सोमबार, मंसिर १२, २०७९

विराटनगरमा आकाशे पुल बनाउने योजना अलपत्र

नेपाल समय  |  काठमाडौं, शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८, काठमाडौं

नेपाल समय
सांकेतिक तस्बिर।

विराटनगर- विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ। सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा योजनाविना काम गर्न खोज्दा झन्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो।

विराटनगर महानगरपालिकाको कोसी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको झन्डै तीन वर्ष पुगेको छ। ०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमका बीच आकाशे पुलको विधिवत् शिलान्यास गरेका थिए। त्यसयता आकाशे पुलको डिजाइन गरी ठेक्कासमेत लगाइए पनि हालसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन।

पुल बनाउने ठाउँको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण योजना अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरूको भनाइ छ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै ०७६ साल फागुन १६ गते टेन्डर निकालेको थियो। त्यसको झन्डै एक वर्षपछि ०७७ माघ २८ गते मात्र महानगरले ढिला गरी टेन्डर स्वीकृत गरेको थियो। नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदलयात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछी र कंचनबारीचोकमा गरी तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउने योजना अघि बढाइएको थियो। त्यसमध्ये बरगाछीसमेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कञ्‍चनबाडीचोकमा आरके बिल्डर्सले निर्माणको ठेक्का पाएको छ।

महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ। घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कला बिल्डर्सले आवश्यक सामग्री र प्राविधिक भारतबाट झिकाइसके पनि बनाउने ठाउँको सुनिश्चितता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताइएको छ।

यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाउँमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सिर्जना भएको छ। कला बिल्र्डसले सो ठाउँमा भदौ १८ गते यता जग निर्माणको काम सुरु गरे पनि स्थानीयको विरोधका कारण निर्माण कार्य रोकिएको छ। पुल निर्माण गर्न लागिएको छेउका जग्गाधनीहरूसँग समन्वय नगरी त्यहाँ निर्माण गर्न खोजिएपछि सम्बन्धित जग्गा धनीहरूले निर्माण रोक्न महानगरमा निवेदन दिएपछि काम रोकिएको कला बिल्डर्सका प्रोपाइटर सञ्जय यादवले बताए।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली भने महानगरको विकाससँग जोडिएको विषयवस्तुमा सबैले सहयोग गर्नुपर्ने बताउँछन्। देखिएका विवादहरूलाई समाधान गरेर चाँडै निर्माणलाई पूर्णता दिने उनको भनाइ छ।

महानगरपालिकाले आकाशे पुलको अवधारणा ल्याए पनि सरोकारवाला पक्षहरूसँग पर्याप्त छलफल नगरिएको र स्थानीयलाई विश्वासमा लिन नसकिएका कारण निर्माण सम्पन्न हुन सकेको छैन। समयमा निर्माण कार्य सम्पन्न गर्नका लागि सरोकारवाला सबै पक्ष र निकायबीच समन्वय हुन जरुरी देखिएको छ।


प्रकाशित: September 25, 2021 | 22:45:00 काठमाडौं, शनिबार, असोज ९, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
प्रदेश न. १

पुनः मतगणनाको माग गर्दै सञ्चारमन्त्री कार्कीको निवेदन, गणना अवरुद्ध

हिजो शनिबारदेखि अवरुद्ध भएको सुनसरी क्षेत्र नम्बर ४ को मतगणना अझै सुरु हुन सकेको छैन।
नेपाल समय
प्रदेश न. १

प्रदेश र प्रतिनिधिसभामा मोरङबाट १२ जनाको डेब्यु

अन्तिम परिणाम अनुसार मोरङमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा १० जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। प्रदेशसभा पहिलो पटक प्रवेश गर्ने एक जना संविधानसभा सदस्य पनि छन्।
नेपाल समय
प्रदेश न. १

सत्ता र प्रतिपक्षी दुवै गठबन्धनलाई पाखा लगाउने 'जोगी सर'

स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको निश्चित हुनु अघिदेखि नै उनले क्षेत्र नं. ५ लाई लक्षित गरी आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै अघि बढेका थिए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति टुंगो लाग्यो ।
नेपाल समय
प्रदेश न. १

कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन निर्वाचित

झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राजेन्द्र लिङ्देन विजयी भएका छन्।
नेपाल समय
प्रदेश न. १

मोरङ-५ 'क'मा कांग्रेसका गनगाई निर्वाचित

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्तोषकुमार साहले ९ हजार ४ सय २ मतान्तरले पछि पार्दै गनगाई चुनिएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना