सोमबार, असोज १०, २०७९

धरानको फोहोर : मेयरलाई मस्ती, यात्रु र स्थानीयलाई सास्ती

विनय बाह्रकोटी  |  काठमाडौं, मंगलबार, भदौ १४, २०७९

विनय बाह्रकोटी

विनय बाह्रकोटी

मंगलबार, भदौ १४, २०७९, काठमाडौं

नेपाल समय
धरानबाट संकलित फोहोरमा आगो लगाइँदै। फोहोर डढाउँदा निस्कने धुवाँले भवानीपुरका एक हजार परिवारले र राजमार्गमार्फत् यात्रा गर्नेले सास्ती खेप्दै आएका छन्। इन्सेटमा धरान नगरपालिकाका प्रमुख हर्कराज साम्पाङ। उनले धरानमा फोहोरको कुनै समस्या नरहेको दाबी गर्दै आएका छन्।

इटहरी- 'मेरा छिमेकी धेरै जना बिरामी छन्। बूढाबूढीलाई साससम्बन्धी समस्या छ। गाउँभरि दमका रोगी बढेका छन्। हामीलाई पनि धेरै गाह्रो पार्न थालेको छ। दुई वर्षयता साना नानीहरूलाई जिउमा घाउखटिरा आउने क्रम बढ्दै गएको छ,' इटहरी-१९ भवानीपुरका दलसिंह राईले भने। 

अधबैँसे उमेरका राई विगत १५ वर्षदेखि भवानीपुरमा बस्दै आइरहेका छन्। विगत ५ वर्षदेखि फोहोर जलेर निस्किने पिरो धुवासँग जुध्न बाध्य भएको सुनाउँछन् उनी। धरान उपमहानगरपालिकाले थुपारेको फोहोरमा आगजनी भएपछि निस्कने विषाक्त धुवाँ सिधै भवानीपुरका एक हजार घरपरिवारसम्म पुग्ने गरेको छ। 

बिहान उज्यालो भएदेखि खानाखाने बेलासम्म र साँझ ५ बजेदेखि रातभर यस्तै सास्ती हुने गरेको उनले बताए। फोहोर डढाएको धुँवाका कारण स्थानीयहरू दीर्घकालीन रोगको सिकार भएका छन्। राईका अनुसार वृद्धवृद्धा, बालबालिका र गर्भवतीहरू बढी समय धुवाँको स्रोतनजिकै हुने भएकाले उनीहरु बढी समस्यामा परेका छन्। 

धरान उपमहानगरपालिकाबाट संकलित फोहोरले भवानीपुर मात्र होइन, कोसी राजमार्ग हुँदै यात्रा गर्नेहरू समेत मारमा परेका छन्। बाँझगरा सामुदायिक वनमा जलेको फोहोरको धुवाँले बिहान र साँझको समय राजमार्गमा धुवाँ फैलने गरेको छ। धरान बसेपनि कामका लागि दैनिक रूपमा इटहरी आउने र फर्कने गर्दै आएका युवा मार्टिन घिमिरे राजमार्गको यात्रा गर्दा पिरो धुवाले जंगल क्षेत्रमा सास फेर्नै गाह्रो हुने गरेको बताउँछन्। 

हाल बाँझगरा सामुदायिक वनको क्षेत्रमा उपमहानगरले फोहोर फ्याँक्ने गरेको छ। वन उपभोक्ता समितिले छलफल गरेर जंगलबाट फोहोर हटाउन आग्रह गरेको छ। गते जेठ ३० गतेको बैंठकले फोहोर यत्रतत्र छरिएको र चोरीतस्करी बढेको भन्दै फोहोरमैला व्यवस्थापनका ध्यान दिनुपर्ने बताएको हो।  

नेपाल समय
बाँझगरा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रबाट फोहोर हटाउन गरेको आग्रह।

केही सर्तसहित समितिले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ। फोहार फाल्ने स्थानमा घेराबारा लगाउनुपर्ने, खाल्डो खनेर फोहार पुर्नुपर्ने, फोहोर फ्याँक्ने ठाउँमा हेरालु राख्नुपर्नेलगायत समितिका माग छन्। त्यससँगै वन क्षेत्रका होर्डिङ बोर्डसमेत हटाउनुपर्ने समितिको आग्रह छ। 

डिभिजन वन कार्यालय सुनसरीले पञ्चकन्या सब-डिभिजन कार्यालय धरानलाई पत्राचार गरेर उपमहानगरले फाल्ने फोहोरबारे अध्ययन गर्न निर्देशन दिएको छ। डिभिजन कार्यालयका प्रमुख भीमबहादुर कालिकोटेले पालिकाले फोहोर फाल्ने आधार र प्रमाण भए/नभएको पत्ता लगाउन भन्दै पत्राचार गरेका हुन्। यही भदौ १२ गते पत्राचार गर्दै कालीकोटेले वन क्षेत्रमा फोहोर फाल्न नपाउने गरी व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेका छन्। 

यसबीचमा उपमहानगरपालिकालाई बारम्बार सचेत गराउँदा पनि कुनै वास्ता नगरेको कालीकोटेले बताए। पछिल्लो समयको कुराकानीमा केही महिनाभित्र व्यवस्थापन गर्ने जानकारी आएकाले आफूहरु पर्खाइमा बसेको उनको भनाइ छ। 'लामो समयदेखि सोही स्थानमा फोहोर फ्याँक्ने गरेको पाइएकाले वैकल्पिक व्यवस्था गर्न आग्रह गरेका छौँ,' उनले भने, 'तर पालिकाले कुनै वास्ता गरेको छैन।'

नेपाल समय
डिभिजन वन कार्यालय सुनसरीले पञ्चकन्या सब-डिभिजन कार्यालयलाई पठाएको पत्र।

धरानको फोहोरमैला व्यवस्थापनको जिम्मा पाएको भेन्चर वेस्ट टु इनर्जी प्रालिले अप्रशोधित फोहारलाई जिम्मा नलिने बताएको छ। २०७८ पुष २० गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धघाटन गरेको प्रशोधन केन्द्रले समेत फोहोरमैलाको सम्पूर्ण जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ। 

धरान उपमहानगरपालिकाले फोहोर संकलन गरेर प्रशोधन केन्द्रसम्म पुर्‍याउने मात्र काम गर्दै आएको छ। प्रशोधन केन्द्रमा कुहिने र नकुहिने फोहोर छुट्याएपछि नुकहिने तर पुनः प्रयोगमा ल्याउन नसकिने फोहोरलाई वन क्षेत्रमा फाल्ने गरिएको हो।

सम्झौताअनुसार उपमहानगरपालिकाले फोहोर दिने र आफूहरुले प्रशोधन गर्ने गरेको प्रालिका सञ्चालक विपुलराज पाण्डे बताउँछन्। कुहिने फोहोरलाई मल बनाउने र नकुहिने फोहोरलाई पुनः प्रयोगको लागि रि-साइकलमा पुर्‍याइने उनले जानकारी दिए। नकुहिने तर रिसाइकल गर्न नसकिने फोहोर पुनः उपमहानगरपालिकाले नै फिर्ता लैजाने गरेको उनले प्रष्ट पारे।

नेपाल समय
फोहोर प्रशोधन स्थल।

चालु आर्थिक वर्षदेखि लागू हुने गरी भएको २० वर्षे सम्झौतामा प्रालिले आम्दानीको १० प्रतिशत उपमहानगरलाई बुझाउने उल्लेख छ। फोहोरबाट उत्पादित ग्यासलाई यातायात विभागसँग समन्वय गरेर अटोरिक्सामा प्रयोग गरिने उनले बताए। 

बोली र व्यवहार मिलेन 
उता २०७५ चैत ६ गते सूचना जारी गर्दै उपमहानगरपालिकाले राजमार्ग आसापास, खोलाखोल्सी तथा सार्वजनिक स्थानमा फोहोर नफाल्न आग्रह गरेको थियो। उपमहागनरपालिका र नेपाल प्रहरीले अनुगमन गर्ने चेतावनीसहितको सूचनामा फोहोरमैला व्यवस्थापन ऐन २०६८ र वातावरण  संरक्षण ऐन २०७६ अनुसार कारबाही गर्ने उल्लेख गरिएको थियो। तर उपमहानगरपालिका आफैँले चारकोसे झाडीको सामुदायिक वनक्षेत्रमा फोहोरमैला फाल्ने काम जारी राख्दा यात्रुलाई सास्ती परिरहेको छ। 

नेपाल समय
धरान नगरपालिकाले जारी गरेको सूचना।

मेयर हर्कराज राई (साम्पाङ) काठमाडौं महानगरपालिकालाई 'फोहोरमान्डौ' भन्दै कटाक्ष गरिरहेका छन्। केही दिन अगाडि काठमाडौं भ्रमण गरेका उनले आफू गएपछि मात्र काठमाडौंको फोहोर उठ्न थालेको भन्दै टिप्पणीसमेत गरेका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्ने आशय राखेपनि भेट गर्न बालेन्द्रले समय नदिएपछि साम्पाङले कटु आलोचना सुरु गरेका छन्। 

त्यसपछि लगातार काठमाडौंको फोहोरलाई लिएर उनले श्रमदानबाटै फोहोर उठाउन सकिने समेत बताए। पछिल्लो समय सामाजिक सञ्जालदेखि अन्तर्वार्ताहरूमा समेत काठमाडौंको फोहोर र मेयर बालेन्द्रप्रति उनले व्यक्तिगत रुपमा कटाक्ष गर्ने गरेका छन्। तर उनकै पालिकाको फोहोरको कारण दैनिक हजारौँ यात्रु र स्थानीय आततायी जीवन कटाउन बाध्य छन्। यस विषयमा मेयर साम्पाङसँग कुरा गर्न खोज्दा उनसँग सम्पर्क हुन सकेन। 

उपमेयर अइन्द्रविक्रम बेघाले प्लास्टिकजन्य फोहोरलाई रि-साइकल गर्ने विषयमा नयाँ योजना बनाउने तयारी गर्ने बताए। हालसम्म कुनै तयारी नभएको बताउँदै उनले बाँझगरा सामुदायिक वन क्षेत्रभित्र फालिने फोहोरलाई पनि प्रशोधन गर्ने जानकारी दिए।


प्रकाशित: August 30, 2022 | 18:59:50 काठमाडौं, मंगलबार, भदौ १४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
प्रदेश न. १

प्रदेश १ का स्वास्थमन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्फ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन्।
नेपाल समय
प्रदेश न. १

प्रदेश १ का मुख्य न्यायाधिवक्ता श्रेष्ठले किन बीचमै छाडे पद?

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाकार हुने र संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिने गरी राजनीतिक नियुक्ति गर्ने गरिन्छ।
नेपाल समय
प्रदेश न. १

कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके पाँच हजार जरिवाना

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित उत्तर–दक्षिण कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने भएको छ। ढुंगेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने डिभिजन वन कार्यालयले जनाएको छ।
नेपाल समय
प्रदेश न. १

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई ११ वटा स्वर्ण पदक

गत भदौ २९ देखि असोज ८ गतेसम्म १ नं प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएको प्रतियोगितामा खोटाङका लागि सितोरियो करातेमा छ, पौडीमा दुई, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक–एकवटा स्वर्ण पदक प्राप्त भएको हो।
नेपाल समय
प्रदेश न. १

मोरङमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, १३ सय प्रहरी परिचालन

मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। दसैं, तिहार, छठलगायतका चाडपर्वलाई केन्द्रीत गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना