आइतबार, असोज १६, २०७९

स्याङ्‌जाको गल्याङमा दूधको उत्पादनका आधारमा किसानलाई ८७ लाख अनुदान

नेपाल समय  |  काठमाडौं, आइतबार, साउन १, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १, २०७९, काठमाडौं

नेपाल समय
प्रतिनिधि तस्बिर।

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकाले दूधको उत्पादनका आधारमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको छ। नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै पाँच लाख ७९ हजार ९३४ लिटर दूधमा प्रतिलिटर १५ रुपैयाँका दरले किसानलाई रु ४६ लाख ९९ हजार अनुदान दिएको गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले बताए।

गल्याङ नगरपालिकाभित्रका विभिन्न दूग्ध सङ्कलन केन्द्रमा नेपाल सरकारको दूग्ध विकास संस्थानले निर्धारण गरेको मूल्यमा दूध उपलब्ध गराउने किसानलाई उत्पादनका आधारमा प्रोत्साहनस्वरूप प्रतिलिटर रु १५ उपलब्ध गराउने निर्णयानुसार गत आवमा सो बराबरको रकम दिइएको उनले बताए।

'सामूहिक वा व्यक्तिगतरूपमा दूध उत्पादन गर्नतर्फ किसानलाई आकर्षित गराउनका लागि प्रोत्साहनस्वरूप प्रतिलिटर दूधमा रु १५ अनुदानको व्यवस्था गरेका छौँ,' उनले भने, 'उत्पादित दूध तथा दूग्धजन्य पदार्थको बजारीकरणको जिम्मा पनि नगरपालिकाले लिनेछ, उत्पादित दूध बिक्री हुँदैन कि भन्ने चिन्ता नलिनुहोस्।'

नगरपालिकाले चालु आव २०७९/०८० का लागि पनि दूध उत्पादनका आधारमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै रु एक करोड विनियोजन गरेको उनले बताए। नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान रकम उपलब्ध गराउँदै आएको नगरउपप्रमुख हेमा न्यौपानेले बताउनुभयो। दूध उत्पादन तथा दूग्धजन्य पदार्थको उत्पादनमा जोड दिइएको र उत्पादित दूध तथा दूग्धजन्य पदार्थको बिक्री वितरणको जिम्मा नगरपालिकाले लिएकाले पनि यहाँका पशुपालक किसान उत्साहित भएर अगाडि बढेका उपप्रमुख न्यौपानेको भनाइ थियो।

किसानले अनुदान प्राप्त गर्ने र बजारीकरणको समस्या नभएपछि उत्पादन वृद्धि गर्नतर्फ लागेको उपप्रमुख न्यौपानेले जानकारी दिए। गल्याङ नगरपालिकाका विभिन्न १८ दूग्ध सङ्कलन केन्द्रमा आबद्ध एक हजार ३३ किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले अनुदान रकम उपलब्ध गराएको पशु शाखा प्रमुख सुशील अर्यालले जानकारी दिए। 

यहाँका किसानले उत्पादन गरेको दूधमध्ये ४७ हजार ७५० लिटर दूध स्थानीय बजारमै खपत भएको छ। स्थानीय बजारमा खपत भएर बाँकी रहेको पाँच लाख ३२ हजार १८४ लिटर दूध जिल्लाबाहिर बुटवल दूग्ध विकास संस्थान र पोखरास्थित सुजल डेरीमा बिक्री भएको शाखा प्रमुख अर्यालले बताए।

'किसानले उत्पादन गरेको दूध आफूलाई पायक पर्ने जुन सङ्कलन केन्द्रमा ल्याउनु हुन्छ सोही केन्द्रमार्फत चार पटक अनुदान रकम भुक्तानी गरेका हौँ,' शाखा प्रमुख अर्यालले भने, 'नगरपालिकाले दूधमा अनुदानसँगै पशुपालन गर्ने व्यावसायिक किसानका लागि ब्याजमा चार प्रतिशत अनुदान, निःशुल्क पशु बीमा, निःशुल्क घाँसको बीउ वितरण गर्नुका साथै महामारीजन्य रोगका विरुद्ध निःशुल्क खोप अभियान सञ्चालन गर्दै आएका छौँ।'

नगरपालिकाले उपलब्ध गराएको अनुदानतर्फ बढी दूध बिक्री गर्नेमा फर्मतर्फ विन्दवासिनी दूग्ध उत्पादक फर्म र व्यक्तिगतरूपमा नरमाया गुरुङ रहेका छन्। एकातिर दूधको उचित मूल्य पाइने र अर्कोतिर उत्पादित दूधको बजारीकरणको कुनै समस्या नभएपछि पशुपालनमा उत्साह थपिएको व्यावसायिक पशुपालक किसान रनमाया गुरुङले बताए। 'अनुदान रकमले व्यवसायप्रति थप हौसला र उत्प्रेरणा जगाएको छ, यो पेशाबाट निक्कै खुसी र सन्तुष्ट पनि छु।'

किसानलाई थप व्यावसायिक बनाउँदै आत्मनिर्भरतर्फ अगाडि बढाउनका लागि टेवा पुग्ने विश्वास विन्दवासिनी दूग्ध उत्पादक फर्मका सञ्चालक दूग्ध व्यवसायी ईश्वर बस्यालको छ।


प्रकाशित: July 17, 2022 | 23:15:00 काठमाडौं, आइतबार, साउन १, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
गण्डकी

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन्। महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाएका हुन्।
नेपाल समय
गण्डकी

तनहुँमा दुई बालिकाल‍ाई बलात्कारको कसुरमा एकजनालाई १९ वर्ष कैद

तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक-एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ।
नेपाल समय
गण्डकी

खगराज अधिकारी प्रतिनिधिसभामा पनि सिफारिस

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको नाम कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ।
नेपाल समय
गण्डकी

पृथ्वीसुब्बा फेरि प्रदेशमै लड्ने, खगराज पनि प्रदेश झर्ने

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि प्रदेशसभामै चुनाव लड्ने भएका छन् भने गण्डकीकै खगराज अधिकारी पनि प्रदेशमा झर्ने भएका छन्।
नेपाल समय
गण्डकी

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङ फेरि प्रदेश सभामै चुनाव लड्ने

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि प्रदेश सभामा नै चुनाव लड्ने भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना