सोमबार, साउन २३, २०७९

पानी परेपछि म्याग्दीका किसान खुसी, धमाधम रोपाइँ हुँदै

नेपाल समय  |  काठमाडौं, बिहीबार, असार १६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असार १६, २०७९, काठमाडौं

नेपाल समय
फाइल तस्बिर।

गलेश्वर- म्याग्दीमा यस वर्ष असार १५ पछि बल्ल धमाधम रोपाइँ सुरु भएको छ। विगत वर्षमा मध्य असारसम्म ५५ प्रतिशत रोपाइँ सकिने गरेकोमा यस वर्ष ढिलो गरी पानी पर्नुका साथै रासायनिक मल पनि नपाइएकाले समयमा नै रोपाइँ हुन नसकेको हो। जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार बुधबारसम्म जिल्लाभर जम्मा २५ प्रतिशत मात्रै रोपाइँ भएको छ। 

रोपाइँ गर्ने समयमा पानी नपर्नु, किसानले समयमै मल बीउ नपाउनु र सिँचाइ सुविधाको अभाव जस्ता कारणले धान रोपाइँमा ढिलाइ भएको हो।  समयमै किसानले रोपाइँ गर्नका लागि मल नपाउनु र पर्याप्त पानी नपर्दा अहिलेसम्म जिल्लाभर २५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए। 

असार महिनाको आधा समय सकिनै लाग्दा पनि अहिलेसम्म रोपाइँ गर्ने मल बीउ नपाउनु र मनसुनी वर्षा हुन नसक्दा किसान चिन्तित बनेका छन्। यस वर्ष समयमै पानी नपर्दा धान रोपाइँ गर्न ढिला भएको बेनी नगरपालिका–२ बगरफाँटका कृषक टेकबहादुर कार्कीले बताए।

म्याग्दीमा कूल ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार ४९८ हेक्टर जमिनमा खेती हुँदै आइरहेको छ। त्यसमध्ये जिल्लामा तीन हजार ८८५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा गएको वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो। 

खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन रहेकोमा एक हजार ६८० हेक्टरमा बाह्रै महिना सिँचाइ हुन्छ भने चार हजार ३३३ हेक्टर जमिनमा मौसमी सिँचाइ हुने गरेको छ। 

युवा जनशक्ति पलायन हुनु, धान खेती हुने ठाउँ खण्डीकरण तथा जग्गा प्लटिङ गरिनु र बीउ मलका लागि भारतमा निर्भर रहनुपर्ने बाध्यताका कारण धान उत्पादनमा कमी आउन थालेको कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकेमा र विस्तारै चैते धानको उत्पादन वृद्धि गर्नसके जिल्लामा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ। यसबाट मसिना चामलको आयात घटाउन र मध्यम तथा मोटा चामलको निर्यात बढाउन सकिने कृषि प्रसार अधिकृत पाण्डेले जानकारी दिए। 

म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ्रे–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धान रोप्ने गरिएको छ। विकासे धान खेतीतर्फ भने किसानले चासो देखाएका छैनन्। नदी किनारका फाँटमा बढी धान खेतीलगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ। पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धान खेतीसमेत गर्ने गरिएको छ। म्याग्दीको पाखो बारीमा घैया धान रोप्ने चलन पनि छ। 

म्याग्दीको बगरफाँट, रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भुरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ। यी क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र मानिन्छन्। हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान खेती हुँदैन। 

कृषिमा आधुनिकीकरण, यान्त्रीकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धान खेती हुन सकिरहेको छैन। धानलाई मुख्यबाली मानिएको भए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिक बताउँछन्। म्याग्दीको खाद्यान्नतर्फ धान, मकै, गहुँलगायत बाली रहेका छन्।


प्रकाशित: June 30, 2022 | 22:35:00 काठमाडौं, बिहीबार, असार १६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।

प्राध्यापक लोकराज बराल भन्छन्ः दोस्रो पुस्ताले शेरबहादुर, केपी ओली र प्रचण्डलाई रिप्लेस गर्नुपर्छ [अन्तर्वार्ता]

अहिलेको राजनीति दोस्रो पुस्ताका नेताहरूले सुधार्न अबको निर्वाचन (पार्टीको आन्तरिक र आमनिर्वाचन) मा एकदमै शक्तिशाली भएर आउनुपर्छ।

कोरोना उपचारका लागि टेकु पुगेका बिरामीलाई फिर्ता पठाउँदै अस्पताल

अस्पतालमा आएका बिरामीलाई फिर्ता नपठाइ उपचार गर्‍यो। देशभरका अस्तपालहरुले अक्सिजनको अभावका कारण बिरामीलाई अन्य अस्पतालमा रेफर गरिरहँदा टेकु अस्पतालले भने अस्पतालको प्रांगणमा राखेरै पनि उपचार गर्‍यो। नेपालमा कोरोनाको पहिलो र दोस्रो संक्रमितको टेकु अस्पतालमा नै उपचार भएको थियो।

परिवार वधको डरलाग्दो शृंखला: किन बढ्दैछ आफ्नैबाट असुरक्षा?

सम्बन्धका कारण पति–पत्नीको हत्या वा आत्महत्या मात्र नभएर पछिल्लो समय बढ्दै गएको परिवार वधकै कारक मनोसामाजिक समस्या भएको मनोविद् गोपाल ढकाल बताउँछन्।

ताइवानमा किन नजर लगाउँछन् चीन-अमेरिका?

रणनीतिक र व्यापारिक महत्त्वका कारण दुवै देश ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन प्रयासरत छन्।

थप समाचार

नेपाल समय
गण्डकी

वृद्धि गरिएको कर फिर्ता लिन गण्डकी कांग्रेसको माग

जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि माग गरेको छ।
नेपाल समय
गण्डकी

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या पाँच पुग्यो, सबै एकै परिवारका

म्याग्दीमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
नेपाल समय
गण्डकी

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै

नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो।
नेपाल समय
गण्डकी

गण्डकी प्रदेशसभाले पारित गर्‍यो खानेपानी विधेयक

बैठकमा गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले गरेको प्रस्तावलाई सभामा सर्वसम्मतिले पारित भएको हो।
नेपाल समय
गण्डकी

पर्वतमा एकै आर्थिक वर्षमा बने १४ वटा झोलुंगे पुल

नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/०७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना