बुधबार, माघ २५, २०७९

एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने प्रदेश सरकारको तयारी, स्वास्थ्यकर्मीको विरोध

नेपाल समय  |  काठमाडौं, शनिबार, कार्तिक १३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कार्तिक १३, २०७८, काठमाडौं

नेपाल समय

विराटनगर– प्रदेश १ सरकारले एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने निर्णयको स्वास्थ्यकर्मीले विरोध गरेका छन्।

सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय र थप प्रभावकारी बनाउन, सार्वजनिक सेवाको लागतलाई न्यूनीकरण गर्न एवं समान प्रकृतिका कार्यसम्पादन गर्ने निकायलाई एकीकृत संगठन संरचना तयार गरी एकद्वार प्रणालीबाट सेवा प्रवाहको व्यवस्था मिलाउने गरी प्रदेश सरकारले  एकीकृत सेवा कार्यालयहरू स्थापना गर्ने सम्बन्धी अध्ययन कार्यदल गठन गरेको थियो। 

कार्यदलको प्रतिवेदनलाई कात्तिक ४ गतेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक स्वीकृति दिने र प्रदेश मन्त्रालयहरूले कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने भनी निर्णय गरेको छ। 

प्रदेश सरकार २०७८–७९ को नीति तथा कार्यक्रम र प्रदेश सरकारको २०७८–७९ को बजेट वक्तव्यको बुँदा नम्बर १४६ कार्यान्वयनका लागि कार्यअघि बढाइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा प्रदेशका सबै मन्त्रालयहरूमा प्रेषित पत्रमा उल्लेख छ। 

अध्ययन प्रतिवेदनमा प्रदेशका १४ वटै जिल्लामा प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहने गरी प्रदेश एकीकृत सेवा कार्यालय स्थापना गर्न प्रस्ताव गरिएको छ। प्रदेश सरकार अन्तर्गत हाल जिल्ला स्तरमा रहेका कार्यालयहरू प्रदेश एकीकृत सेवा कार्यालयमा एकीकृत गरिने प्रतिवेदनमा उल्लेख छ। 

प्रस्तावित व्यवस्था अनुसार जिल्लास्थित प्रदेश सरकारका कार्यालयहरूलाई एकीकृत गरी प्रदेश एकीकृत सेवा कार्यालय स्थापना गर्दा ती कार्यालयको कार्यबोझमा कुनै थपघट हुने छैन। तर, कतिपय डिभिजन कार्यालयहरूले हाल एक भन्दा बढी जिल्लाको कार्यक्षेत्रको जिम्मेवारी बहन गर्नुपरेकोमा एकीकृत सेवा कार्यालय शाखाहरूले  एक–एक जिल्लाको मात्रै जिम्मेवारी बहन गर्नुपर्ने हुँदा जिल्लास्थिति एकीकृत सेवा कार्यालयहरूको संवन्धित शाखाहरूको कार्यवोझ यथार्थमा केही कमी देखिने प्रतिवेदनमा उल्लेख छ। 

एकीकृत सेवा कार्यालय स्थापना गरिए सबै जिल्लाको सेवा प्रवाहमा एक रूपमा आउने र प्रभावकारिताको साथै सेवाग्राहीको सुविधामा सुधार हुन सक्ने प्रतिवेदनको निष्कर्ष छ। 

स्वास्थ्यकर्मीको विरोध

प्रदेश १ मा छुट्टै स्वास्थ्य मन्त्रालय हुनुपर्ने बताउँदै आएका स्वास्थ्यकर्मीले भने सरकारले सञ्चालन गर्न लागेको एकीकृत सेवा कार्यालयको विरोध जनाएका छन्। स्वास्थ्य सेवाको परिकल्पनाभन्दा बाहिर गएर संगठन संरचना परिवर्तन गरेको उनीहरूले बताएका हुन्। 

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख सागर प्रसाईंले एकीकृत सेवा कार्यालयका सम्बन्धमा सामाजिक सञ्जालमा ‘कमजोर सरकारले आफ्नो घर पनि बनाउँदै बनाएको पनि बिगार्छ ’ भनी टिप्पणी गरेका छन्। स्वास्थ्यकर्मीले छुट्टै मन्त्रालय हुनुपर्ने भनिरहेका बेला छुट्टै स्वास्थ्य कार्यालय पनि स्वाहा भएको डा. बालकृष्ण साहले बताए। 

नयाँ संरचनामा केही जिल्लामा स्वास्थ्यका कार्यालय नै नहुने तथा केही जिल्लामा स्वास्थ्य सेवाका कर्मचारी प्रमुख समेत बन्न नपाउने गरी बनाइएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।


प्रकाशित: October 30, 2021 | 08:27:11 काठमाडौं, शनिबार, कार्तिक १३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

अनाथालय प्रमुख नै बलात्कारी !

बालिका बलात्कारको आरोपमा चन्द गत माघ १७ गते अनाथालयबाटै पक्राउ परेका हुन्।

सरकारबाट बाहिरिएका रास्वपाका मन्त्रीले किन गरेनन् पत्रकार सम्मेलन?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार नै सरकारबाट बाहिरिसकेको छ।

संसद् भवन अगाडि भिख माग्दै बालिका

अकासेपुलमा भिख माग्नका लागि राखिएकी एक अबोध बालिका

मिडियामाथि आक्रोशित रविले जे बोले…

आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।

आउने चुनावमा बहुमत ल्याएर प्रधानमन्त्री हुन्छु: रवि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने र आफू प्रधानमन्त्री हुने उद्घोष गरेका छन्

नारायणकाजीसँग मन्त्रालय साटफेरको चर्चा, मान्लान् रवि?

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा रहने कि बाहिरिने चर्चा चलिरहेको समयमा सत्ता गठबन्धन दलभित्र पार्टी सभापति रवि लामिछानेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएर मनाउने तयारी भएको बताइएको छ।

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।

दलका कार्यकर्ता प्राज्ञ भएपछि योग्य कलाकारले कहिले पाउने अवसर?

राजनीतिमा चासो नदिने स्रष्टाप्रति राज्यले दायित्व बिर्सिंदा सहरमा कलाकार डिप्रेसनबाट गुज्रिनुपरेको र गाउँमा हराउनुपरेको वा खाडी मुलुक पलायन हुनुपर्ने अवस्था छ। कला र गलाका लागि सिर्जिएका चलचित्र विकास बोर्ड, प्रज्ञा प्रतिष्ठानलगायतका संस्था राजनीतिमय भएपछि स्रष्टाहरू ओझेल पर्दै छन्।

तत्काल पानी पर्ने सम्भावना छैन, आज काठमाडौंको तापक्रम कति?

देशैभर तत्काल पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

थप समाचार

नेपाल समय
प्रदेश न. १

धिमालको सेउपाखा

धिमाल जातिलाई उर्लाबारी नगरपालिकाले पहिलो जातिका रुपमा मान्यता दिएको छ ।
नेपाल समय
प्रदेश न. १

मेलामा देखिएको विविधता

तामाङ जातिका युवायुवती ।
नेपाल समय
प्रदेश न. १

सुन्दर सुन्तले

पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ।
नेपाल समय
प्रदेश न. १

खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ : गोकुल बाँस्कोटा

नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिए।
नेपाल समय
प्रदेश न. १

गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्ताह–२०७९ को समापन गर्दै उनले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी निजी क्षेत्रले विद्यालयहरू सञ्चालनका लागि गरेको उल्लेख गरे।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना