मंगलबार, मंसिर १३, २०७९

गाउँभरि केरा खेती

नेपाल समय  |  काठमाडौं, बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९, काठमाडौं

नेपाल समय

म्याग्दी- म्याग्दीको खबरामा केराखेतीबाट कृषकको जीवन फेरिएको छ। खाद्यबाली छाडेर केरा खेती गरेका कृषकले अहिले केराकै आम्दानीले कच्ची घरलाई पक्की बनाउन थालेका छन्। स्थानीय उत्पादन बढेपछि सदरमुकाम बेनीमा बाहिरबाट केरा आयात घटेको छ। 

एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन्। पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ। धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताउनुभयो। 

'अन्य आम्दानीको स्रोत छैन, गुजारा चलाउने आधार केराखेती हो,' उनले भने, 'केराखेतीले खबराका बासिन्दाको जीवनस्तरमा धेरै परिवर्तन ल्याएको छ। यहाँको मुख्य आम्दानीको स्रोत केरा नै हो।' वर्षमा १० पाथी कोदो फल्ने बारी र दुई मुरी धान उत्पादन हुने खेतमा गरेको केराबाट मासिक रु पन्ध्रदेखि २५ हजारसम्म आम्दानी हुने सापकोटाले बताए। 

एक जनाले दुई देखि २० रोपनी जग्गामा केरा लगाएका छन्। केराखेतीबाट मासिक न्युनतम रु १०-१२ हजारदेखि ५० हजारभन्दा बढी कमाउने कृषक छन्। घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ। घरव्यवहार चलाएर बचेको पैसाले कच्ची घरलाई पक्की बनाएको स्थानीय कृषक हिरा कुँवरले बताए। 

'खर हुने पाखो र खेती लगाउने खेतबारीमा अहिले केरा फलाएका छौँ,' उनले भने, 'दश वर्षको खेतीलाई एक वर्षको केराको आम्दानीले जित्छ।' दश वर्षदेखि केरा खेती गर्दै आएका कुँवरले खबरामा पक्की घर बनाएका छन्।। 

गाउँमै परम्परागत खेती किसानी गर्दै आएकादेखि विदेशबाट फर्किएका युवाहरूले केराखेतीलाई आम्दानीको स्रोत बनाएका छन्। उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबरामा केराखेती फस्टाएको हो। 

किसानहरूले हजारी जातको केरा खेती गरेका छन्। बिरुवा (गाना) रोपेको दुई वर्षदेखि उत्पादन लिन सकिन्छ। एक घरी केरामा एक हजारवटा सम्म कोसा लाग्ने गर्छ। धेरै पटक मलजल, खनजोत र गोडमेल गर्नु नपर्ने हुँदा केराखेती अन्य फलफूलको तुलनामा सजिलो भएको कृषकको अनुभव छ। केराको घारीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ। 

प्रति १२ कोसा काँचो केरालाई रु ८० देखि एक सय र पकाउँदा रु एक सयदेखि एक सय २० का दरले बिक्री हुने गरेको छ। विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ। 

'तीन वटा बिरुवा ल्याएको थिएँ, आफ्नो जग्गा र गाउँमा पुर्‍याएर म्याग्दीको सिमलचौर, भुरुङ तातोपानीसम्म र पर्वतको नाग्लीवाङ, शालीजा र बागलुङको तितौरेमा बिरुवा लगेका कृषकले राम्रै आम्दानी गरेका छन,' उनले भने, 'एकै घारीबाट थोरैमा रु एक हजार दुई सयदेखि बढीमा रु चार हजार दुई सयसम्म आम्दानी हुने भएकाले फाइदा हुन्छ।'

अन्य फलफूलको तुलनामा सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले केराखेती कृषकको रोजाइमा परेको हो। जिल्लामै उत्पादन हुन थालेपछि बेनीमा बाहिरबाट केरा आयात घट्न थालेको छ। बेनीको मल्लाजी फलफूल पसलका सञ्चालक श्रीकृष्ण सुवेदीले पहिलेको तुलनामा केरा आयात घटेको बताए।  

'खबरा, बगरफाँट, काउलेगौडा, रिसिनचौतारीका कृषकले केरा बेच्न ल्याउँछन,' उनले भने, 'ताजा र स्वस्थ केरा यहीँ पाइने भएपछि बाहिरबाट ल्याउन कम भएको छ।' खबरा म्याग्दी जिल्लामै सबैभन्दा धेरै केरा खेती हुने गाउँ हो। 

सडक भए पनि यातायात सेवा सहज नहुँदा केरा बेच्न डोकोमा बोकेर बजारमा जानुपर्ने, केराको साना कोसा बिक्री नहुने र कोसामा दाग देखिने समस्या रहेको अगुवा कृषक सोवित शर्माले बताउनुभयो। बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले दुई वर्षअघि बिरुवा वितरण गरेको थियो। 

रोग भित्रिन नदिनका लागि बगैँचा व्यवस्थापन र सरसफाईसम्बन्धी तालिम आवश्यक रहेको कृषक शर्माले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खबरालाई ब्लकमा समावेश गरेर केराखेती विशेष कार्यक्रम सञ्चालन गर्न माग गरिएको उनले बताए। 

ठूला कोसा बिक्री भए पनि साना कोसा बिक्री नहुने समस्या छ। बिक्री नहुने साना कोसा भएका केरालाई अन्य परिकार बनाउने सीपको आवश्यकता छ। दर्जन (प्रति १२ कोसा)को विकल्पमा तौलको आधारमा मूल्य निर्धारण गर्न पनि खबराका कृषकले माग गरेका छन्।  


प्रकाशित: October 6, 2022 | 19:40:00 काठमाडौं, बिहीबार, असोज २०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
गण्डकी

एमालेका उपमहासचिवले माओवादी महासचिवलाई हराए

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्।
नेपाल समय
गण्डकी

पछि परे रामचन्द्र पौडेल

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन्।
नेपाल समय
गण्डकी

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।
नेपाल समय
गण्डकी

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

अर्घाखाँचीमा भइरहेको मतगणनामा सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन्।
नेपाल समय
गण्डकी

मुस्ताङमा कांग्रेसको 'क्लिन स्विप'

नेपाली कांग्रेसले मुस्ताङमा क्लिन स्विप गरेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकालेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना