मंगलबार, मंसिर १३, २०७९

वर्षा सकिएपछि दसैंमा पनि फेवातालका डुंगा व्यवसायी व्यस्त

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९, काठमाडौं

नेपाल समय

पोखरा- वर्षायाम सकिएसँगै  फेवातालका डुङ्गा व्यवसायीहरू व्यस्त हुन थालेका छन्। आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुङ्गा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्। 

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो। चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ। तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन्। 

कोरोना मत्थर भएसँगै पोखरामा पर्यटकको सङ्ख्या बढेको डुङ्गा चालक चिजमान गुरुङले बताउनुभयो। पोखरा आएका पाहुना फेवाताल पुगेर डुङ्गा सयर गर्ने उनको भनाइ थियो। 

यसरी फेवातालमा डुङ्गा चढ्ने पाहुनाका कारण आफ्नो आम्दानी बढेको गुरुङले जानकारी दिए। 'कोरोनाको बेलामा त सुक्को पैसा कमाइएन, जहान बच्चा पाल्न पनि धौधौ थियो', उनले भने, 'कोरोना घटेपछि पाहुना आएर डुङ्गा चढ्नुहुन्छ अलिअलि भए पनि कमाइएको छ।' पहिले दैनिक रु एक हजार पाँच सयसम्म आम्दानी गर्नुहुने गुरुङले अहिले दैनिक रु आठ सयसम्म कमाउछन्।

 पोखरा आएपछि फेवातालमा डुङ्गा सयर नगरी फर्कनै मन नलाग्ने स्याङ्जाबाट पोखरा घुम्न आउनुभएका समिर मानन्धरले बताए। गएको दुई वर्ष कोरोनाले गर्दा घुम्न नपाएको बताउने उनी दसैँ बिदाको मेसोमा पोखरा आएका हुन्। पोखरा आएलगत्तै सिधै फेवाताल पुगेर डुङ्गा चढी बाराही मन्दिरको दर्शन गरी फर्किएको उहाँले सुनाउनुभयो।

चाडपर्वको आगमनसँगै पर्यटक पोखरा आउन थालेको फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए। पोखरा आएका पर्यटक फेवातालमा डुङ्गा चढ्न हुरुक्कै गर्ने कारण डुङ्गा चालक व्यस्त हुन थालेको उनको भनाइ छ।

फेवातालका आठवटा घाटबाट डुङ्गा सञ्चालन हुने गर्छ। अहिले ती सबै घाटका डुङ्गा चालक बिहानदेखि बेलुकासम्मै व्यस्त हुन थालेको अध्यक्ष गिरीले जानकारी दिनुभयो। बाराही, फिस्टेल, अम्बोट, गौरी, पहारी, स्वीमिङपुल, फेवा र बङ्लादी गरी आठ घाटमा सात सय २६ वटा डुङ्गा छन्। ती डुङ्गा चलाउने २५ जना महिला छन् भने बाँकी सबै पुरुष छन्। त्यसमा पनि युवाहरूको सङ्ख्या धेरै रहेको अध्यक्ष गिरीले जानकारी दिए।

 पर्यटकले तोकिएको भन्दा बढी भाडा लिएको गुनासो गर्न थालेपछि फेवा डुङ्गा व्यावसायी सङ्गठनले अनुगमन समिति पनि बनाएको छ। अनुगमन समिति गठन भएर निरीक्षण गर्न थालेपछि पर्यटकको गुनासोमा कमी आएको अनुगमन टोलीको संयोजक प्रितम कुँवरले बताए। 

'बाराहीघाटबाट बाराही मन्दिरसम्म पुगेर फर्केको रु ६० भाडा हो तर, यहाँ चालकले मनोमानी पैसा लिएको भन्ने गुनासो आउन थाल्यो', कुँवरले भने, 'यसका लागि हामी अनुगमनमा निस्कन्छौँ, त्यस्तो भेटिए तत्काल कारबाही गर्छौँ।' 

दसैँको आगमनसँगै पोखरामा आन्तरिक पर्यटकको आगमन बढेकाले डुङ्गा व्यवसायी र चालक खुसी भएको कुँवरले बताए। पोखरा आएका आन्तरिक तथा केही बाह्य पर्यटकले डुङ्गा चढ्ने गरेको उहाँले जानकारी दिनुभयो। सोही कारण फेवातालका डुङ्गा व्यवसायी तथा चालकले आम्दानी बढ्ने आशा गरेका छन्। 


प्रकाशित: October 2, 2022 | 13:20:00 काठमाडौं, आइतबार, असोज १६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
गण्डकी

एमालेका उपमहासचिवले माओवादी महासचिवलाई हराए

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्।
नेपाल समय
गण्डकी

पछि परे रामचन्द्र पौडेल

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन्।
नेपाल समय
गण्डकी

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।
नेपाल समय
गण्डकी

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

अर्घाखाँचीमा भइरहेको मतगणनामा सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन्।
नेपाल समय
गण्डकी

मुस्ताङमा कांग्रेसको 'क्लिन स्विप'

नेपाली कांग्रेसले मुस्ताङमा क्लिन स्विप गरेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकालेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना