त्रीज्यूले पनि चासो व्यक्त गर्नुभएको छ,’ तेह्रथुम कांग्रेसका नेताहरुसँग खापुङले भन्ने गरेका छन्।  

नेकपा एसका नेता भवानीप्रसाद खापुङ। 
तर कांग्रेस नेताहरु भने खापुङले भनेजसरी प्रदेशसभा ‘क’ नेकपा एसलाई बुझाउन तयार देखिँदैनन्। ‘प्रदेशसभा ‘क’मा समाजवादीले दाबी गरिररहेको छ। उहाँहरुको मत कम छ। अब उहाँहरुलाई प्रदेशसभा छाड्दा गाग्रीको पानी लोटामा खन्याए बराबर हुन्छ। गाग्रीको पानी लोटामा खन्याउँदा के हुन्छ?’ तेह्रथुम कांग्रेसका सभापति अर्जुन तुङ्बाहाम्फेले भने, ‘भवानीजीले लबिङ गरिरहनुभएको छ। उहाँहरुले दाबी नछोड्ने हो भने नतिजा बिग्रने पो हो कि! रुखमा भोट हाल्ने मान्छेका हात अन्त जाँदैनन् फेरि।’

प्रदेशसभातर्फ भने क क्षेत्रमा कांग्रेसबाट पूर्वसचिव सन्तोष सुब्बा र नेता कमल ढुंगाना टिकटका दाबेदार छन्। प्रदेशसभा ‘ख’ भने माओवादीले पाउने पक्का भएको तुङबाहाम्फेले बताए। प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाई (सचिन) उम्मेदवार बन्ने लगभग पक्का जस्तै छ।

ढुक्क एमाले 
सांगठनिक रुपमा बलियो मानिएको एमाले भने ढुक्क देखिन्छ। कांग्रेसमा टिकटका लागि भइरहेको तीव्र प्रतिस्पर्धा र गठबन्धनमा आबद्ध अन्य दलको कमजोर जनमतका कारण एमाले हौसिएको हो। तेह्रथुम एमालेका अध्यक्ष तेजमान कन्दङ्बा यसपटक पनि एमालेले विजयको झण्डा गाड्नेमा ढुक्क रहेको बताउँछन्।

‘गठबन्धन चाहिँ गठबन्धन मिलाउनै व्यस्त छ। तेह्रथुममा हाम्रो मुख्य प्रतिस्पर्धी कांग्रेस हो। तर कांग्रेसमा पनि टिकटका लागि देउवा र शेखरका मान्छेका बीचमा अन्तरविरोध देखिन्छ। त्यसको फाइदा हामी लिने प्रयास गर्छौं नै। सँगै नेकपा एसको यहाँ केही पनि छैन। माओवादी पनि बलियो छैन। जसपाको जनमत हुने कुरै भएन। त्यसकारण हामी एक्लै बलियो छौं,’ उनी भन्छन्, ‘२०४८ सालपछि हामीले एउटा बाहेक सबै चुनाव जितेका छौं। त्यसकारण परिस्थितिको मूल्यांकन गर्दा यसपटक पनि हामीले जित्नेमा शंका छैन।’

प्रतिनिधिसभामा एमालेबाट विजय सुब्बा र जिल्ला अध्यक्ष कन्दङ्बाले दाबी गरिरहेका छन्। सुब्बा अघिल्लो पटक समानुपातिक तर्फबाट सांसद बनेका थिए। त्यसअघि उनी २ पटक निर्वाचित भइसकेका व्यक्ति हुन्। कन्दङ्बा भने यसअघि प्रदेश सांसद थिए। 

कस्तो छ अंकगणित?
२०७४ सालको निर्वाचनमा तेह्रथुमबाट नेकपा एमालेका भवानीप्रसाद खापुङ विजयी भएका थिए। बहालवाला स्वास्थ्यमन्त्री खापुङ अहिले नेकपा एसमा क्रियाशील छन्। खापुङ २१ हजार ३३५ मत ल्याएर विजयी हुँदा सीता गुरुङले १९ हजार ३१४ मत प्राप्त गरेकी थिइन्। यस पटक सत्ता गठबन्धनको मत थपिँदा कांग्रेसलाई गणितले साथ दिन सक्छ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको आधारमा तेह्रथुममा एमाले बलियो देखिन्छ। एमालेले २२ हजार ३१२ मत प्राप्त गर्दा कांग्रेसले २१ हजार ९११, माओवादीले ६८६ र नेकपा एसले ५४६ मत प्राप्त गरेका थिए। तेह्रथुममा गठबन्धनको मत २३ हजार १४३ मत हो। यसरी हेर्दा तेह्रथुममा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

तेह्रथुमको चुनावी इतिहास
२०१५ सालको निर्वाचनमा तेह्रथुम भनेर छुट्टै निर्वाचन क्षेत्र थिएन। तेह्रथुम र ताप्लेजुङको आधार भूभाग धनकुटा निर्वाचन क्षेत्रमै समेटिएका थिए। २०१५ सालको निर्वाचनमा क्षेत्र नम्बर २२ देखि २७ सम्म ६ वटा निर्वाचन क्षेत्र थिए। जसमध्ये क्षेत्र नम्बर २६ धनुकटा तेह्रथुमको भूभाग थियो। यो क्षेत्रबाट नेपाली कांग्रेसका तेजमान तुम्बाहाम्फे निर्वाचित भएका थिए। पहिलो निर्वाचित संसद्ले पूरा कार्यकाल काम गर्न नपाउँदै मुलुकमा निर्दलीय पञ्चायती व्यवस्था लागू भयो। त्यसपछि एकै पटक २०४८ सालमा दोस्रो संसदीय निर्वाचन भयो। त्यो निर्वाचनमा तेह्रथुममा २ वटा निर्वाचन क्षेत्र थिए। दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए। क्षेत्र नम्बर १ मा विजय सुब्बा र क्षेत्र नम्बर २ मा सूर्यप्रसाद ‍कन्दङ्बा निर्वाचित भएका थिए।

२०५१ सालमा भएको मध्यावधि निर्वाचनमा तेह्रथुममा १ मात्रै निर्वाचन क्षेत्र कायम भयो, जुन आजसम्म कायम छ। ०५१ को निर्वाचनमा पनि एमालेले नै बाजी मार्‍यो। सुरेन्द्रकुमार फोम्बो सांसद बने। ‍२०५६ सालको निर्वाचनमा एमालेले जितको ह्याट्रिक गर्‍यो। २०४८ सालमै सांसद बनेका सुब्बा दोस्रो पटक प्रतिनिधिसभा छिरे।

२०६४ सालको संविधानसभा निर्वाचनमा भने देशभर माओवादी विजयी भएको थियो। तर तेह्रथुममा कांग्रेसका तुलसी सुब्बाले चमत्कार गरे। उनले कम्युनिस्ट गढमा चारतारे झण्डा फहराएका थिए। तर २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले कम्युनिस्टको पञ्जाबाट खोसेको किल्ला जोगाउन सकेन। एमालेले कमब्याक गरेको त्यो निर्वाचनमा भवानीप्रसाद खापुङ विजयी भए। 


प्रकाशित: September 29, 2022 | 13:46:46 काठमाडौं, बिहीबार, असोज १३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
प्रदेश न. १

पुनः मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीको निवेदन, गणना अवरुद्ध

हिजो शनिबारदेखि अवरुद्ध भएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु हुन सकेको छैन।
नेपाल समय
प्रदेश न. १

प्रदेश र प्रतिनिधिसभामा मोरङबाट १२ जनाको डेब्यु

अन्तिम परिणाम अनुसार मोरङमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा १० जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। प्रदेशसभा पहिलो पटक प्रवेश गर्ने एक जना संविधानसभा सदस्य पनि छन्।
नेपाल समय
प्रदेश न. १

सत्ता र प्रतिपक्षी दुवै गठबन्धनलाई पाखा लगाउने 'जोगी सर'

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निश्चित हुनु अघिदेखि नै उनले क्षेत्र नं. ५ लाई लक्षित गरी आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै अघि बढेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति टुंगो लाग्यो ।
नेपाल समय
प्रदेश न. १

कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।
नेपाल समय
प्रदेश न. १

मोरङ-५ 'क'मा कांग्रेसका गनगाई निर्वाचित

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्तोषकुमार साहले ९ हजार ४ सय २ मतान्तरले पछि पार्दै गनगाई चुनिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना