सोमबार, माघ ३, २०७८

रोकिएनन् चोरीका घटना : सुरक्षा प्रबन्धमाथि चुनौती

नेपाल समय  |  काठमाडौं, शुक्रबार, पुष ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुष ३०, २०७८, काठमाडौं

नेपाल समय

बागलुङ- दुई साताअघि गलकोटको व्यापारिक केन्द्र हटिया बजारस्थित सिवाइसी बचत तथा ऋण सहकारीको सदस्य सेवा केन्द्रमा चोरी भयो। लुटेराले मध्यरातमा झ्याल फोडेर कार्यालयभित्र छिरी नगद रु छ लाख ५४ हजार लगे। 

सहकारीका सहसचिव सुवास आचार्यले चोरले ‘भल्ट’ नै तोडेर पैसा लुटेको बताए। 'सबैभन्दा सुरक्षित मानिएको भल्टबाटै पैसा चोरी भएको छ, यो घटनाले वित्तिय क्षेत्रमै चुनौती थपेको छ,' उनले भने। 

सिसी क्यामेरामा कैद दृश्यमा तीन जनाले चार घण्टा लगाएर पैसा लुटेको देखिएको सहसचिव आचार्यले बताए। सहकारीले घटनाको छानबिन र दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै प्रहरीमा निवेदन दिएको छ। 

गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजंग भण्डारीका अनुसार त्यसको चार दिनअघि मात्रै हटियाकै केही घरमा चोरले लुटपाट मच्चाएका थिए। यी त चोरीका पछिल्ला प्रतिनिधि घटना मात्रै हुन्। विगत डेढ वर्षलाई हर्ने हो भने गलकोटमा चोरीका शृङ्खाबद्ध घटना भएका छन्। नगद, गरगहना, महँगा वस्तुलगायत गरी लाखौँको लुटपाट भएको छ। अघिल्लो वर्षको असोजमा गलकोट–२ नरेठाँटीका ज्येष्ठ दम्पतीलाई बन्धक बनाएर धनमाल लुटेको घटनायता त्यस क्षेत्रमा चोरको बिगबिगी नै चलेको छ। 

व्यक्तिका घरदेखि पसल, सहकारीसम्म गरी दर्जनौँ ठाउँमा चोरी भएको छ। लगातारजसो चोरीका घटना हुँदा पनि लुटेरा पक्राउ पर्न सकेका छैनन्। प्रहरी अनुसन्धान सोधपुछमै सीमित छ। कतिपय घटनामा त प्रहरी पुग्नै सकेको छैन। पीडित र स्थानीयवासीले भने प्रहरी अनुसन्धान फितलो र निष्प्रभावी भएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन्।

चोरी नियन्त्रणमा प्रहरी संवेदनशील नबनेको उनीहरुको गुनासो छ। 'घटनाका प्रकृति हेर्दा चोरीमा पशेवर गिरोह नै सक्रिय भएको देखिन्छ, प्रहरीले अनुसन्धान गरिरहेको भनिए पनि अहिलेसम्म खास उपलब्धि देखिएको छैन,' वडाध्यक्ष भण्डारीले भने। प्रहरीसँग पनि अनुसन्धानका लागि स्रोतसाधन र जनशक्तिको कमी रहेको उनको बुझाइ छ। 

शृङ्खलाबद्ध रुपमा चोरीका घटना हुँदा गलकोट क्षेत्रको सुरक्षा प्रबन्धमै गम्भीर प्रश्नहरु उब्जिएका छन्। मानिसहरुमा त्रास छ। असुरक्षा बढेको छ। हटिया प्रहरीचौकीका प्रमुख प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माले पछिल्लोपटक सहकारीमा भएको चोरीको घटनामा स्थलगत अनुसन्धान सकिएको बताए। 

'अब प्राविधिक अनुसन्धानको पाटो बाँकी छ, आशा गरौँ अपराधी पत्ता लाग्नेछन्,' उनले भने। सिसी क्यामेरामा कैद दृश्य अस्पष्ट भएकाले पनि अनुसन्धान जटिल बनेको प्रहरीले जनाएको छ। 

प्रहरी नायब निरीक्षक शर्माका अनुसार मध्यरात १२ बजेदेखि ३ बजेभित्रको समयमा सहकारीमा चोरी भएको थियो। 'त्यस समयमा कुनै मोबाइल प्रयोग भएको थियो की ? भनेर पनि हामी हेर्देछौँ, अन्य प्रमाण पनि खोज्दैछौं, उनले भने। 

चोरीलगायत अपराध न्यूनीकरणमा समुदायको पनि सहयोग चाहिने उनले बताए। त्यो घटनाको अनुसन्धानमा स्थानीयवासीले नसघाएको प्रहरीको गुनासो छ। 

वडाध्यक्ष भण्डारीले चोरीका घटना हुन नदिन व्यक्ति, परिवार र समाज स्वयं पनि जिम्मेवार हुनुपर्ने धारणा राखे। 'टोल, बस्तीमा स्वयंसेवी समूह बनाउने, निगरानी गर्ने, सिसी क्यामेरा राख्ने, घर, पसल, व्यवसायको सुरक्षा मजबुद पार्ने गर्नुपर्छ,' उनले भने।

पछिल्लो समय प्रहरीले हटियालगायत बजार क्षेत्रमा रात्रिकालीन गस्ती पनि सुरु गरेको छ। सादा पोशाकका प्रहरीलाई पनि शङ्कास्पद ठाउँमा पठाउने गरिएको प्रनानि शर्माले बताए। प्रहरीले चोरी हुन नदिन सुरक्षाका उपाय अपनाउन, धनमाल र गरगहना घरभित्रै छाडेर बाहिर नजान, शंकास्पद व्यक्ति देखिएमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। 

जनप्रतिनिधिका तर्फबाट गलकोटमा भइरहेका चोरीका घटनालाई लिएर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गरिए पनि खास सुनुवाइ हुन नसकेको नगरप्रमुख भरत शर्मा गैरेले बताए। 



प्रकाशित: January 14, 2022 | 21:30:00 काठमाडौं, शुक्रबार, पुष ३०, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शुक्रबार, पुष ३०, २०७८

थप समाचार

रानीमहल संग्रहालयमा परिणत

नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ। खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ।

जिपीमा हड्डीको सफल शल्यक्रिया, जिल्लावासीलाई राहत

जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हड्डीको सफल शल्यक्रिया भएको छ। अस्पतालले शल्यक्रिया सेवा दिन थालेपछि तनहुँ, गोरखा, लमजुङ र कास्की जिल्लाका केही आसपास क्षेत्रका नागरिकलाई राहत मिलेको छ।

मनाङमा पनि बढ्यो कोरोनाको जोखिम, सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय मनाङले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको न्यूनीकरण तथा नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।

पोखरामा ४५ वर्षपछि भेटियो स्वर्णचुल राजचिचिल्कोटे

पोखराको पचभैया प्राणी उद्धार केन्द्रमा दुर्लभ स्वर्णचुल राज चिचिल्कोटे चरा भेटिएको छ।

म्याग्दीमा ५८ हजार बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप

म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C