आइतबार, असोज १६, २०७९

भूकम्पले पूर्व धकेलेको सप्तकोसी पश्चिम मोडिँदा बेलकामा कन्तबिजोक

नेत्र पी अधिकारी  |  काठमाडौं, बुधबार, साउन १८, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, साउन १८, २०७९, काठमाडौं

नेपाल समय
बाढीले विस्थापित बनेकाहरूलाई उद्धार गर्दै सुरक्षाकर्मी।

विराटनगर- सप्तकोसी नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिका वडा नम्वर ८ बाट बुधबार बिहान बस्तीमा पस्यो। लाहुरेकोट भन्ने ठाउँबाट भंगालो बस्ती पस्दा बेलकाका वडा नम्बर १, २, ३, ८ र ९ प्रभावित भएका छन्। २ हजार ३ सय घरधुरीका मानिसहरूलाई उद्धार गर्ने क्रम जारी छ। 

अहिले कोसीको भंगालो जहाँबाट बस्तीमा पसेको छ, ३४ वर्षअघि पनि नदी त्यँहीबाट बग्ने गर्दथ्यो। ०४५ साल भदौमा आएको भूकम्पका कारण नदी एक्कासी पूर्व धकेलिएको बेलका-१ का वडाध्यक्ष ५६ वर्षीय दिनेश्वरप्रसाद चौधरीले जानकारी दिए। ०४५ साल भदौमा पूर्व मोडिएको सप्तकोशीलाई पुरानै अवस्थामा फर्कन ३४ वर्ष लागेको छ। 

‘सप्तकोसी वर्षेनि पश्चिम लागिरहेको थियो,’ वडाध्यक्ष चौधरीले भने, ‘विस्तारै सर्दै–सर्दै आइरह्यो, तर नियन्त्रणको काम प्रभावकारी हुन सकेन।’ सप्तकोसीबाट बेलका पश्चिमतर्फ पर्छ।

बालुवाले पुरिएर पनि नदीको उचाई बढ्दै गएको चौधरीले बताए। कुनै पनि समय नदी बस्ती पस्छ भनेर संघीय र प्रदेश सरकारलाई पटक-पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता भएको उनको गुनासो छ। केही समयअघि उदयपुरका प्रतिनिधिसभा सदस्य तथा मन्त्री डा नारायण खड्का, गृहमन्त्री बालकृण खाँड निरीक्षणमा पुगेका थिए। 

०४५ सालमा कोसीको भंगालो पसेको स्थानमा जंगल रहेको स्थानीय पदकुमार राईले बताउँछन्। ‘२०४५ अघि जंगल नै जंगल र खरघारी थियो। नदी पूर्व फर्किएपछि भटाभट बस्ती बस्न शुरु भयो,' राईले भने, 'जंगल फाँडेर बस्ती बस्न शुरु भयो। नदीको जोखिमलाई बेवास्ता गरियो।’ नदी कुनै दिन पसेर विल्लीबाठ बनाउँछ भनेर त्यो बेला जंगल फाँडेर बस्नेहरुले नसोचेको उनले बताए। राईका अनुसार भंगालो पसेको ठाउँ उच्च भूभागमा रहेकाले कतिपय घर छाडेर हिँडेका छैनन्। नदीको बहाव बढिरहेकाले कम हुन थालेको छैन। 

२३ सय घर प्रभावित

बुधबार बिहान बेलका पसेको कोसीको भंगालोले २ हजार ३ सय घर प्रत्यक्ष प्रभावित भएका छन्। बाढी पसेपछि उद्धार कार्य धमाधम भइरहेको बेलकाका नगरप्रमुख अशोक कार्कीले बताए। उनका अनुसार आज रातिसम्म लगाएर भएपनि प्रभावित क्षेत्रका सबैको उद्धार गरिसकिने छ। उद्धार गरिएकाहरुलाई विद्यालय, रेडक्रसका भवनमा व्यवस्थापन गरिएको छ। 

कोसीको बहाव पूर्णरुपमा आउने र १० किलोमिटरसम्मका बस्ती डुबानमा पर्ने आकलन प्रमुख कार्कीको छ। 'यही रफ्तारमा बहाव बढे १ र २ का सबै बस्ती डुबानमा पर्नेछन्। वडा नम्वर ९, ८ र ३ का नागरिकको उद्धार भइसकेको छ,' कार्कीले जानकारी दिए। 

नेपाल समय
बाढी पसेको क्षेत्र।

बेलकाका ५ वटा वडाका २३ सय घरघुरीमा बस्ने करिब २० हजार र सुनसरी बराहक्षेत्रको श्रीलंका टापुका करि ब७ हजार नागरिक कोसीबाढीबाट प्रभावित भएको उनको भनाइ छ। बुधबार प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित बसेको विपद् व्यवस्थापनको बैठकले बेलकाका २३ सय घर परिवारका २० हजार र बराहक्षेत्र ६ र ९ को श्रीलंका टापुका करिव ७ हजार प्रत्यक्ष प्रभावित हुने आकलन गरेको छ।

बाढी पस्ने डरले बेलकाका ३ सय घरपरिवार आफन्तकोमा पुगिसकेका छन्। पानी निरन्तर परिरहेकाले नगरले सचेत गराउन थालेपछि उनीहरू बस्ती छाडेर अन्यत्रै पुगेका हुन्। 

बाढी पसेपछि ट्रयाक्टरमा हालेर जेष्ठ नागरिक र बालबालिकालाई पहिले उद्धार गरिएको छ। उद्धार भएकाहरु घरमा अन्नपात, गाईवस्तु सम्झेर पिरोलिएका छन्। 'पौडेर आउन सक्नेहरु अझसम्म घरमै छन्। जेष्ठ नागरिक र बालबालिकाको मात्रै अहिले उद्धार भइरहेको छ,' उनले भने। घरमा रहेकाहरुलाई उच्च सर्तकता अपनाउन भनिएको छ। 

सप्तकोशी नदीको बेलकाका बस्ती पस्न नदिन नगरपालिकाले डेढ महिना अघिदेखि निरन्तर काम गरिरहेको बताएको छ। 'एक महिना १७ दिनदेखि काम गरिरहेका थियौं। दिनभरी नदी नियन्त्रणको काम गरियो, बेलुका बगाइहाल्यो,' उनको गुनासो छ। उनका अनुसार पूर्वतयारी नगरेको भए एक महिनाअघि नै नदी बस्तीमा पसिसकेको हुन्थ्यो। 

उद्धारका थप तस्बिर

नेपाल समय
नेपाल समय
नेपाल समय
नेपाल समय

प्रकाशित: August 3, 2022 | 22:42:29 काठमाडौं, बुधबार, साउन १८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
प्रदेश न. १

ग्यास चुहिएर आगलागी

मेचीनगर नगरपालिका–६ स्थित विजय राजवंशीको घरमा आज आगलागी हुँदा रु १७ लाखको क्षति भएको छ।
नेपाल समय
प्रदेश न. १

एमाले नेताले दिएको मानसिक तनावका कारण पार्टी छाड्न बाध्य भएँ : पूर्व उपमेयर

मोरङको पथरीशनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर तथा एमाले नेतृ यमुना विष्ट बास्तोलाले एमाले पार्टी परित्यागको घोषणा गरेकी छन्।
नेपाल समय
प्रदेश न. १

तेह्रथुममा कांग्रेसलाई डर, एमाले ढुक्क

सत्ता गठबन्धनको सहयोगमा प्रतिनिधिसभामा लड्न लागेको कांग्रेस ढुक्क भने देखिएको छैन। प्रतिनिधिसभामा केन्द्रीय सदस्य सीता गुरुङ र पूर्वसांसद तुलसी सुब्बाले टिकटको दाबी गरिरहेका छन्। गुरुङ सभापति शेरबहादुर देउवा निकट हुन् भने सुब्बा शेखर कोइराला निकट।
नेपाल समय
प्रदेश न. १

कार्यकारणी सदस्य कार्कीसहित १० नेताले जसपा त्यागे

जनता समाजवादी (जसपा)का केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जना नेताले पार्टी परित्यागको घोषणा गरेका छन्।
नेपाल समय
प्रदेश न. १

प्रदेश १ सरकारद्वारा प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी, यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षण

प्रदेश १ सरकारले सरकारी सेवामा यौनिक अल्पसंख्यकलाई २ प्रतिशत आरक्षणको व्यवस्था गर्ने गरी प्रदेश निजामती सेवा अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना