बिहीबार, असोज २०, २०७९
पर्यावरण

अति संकटापन्न सूचीमा रहेको गिद्धमाथि गरिएको एउटा 'कू'

विभु भुसाल  |  काठमाडौं, आइतबार, माघ २३, २०७८

विभु भुसाल

विभु भुसाल

आइतबार, माघ २३, २०७८, काठमाडौं

नेपाल समय
प्रतिनिधि तस्बिर।

पोखरा– नेपालको राजनीतिक इतिहासमा माघ १९ लाई ‘कू’ भएको दिनको रुपमा लिइन्छ। २०५८ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सम्पूर्ण शक्ति आफ्नो हातमा लिँदै राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको दिनलाई ‘कू’ भएको दिनको रुपमा लिइन्छ। 

त्यसको ठिक १० वर्षपछि माघ १९ कै दिन सरकारकै नियमावली  र अति संकटापन्न सूचीमा रहेको एउटा गिद्धमाथि ‘कू’ भएको छ। सरकारले २०७६ मंसिर ९ गते संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण नियमावली ल्याएको थियो। यसका साथै २०५८ पुस १६ गते सरकारले सूचना जारी गरेर सिमल लगायतका वनस्पति र केही जडिबुटीहरुमा पनि प्रतिबन्ध लगाएको थियो। 

उक्त प्रतिबन्धलाई लत्याउँदै सडक चक्लाबन्दीको ठेक्का पाएको ‘एनविन’ भन्ने चिनियाँ कम्पनीले सिमलको रुख काटेको हो। ठेकेदार कम्पनीका अनुसार सडक विस्तार अन्तर्गत तनर्हुमा मात्रै अहिलेसम्म २२ सय रुख काटिसकिएको छ। कम्पनीका असिस्टेन्ट रेसिडेन्सियल इन्जिनियर मोहन केसीले यसबारेमा आफूहरुलाई कुनै आधिकारिक जानकारी नआएको बताए। 

‘चल्ला हुर्काउने बेलासम्म रुख जोगाउन सकिन्थ्यो, तर हामीलाई पनि थाहा भएन र सम्बन्धित निकायबाट पनि कुनै जानकारी आएन र रुख ढल्यो,’ उनले भने। उनका अनुसार विद्युत प्राधिकरको प्रसारणलाइनका कारण अझै धेरै रुख काट्न बाँकी नै छ। त्यो रुखलाई पनि जोगाउन सकिन्थ्यो। 

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको सिमलको रुखमा रहेको सानो खैरे गिद्धको गुँड (सेतो घेरामा)

प्रकृतिको कुचीकार मानिने गिद्ध उसको बासस्थान भनिने सिमलका रुख तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा विश्वकै अति संकटापन्न गिद्धको रुपमा अभिलेख गरिएको सानो खैरे गिद्ध अण्डा पारेर चल्ला कोरल्ने सुरसार गर्दै थियो। चरा विज्ञहरुका अनुसार यो गिद्धको प्राकृतिक चक्र भनेको वर्षमा एउटा मात्रै अण्डा पार्ने र चल्ला कोरल्ने हो। एक जोडी गिद्धले वर्षमा एउटा मात्रै चल्ला कोरल्ने भएकोले यसै त यसको संख्या कम छ। तथ्यांकअनुसार नेपालमा सानो खैरे गिद्धको संख्या ५० देखि ७५ माज्ञ छ।

पोखरा पंक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार देशभर यो गिद्धको गुँड ७ वटामात्रै छन्। देशका विभिन्न स्थानमा भएका गुँडमध्ये तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा यसको गुँड फेला परेको थियो अण्डा पारेको अवस्थामा। 

प्रकृतिको कुचीकार मानिने गिद्ध उसको बासस्थान भनिने सिमलका रुख तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा विश्वकै अति संकटापन्न गिद्धको रुपमा अभिलेख गरिएको सानो खैरे गिद्ध अण्डा पारेर चल्ला कोरल्ने सुरसार गर्दै थियो।

गण्डकी प्रदेश सरकारले पृथ्वी राजमार्ग अन्तर्गतको मुगलिन–पोखरा सडक चौडा बनाउने भनेर अहिले उक्त सडकको विभिन्न खण्डमा काम भइरहेको छ। कुनै खण्डमा सडक चौडा बनाउने काम भइरहेको छ भने कुनै खण्डमा सडक वरपरका रुख काट्ने काम भइरहेको छ। सडक वरिपरिका रुख काट्ने काम भएको थाहा पाएपछि पोखरा पंक्षी समाजका पदाधिकारीहरु शुक्लागण्डकी नगरपालिका पुगेर नगर प्रमुख किसान गुरुङलाई अरु रुख काटिए पनि चल्ला कोरले हुर्काउने बेलासम्म सिमलको रुख नकाट्न आग्रह गरे। 

सिमलको रुख गिद्धको गुँडसहित ढालिँदै

उनीहरुले पुस २० गते ज्ञापनपत्र बुझाएर यस्तो आग्रह गरेका थिए। समाजको आग्रहलाई गुरुङले स्वीकार गरे। उनले सानो खैरे गिद्धले चल्ला हुर्काएपछि मात्रै उक्त रुख काट्ने आश्वासन दिए। चराविद्हरुका अनुसार उक्त गिद्धले ३ महिनाभित्रमा अण्डा कोरलेर चल्ला हुर्काइसक्छ। 

तर चल्ला कोरल्न ओथारो बसेकै अवस्थामा सडक विस्तारको नाममा अण्डासहितको गुँडको बेवास्ता गर्दै उक्त सिमलको रुख काटियो। यसरी सिमलको रुख काटिएपछि यहाँका चराप्रेमीहरु चिन्तित बनेका छन्। उनीहरुले यो कामलाई प्रकृतिको भ्रूण हत्याको संज्ञा दिएका छन्। ‘प्रकृतिका कुचीकारहरुको यो भ्रूणहत्या नै हो। चल्ला कोरल्न ओथारो बसिरहेको चराको गुँड भएको रुख ढाल्ने कामलाई हामीले यसरी नै बुझेका छौं,’ समाजका उपाध्यक्ष शेषकान्त शर्माले भने। 

शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले भने आफूलाई यसबारेमा केही जानकारी नभएको बताए। ‘मेयर साबको टेबलमा आएको होला तर मलाई जानकारी भएन,’ उनले भने। यसबारेमा जानकारी लिन खोज्दा मेयर गुरुङले फोन उठाएनन्। उपमेयर सविता रसाइलीको फोन पनि उठेन। 

‘एकातिर राज्यले गिद्ध संरक्षणमा कार्ययोजना बनाएर विश्वमै अनुकरणीय कार्य गरिरहेको छ र वर्षेनि करोडौं मूल्य खर्च गरिरहेको छ भने अर्कोतर्फ राज्यका कतिपय निकायहरु गिद्ध संरक्षणमा खासै महत्व दिएका छैनन्, जसको उदाहरण बनेको छ शुक्लागण्डकीको विशाल सिमलको रुख र अवोध पंक्षी,’ समाजका अध्यक्ष मनशान्त घिमिरेले भने। 

समाजका सचिव हेमन्त ढकालका अनुसार गिद्ध भन्दा, सुन्दा र देख्दा जति समाजले घृणा पैदा जनाउँछ, त्योभन्दा लाखौं गुणा फाइदा यिनीहरुले सिंगो मानव जाति र पर्यावरणीय सन्तुलनमा आफ्नो उपस्थिति जनाएका छन्। मरेका जनावरको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको वृद्धिलाई रोकी मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला आदि सरुवा घातक रोगहरू र पशु चौपायाहरुमा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको महामारीबाट बचाउँछ। 

समाजका उपाध्यक्ष शर्मा यसो भन्दा आफूहरुलाई विकास विरोधीको ट्याग लगाउने गरिएको गुनासो गर्छन्। ‘हामीले विकास नगरौं भनेको होइन, कुनै पनि विकास गर्दा त्यसको दीर्घकालीन असरको बारेमा पनि ध्यान दिनु जरुरी हुन्छ। संरक्षणको कोणबाट सोचेर  पनि विकास हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने। 


प्रकाशित: February 6, 2022 | 14:59:19 काठमाडौं, आइतबार, माघ २३, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
गण्डकी

मनाङमा हिमपात, पर्यटकलाई सुरक्षित स्थानमा बस्न आग्रह

मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ।
नेपाल समय
गण्डकी

स्याङ्जामा थपिए नयाँ दुई मतदान केन्द्र

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।
नेपाल समय
गण्डकी

वर्षा सकिएपछि दसैंमा पनि फेवातालका डुंगा व्यवसायी व्यस्त

कोरोनाले पोखराको पर्यटन व्यवसाय समस्यामा थियो। चाडपर्व सुरु भएसँगै बाक्लिएको पर्यटकको घुइँचोले उनीहरूमा आशा जगाएको छ। तीमध्ये डुङ्गा चालकहरू पनि आयआर्जन बढ्नेमा ढुक्क छन्।
नेपाल समय
गण्डकी

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन्। महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाएका हुन्।
नेपाल समय
गण्डकी

तनहुँमा दुई बालिकाल‍ाई बलात्कारको कसुरमा एकजनालाई १९ वर्ष कैद

तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक-एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना