शुक्रबार, साउन २७, २०७९

स्वर्णिम वाग्ले गोरखाबाट सांसद भए बूढीगण्डकी बन्ने जिल्लावासीको आशा

कांग्रेसका स्थानीय नेता भन्छन्- गोरखा आउनुस् चुनाव जिताउँछौं
नेपाल समय  |  काठमाडौं, सोमबार, असार ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार ६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– अर्थशास्त्री डा. स्वर्णीम वाग्लेलाई नेपाली कांग्रेस गोरखाका नेता–कार्यकर्ताले आगामी प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट लड्न आग्रह गरेका छन्। वाग्लेले प्रत्यक्षतर्फ काठमाडौं क्षेत्र नम्बर ५ वा चितवन क्षेत्र नम्बर १ बाट लड्ने तयारी गरेको चर्चाका बीच गोरखा कांग्रेसका स्थानीय नेताहरूले जन्मथलोबाटै चुनाव लड्न आग्रह गरेका हुन्। 

उनीहरूले गोरखामा बाबुराम भट्टराईपछि राज्यको नेतृत्वमा पुग्न सक्ने नेता नै नभएको भन्दै वाग्लेलाई भावी अर्थमन्त्री बनेर बूढीगण्डकी आयोजना अगाडि बढाउन सुझावसमेत दिएका छन्। 

गण्डकी गाउँपालिका नेपाली कांग्रेस सभापति होमबहादुर राना मगरले वाग्लेलाई गोरखाबाट चुनाव लडेर अर्थमन्त्री बन्न सुझाव दिए। ‘गोरखामा नेतृत्वको अभाव रहेको छ, उहाँ गोरखाबाटै चुनाव लडेर गोरखा निर्माणमा लाग्नुपर्छ,’ राना मगरले भने। 

प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न व्यक्तिले उम्मेदवारी घोषणा गरिरहेका बेला अर्थशास्त्री वाग्लेलाई कांग्रेस नेताहरूले काठमाडौं क्षेत्र नम्बर ५ वा चितवन क्षेत्र नम्बर १ बाट चुनाव उठ्न सुझाव दिएका छन्। तर गोरखा क्षेत्र नम्बर १ को पार्टी मात्रै होइन, जनता समेत वाग्लेलाई गोरखाको नेता भएको हेर्न चाहन्छन्।

‘हामी गोरखा क्षेत्र नम्बर १ को विकास हेर्न चाहन्छौं, वाग्ले गोरखाबाटै चुनाव लड्नुपर्छ,’ सहिद लखन गाउँपालिकाका पार्टी सभापति काशी अमगाईंले भने। वाग्ले गोरखा आउँदा कांग्रेसले मात्रै होइन माओवादी, एमाले लगायत पार्टीले समेत समर्थन गर्ने दावी समेत उनले गरेका छन्। 

मिति घोषणा भइनसकेको भए पनि आगामी मंसिरभित्रै प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको तयारी छ। निर्वाचन लड्ने तयारीका लागि वाग्लेले यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिइसकेका छन्। उनी आगामी अगस्टमा नेपाल फर्किंदै छन्। 

अमेरिकाको न्युयोर्कस्थित प्रधान कार्यालयमै बसेर काम गर्नेगरी गत असारमा नियुक्त भएका वाग्ले कांग्रेस शीर्ष नेताहरूसँग परामर्श गरेर अमेरिका गएका थिए। स्थानीय तहको निर्वाचनका क्रममा समेत उनले एक महिना लामो बिदा लिएर सक्रियता देखाएका थिए। स्थानीय तहको निर्वाचनमा गोरखामै सक्रिय रुपमा सहयोग गरेकाले वाग्ले गोरखाबाटै चुनाव लड्ने विश्वास रहेको कांग्रेस गोरखाकी युवा नेतृ जानुका पन्तले बताइन्। महासमिति सदस्य तथा गण्डकी प्रदेश समस्य समेत रहेकी पन्तले वाग्ले गोरखाले चाहेको र रोजेको समेत बताइन्। ‘उहाँ गोरखाबाट चुनाव लड्दा सबै जनताको समेत साथ हुनेछ,’ पन्तले भनिन्। 

अहिले काठमाडौं–५ वा चितवन–१ बाट निर्वाचन लड्ने चर्चाले गोरखा कांग्रेस कार्यकर्ता दुःखी भएको गोरखाका जिल्ला सदस्य विश्वदीप श्रेष्ठ बताउँछन्। ‘उहाँ गोरखाबाटै चुनाव लड्दा राम्रो हुन्छ,’ श्रेष्ठले भने। पार्टीको जिल्ला संरचनासँग मिलेर काम गरिरहेका कांग्रेस नेताहरूले गोरखा नै वग्लेका लागि उपयुक्त हुने धार्चे गाउँपलिका सभापति सन्तोष गुरुङ बताउँछन्। ‘नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय व्यक्तित्व वाग्ले भएकोले गोरखा स्वागत गर्न अतुर छ,’ गुरुङले भने। 

भिमसेन गाउँपालिका तथा जिल्लास्तरीय नेता तारा पुडासैनी पनि वाग्ले गोरखाबाटै चुनाव लड्न उपयुक्त हुने सुझाव दिन्छन्। ‘उहाँलाई हाम्रो पूर्ण सहयोग र समर्थन छ, गोरखाबाटै चुनाव लड्न आउनुहोस्,’ पुडासैनीले भने। 

विगतमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदा वाग्लेको संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनका आधारमा बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी प्रस्ताव तयार पारिएको थियो। अहिले सोही प्रस्तावको वरपर रहेर बढीगण्डकी आयोजना निर्माणको लागि तयारी गरिएको छ। 

बूढीगण्डकी आयोजना बनाउनकै लागि भने पनि गोरखाले एकपटक वाग्ले चाहेको सहिद लखन गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष दीलिप थापामगर बताउँछन्। अधिकांश वडा सभापति तथा गाउँपालिका सभापतिहरूले वाग्लेलाई गोरखामा चुनाव लड्न आग्रह गर्दै आएका छन्।


प्रकाशित: June 20, 2022 | 15:30:00 काठमाडौं, सोमबार, असार ६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
गण्डकी

जग्गा छ, पार्किङ सुविधा छैन

जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ। प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन्। यी दुई सरकारी कार्यालय त उदारण मात्रै हुन्।
नेपाल समय
गण्डकी

पहिराले दुई पटक थुनियो भुजीखोला, तटीय क्षेत्रका बस्ती जोखिममा

गएराति गएको पहिरोका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्।
नेपाल समय
गण्डकी

वृद्धि गरिएको कर फिर्ता लिन गण्डकी कांग्रेसको माग

जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि माग गरेको छ।
नेपाल समय
गण्डकी

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या पाँच पुग्यो, सबै एकै परिवारका

म्याग्दीमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
नेपाल समय
गण्डकी

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै

नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना