शुक्रबार, साउन २७, २०७९

शोकमा सिख्रे गाउँ : उता विजय उत्सव भइरहँदा आमाको किरिया बसेका छन् दानबहादुर

दिलीप कुँवर  |  काठमाडौं, सोमबार, जेठ २, २०७९

दिलीप कुँवर

दिलीप कुँवर

सोमबार, जेठ २, २०७९, काठमाडौं

नेपाल समय
दुर्घटनास्थलमा भेला भएका स्थानीय। इन्सेटमा सिख्रे गाउँ।

काठमाडौं– गत शुक्रबार बिहान १० बजेतिर स्याङ्जाको वालिङ-१४ सिख्रेका दानबहादुर कुँवर (३१) घरमा खाना पकाउने सुरसार गर्दै थिए। त्यति नै बेला उनले आफ्नो घरनजिकैको कच्ची सडकबाट गाडीको हर्न सुने र बाहिर निस्केर हेरे– ग २  च ३०२६ नम्बरको डबल क्याब पिकअप रहेछ। 

ड्राइभरले लगातार हर्न बजाइरहेका थिए। दानबहादुरले बुझिहाले कि वालिङबाट आफ्नो आस्था निकटका उम्मेदवारले गाडी पठाएका रहेछन्, मतदान केन्द्रसम्म पुर्याउन। गाडीका ड्राइभरले लगातार हर्न बजाउँदै चाँडो गाडीमा बस्न संकेत गरेपछि दानबहादुरको परिवार खाना नै नखाई मतदान दिन हिँड्यो।

दानबहादुरकी श्रीमती जमुना कुँवर (२६) दुई जिउकी थिइन्। उनको सुत्केरी हुन केही हप्ता मात्र बाँकी थियो। र पनि उनी मत दिनको लागि वालिङ जान तयार भइन्। दानबहादुरले जमुनाको हातमा पाँच सय रुपैयाँ थमाइदिँदै भने, ‘कतै चाउमिन खानु, भोको नबस है।’ 

भोट हाल्नको लागि सिख्रेबाट वालिङ जाने स्थानीयको संख्या ठूलो थियो। तर, गाडीको अधिकतम क्षमता भनेको २४–२५ जना मात्र। एकछिनमै गाउँका सबै मतदाता जम्मा भए। उनीहरुले निर्णय गरे– महिला, बच्चा र वृद्धवृद्धालाई गाडीमा पठाउने, युवाहरु चाहिँ हिँडेरै जाने। 

सोहीअनुरुप दानबहादुरकी श्रीमती, छोरा अनिश (३), आमा पोटकुमारी (४४) र भान्जा पर्ने एक बच्चा गाडीमा बसे। गाउँका अन्य महिला, बच्चा र ज्येष्ठ नागरिक पनि गाडीमा चढे। अन्त्यमा गाडीबाट २७ जना जाने भए भने अरु हिँडेरै जाने भए। 

त्यो दिन सम्झँदै दानबहादुरले नेपाल समयसँग भने, ‘गाउँबाट गाडी हिँड्दा लगभग १०ः१० जति भएको थियो। मेरो परिवारका कसैले खाना खाएका थिएनौं। बाहिर केही खानु भनेर मैले बूढीलाई पाँच सय रुप्पें दिएको थिएँ।’ 

गाडी हिँडेको करिब १०–१२ मिनेटपछि दानबहादुरको मोबाइलमा फोन आयो। फोन गर्नेले भने, ‘हे भगवान् ! कस्तो दशा लाग्यो नि। यहाँ गाडी पल्टेको छ, छिट्टै आउनुस्।’ 

दानबहादुरकी श्रीमती जमुना कुँवर (२६) दुई जिउकी थिइन्। उनको सुत्केरी हुन केही हप्ता मात्र बाँकी थियो। र पनि उनी मत दिनको लागि वालिङ जान तयार भइन्। दानबहादुरले जमुनाको हातमा पाँच सय रुपैयाँ थमाइदिँदै भने, ‘कतै चाउमिन खानु, भोको नबस है।’ 

फोन कलले दानबहादुर आत्तिए। त्यसपछि उनी र उनीसँगै हिँडिरहेका साथीहरु दौडेर घटनास्थल पुगे। गाडी पल्टेको रहेछ, पञ्चमुलकोलामा। 

चुनावी रौनकमा उत्सव मनाइरहेका त्यहाँका स्थानीय १० मिनेटपछिको घटनाले स्तब्ध भए। एकाएक गाउँ शान्त बन्यो, शोकमा डुब्यो। 

दानबहादुरकी श्रीमती, आमा र भान्जाले घटनास्थलमै ज्यान गुमाए। ‘१० मिनेटपछि त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए कसले चढाउँथ्यो र गाडीमा? मेरो बूढीको पेटमा त झन् बच्चा थियो,’ दानबहादुर भक्कानिन्छन्। घटनास्थलमा उनीहरुसहित गाउँका अन्य ७ जनाले पनि ज्यान गुमाए। केहीले उपचारको लागि पोखरा लैजाँदै गर्दा बाटोमै प्राण त्यागे। देश चुनावी उत्सवमा उत्साहित भइरहँदा सिख्रे गाउँलाई भने शोक पर्यो। 

त्यसदिनको दुर्घटनामा दानबहादुरको परिवारसहित माया पुन (६३), प्रविण कुँवर (९), कुलदिप कुँवर (५०), डेमकुमारी कुँवर (५०), हरिकला कुँवर (८६), टेककला कुँवर (५०), भिमकला कुँवर (७०), मुवाकुमारी कुँवर (७०), जानुका कुँवर (४३), ज्ञानदली कुँवर (४२), मिना कुँवर (५०) र फूलदेवी कुँवरले ज्यान गुमाए। 

बेलमाया कुँवर, चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवरको अहिले पोखरामा उपचार भइरहेको छ। 

पोखरामा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल।
सिख्रे गाउँमा सन्नाटा छ अहिले। दानबहादुर आमाको १३ दिने काजक्रियामा बसेका छन्। ‘हाम्रो गाउँमा कांग्रेसको माहोल राम्रै छ, हामीले पनि कांग्रेसकै उम्मेदवारलाई मत दिने सल्लाह गरेका थियौं। तर हाम्रो सल्लाह, केवल सल्लाहमै सीमित भयो। मैले पनि मत दिन पाइनँ। परिवारको शव देखेपछि कसरी भोट हाल्न सकिन्छ र!’ दानबहादुरले फोनमा भने। उनीहरुलाई लिन कांग्रेसकै उम्मेदवारले गाडी पठाइदिएका थिए।

दुर्घटनामा ज्यान गुमाएका परिवारलाई पार्टीले काजक्रिया खर्चबापत एक लाख रकम दिने बताएको दानबहादुरले जानकारी दिए। उनले भने, ‘प्रत्येक मृतकका परिवारलाई काजक्रियाको खर्च एक लाख दिन्छौं भनेका छन्। खै त्यो पनि दिन्छन् कि दिन्नन् थाहा छैन?’ 

दानबहादुरका ३ वर्षीय छोरा अनिशको पोखरामा उपचार भइरहेको छ। अनिशको पढाइका लागि पार्टीले केही व्यवस्था गरिदिओस् भन्ने चाहना दानबहादुरको छ। ‘पैसाले अब मेरो परिवार फिर्ता त ल्याउन सक्दैन। तर, मेरो छोराको पढाइ र हुर्काइमा हामीले विश्वास गरेको पार्टीले हेरिदियो भने थोरै भए पनि राहत मिल्थ्यो,’ दानबहादुरले भने।



प्रकाशित: May 16, 2022 | 14:59:01 काठमाडौं, सोमबार, जेठ २, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
गण्डकी

जग्गा छ, पार्किङ सुविधा छैन

जिल्ला प्रशासनमा झण्डै दुई रोपनी जग्गा पार्किङका लागि भए पनि सुरक्षा निकायदेखि भिआइपी सवारीका लागि मात्रै पार्किङ उपलब्ध हुन्छ। प्रशासनमा पुगेका सेवाग्राहीको सवारीसाधन सडकमै हुने गरेका छन्। यी दुई सरकारी कार्यालय त उदारण मात्रै हुन्।
नेपाल समय
गण्डकी

पहिराले दुई पटक थुनियो भुजीखोला, तटीय क्षेत्रका बस्ती जोखिममा

गएराति गएको पहिरोका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन्।
नेपाल समय
गण्डकी

वृद्धि गरिएको कर फिर्ता लिन गण्डकी कांग्रेसको माग

जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि माग गरेको छ।
नेपाल समय
गण्डकी

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या पाँच पुग्यो, सबै एकै परिवारका

म्याग्दीमा आज (मंगलबार) बिहान पहिरोले घर बगाउँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ।
नेपाल समय
गण्डकी

रसुवामा राष्ट्रिय परिचयपत्र बनाउने बढ्दै

नेपाली नागरिकता प्राप्त गरेसँगै राष्ट्रिय परिचयपत्र प्राप्तिको आवेदन फारम भर्ने र अनलाइन तस्बिर खिचाउने कार्यमा उत्साहजनक सहभागिता बढ्न थालेको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना