सोमबार, असोज १०, २०७९

कोशी ब्यारेजका फिस ल्याडर नखोलिँदा डल्फिनलाई समस्या

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असार २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २४, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– कोशी ब्यारेजमा जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ।

जलचरका लागि बनाइएका २ वटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन्। जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने २ वटा बाटो छन्। कोशीमा रहेका १५ देखि १८ वटा डल्फिनहरु उक्त बाटो बन्द हुँदा ब्यारेज पार गर्न पाएका छैनन्। जलचर प्राणीले नेपाल तर्फबाट भारततर्फ पानीको बेगसँगै सहज पार हुने र भारत तर्फबाट नेपालतर्फ आउन फिस ल्याडरको बाटो प्रयोग गर्ने गरेको कोशी टापु वन्यजन्तु आरक्षण केन्द्रका प्रमुख रामचन्द्र खतिवडाले बताए। उनले हाल डल्फिन, माछा, घडियाल गोही लगायतका जलचर प्राणीले कोशी ब्यारेज वारपार गर्न नसकेको बताए।

४०–५० वर्षअघि बनेको कोशी ब्यारेजको ६ नम्बर गेट र ५२ नम्बर गेटमा बनेका फिस ल्याडर बन्द छ। फिसल्याडर सञ्चालनमा आए डल्फिन र ठूला प्रजातिका जलचर प्राणी कोशी ब्यारेज पार गर्न सक्छन्। निर्माण भएको १–२ वर्षपछि फिस ल्याडर बन्द रहेका कारण डल्फिनहरु ब्यारेज पार गर्न पाएका छैनन्। केही समयअघि सुनसरीको बराह क्षेत्रमा डल्फिनहरु देखिने गरेका थिए। जाडो मौसममा कोशी पार गरेका डल्फिन हाल ब्यारेजको दक्षिण भारतीय क्षेत्रतर्फ आएर जाम भएर बसेका छन्।

डल्फिन जाडोमा तल्लो भू–भागमा झर्ने र गर्मी मौसममा सन्तान वृद्धिका लागि माथिल्लो भू–भागमा जाने गरेको आरक्षण केन्द्रका प्रमुख खतिवडाले बताए। उनले जलचर संरक्षण ऐनका अनुसार यसको सञ्चालन गर्ने, नियमन गर्ने दायित्व जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको हुने उल्लेख गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई आफूहरुले भारतीय पक्षलाई सञ्चालनका लागि निर्देशन दिन अनुरोध गरिएको जानकारी दिए।

फिस ल्याडर सञ्चालनमा आए डल्फिनले र माछाले कोशी पार गर्न सक्ने तथा डल्फिन र माछाको संख्या बढ्ने उनले जानकारी दिए। नेपाल र भारतको सहमतिमा फिस ल्याडर बनेपनि केही वर्ष सञ्चालनमा आएर बन्द छ।



प्रकाशित: July 8, 2022 | 13:21:57 काठमाडौं, शुक्रबार, असार २४, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
प्रदेश न. १

प्रदेश १ का स्वास्थमन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर

प्रदेश १ का स्वास्थमन्त्री जयराम यादवले आफ्फ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्बिर हटाएका छन्।
नेपाल समय
प्रदेश न. १

प्रदेश १ का मुख्य न्यायाधिवक्ता श्रेष्ठले किन बीचमै छाडे पद?

मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको मुख्य कानुनी सल्लाकार हुने र संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार वा प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिने गरी राजनीतिक नियुक्ति गर्ने गरिन्छ।
नेपाल समय
प्रदेश न. १

कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके पाँच हजार जरिवाना

संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित उत्तर–दक्षिण कोसी राजमार्गको वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने भएको छ। ढुंगेधारा र तुम्लिङटारबीच सालघारी वन क्षेत्रमा फोहर फ्याँके रु पाँच हजार जरिवाना गरिने डिभिजन वन कार्यालयले जनाएको छ।
नेपाल समय
प्रदेश न. १

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई ११ वटा स्वर्ण पदक

गत भदौ २९ देखि असोज ८ गतेसम्म १ नं प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएको प्रतियोगितामा खोटाङका लागि सितोरियो करातेमा छ, पौडीमा दुई, बक्सिङ, शारीरिक सुगठन र भारोत्तलनमा एक–एकवटा स्वर्ण पदक प्राप्त भएको हो।
नेपाल समय
प्रदेश न. १

मोरङमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, १३ सय प्रहरी परिचालन

मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। दसैं, तिहार, छठलगायतका चाडपर्वलाई केन्द्रीत गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना