आइतबार, असोज १६, २०७९

सत्तामा पुगेको दुई वर्षमै नेताहरु अर्बपति हुनु आश्चर्यजनक : विप्लव

नेपाल समय  |  काठमाडौं, बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८, काठमाडौं

नेपाल समय
फाइल तस्बिर

पोखरा- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले कम्युनिष्ट नेताहरुको सम्पत्तिमाथि प्रश्‍न उठाएका छन्। उनले नेपालका नेताहरु सत्तामा पुगेको दुई वर्ष पनि नपुग्दै अर्बपति हुनु आश्चर्यजनक भएको बताए। नेपालका नेताहरुको जीवनशैली र रवाफले आफूलाई यस्तो लागेको उनको भनाइ थियो ।

बुधबार पोखरामा आफ्नो विद्यार्थी मोर्चा, अखिल क्रान्तिकारीको २२ औं सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘दुईसय वर्षसम्म शासन गरेका पुर्व राजाको सम्पत्ति हुनु स्वभाविक हो, तर सत्तामा पुगेको दुईवर्ष पनि नपुग्दै नेपाली नेताहरु अर्बपति बनेको देख्दा आश्‍चार्य लाग्छ।’  

उनले नेपालमा अब निर्वाचन नभई जनमत सँग्रहको माग पनि गरे । निर्वाचनहरुले सिमिति व्यक्ति र नेतालाई मात्र माथि पुर्याएकोले जनताको नाजुक अवस्थामा परिवर्तन गर्न जनमत सँग्रह अपरिहार्य भएको उनको भनाइ थियो। 

संघ र प्रदेशको निर्वाचनाबाट नेपालमा कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाई मत ल्याएर विजयी हुँदा नेपाली जनतामा केही आशा पलाएपनि कम्युनिष्टलाई दुई तिहाई पाच्य हुन नसकेको उनको टिप्पणी थियो। उनले भने, ‘नेपालका कम्युनिष्टलाई दुई तिहाइले थिच्यो।’

उनले २०४६ सालको पुँजीवाद सत्ता आएसँगै शिक्षामा पनि विभेद आएको उल्लेख गरे। आफूहरुलाई सत्ताको भन्दा पनि जनताको सरकोकार भएको उनको दाबी थियो । ‘सत्तामा को आयो, हामीलाई त्यो मतलब थिएन। जनताले अधिकार पाए कि नाइँ भन्ने हाम्रो ‌सरोकार थियो,’ उनले भने ।

उद्घाटन कार्यक्रममा विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, हेमन्तप्रकाश ओलीलगायत नेताहरु सहभागी थिए। सभा हुनुअघि पोखराको रंगशाला र जिरो किमिबाट क्रान्तिकारीको जुलुस निस्किएको थियो । उक्त जुलुस पोखराको चिप्लेढुँगा स्थित मानव अधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो।

असोज ७ र ८ गते बन्द शत्र हुने क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकालले जानकारी दिएका छन् । बन्द शत्र पोखराको लेकसाईडस्थित कुटी रिसोर्टमा हुनेछ ।

अखिल क्रान्तिकारीको २२ औं सम्मेलनमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गरिने जनाइएको छ। वर्तमान शिक्षा प्रणालीले बेरोजगार उत्पादन गर्नेबाहेक अन्य केहिपनि उपलब्धी हाँसिल नगरेकाले औपचारिक रुपमा ‘वैज्ञानिक समाजवादी शिक्षा’ सम्बन्धी प्रस्ताव गर्न लागिएको उनले बताए । ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा व्यवहारिक मात्र नभई समानतामा आधारित हुने प्रस्ताव गरिएको अध्यक्ष ढकालले बताए। 

उनले त्यस्तो ‘वैज्ञानिक समाजवादी शिक्षा’मा शिक्षा पूर्ण रुपमा निःशुल्क हुनुपर्ने प्रस्ताव गरिएको उल्लेख गरे। प्रतावमाथि घनिभुत छलफल गरेर पारित गर्दै राज्यलाई ‘वैज्ञानिक समाजवादी शिक्षा’ लागु गर्न दवाब दिइने उनले बताए ।

सम्मेलनमा ५५५ जना पर्यवेक्षक तथा प्रतिनिधि सहभागि हुने जनाइएको छ। सतहत्तरै जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक सहभागि हुने अध्यक्ष ढकालले जानकारी दिए । सम्मेलनले नया नेतृत्वसमेत चयन गर्ने क्रान्तिकारीले जनाएको छ।



प्रकाशित: September 22, 2021 | 21:53:38 काठमाडौं, बुधबार, असोज ६, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
गण्डकी

रोजगारी गुमाएकालाई अनुदानमा अटो रिक्सा

लामो समय विदेश बसेर कोरोना महामारीको समयमा घर फर्किएका बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटका कुमार रानाले अहिले आफ्नै गाउँमा व्यवसाय गर्दै छन्। महामारीको समयमा रोजगारी गुमाएर घर फर्किएकालाई गाउँपालिकाले साथ दिएपछि रानाले गाउँमै व्यवसायी बन्ने अवसर पाएका हुन्।
नेपाल समय
गण्डकी

तनहुँमा दुई बालिकाल‍ाई बलात्कारको कसुरमा एकजनालाई १९ वर्ष कैद

तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक-एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ।
नेपाल समय
गण्डकी

खगराज अधिकारी प्रतिनिधिसभामा पनि सिफारिस

नेकपा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीको नाम कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएको छ।
नेपाल समय
गण्डकी

पृथ्वीसुब्बा फेरि प्रदेशमै लड्ने, खगराज पनि प्रदेश झर्ने

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि प्रदेशसभामै चुनाव लड्ने भएका छन् भने गण्डकीकै खगराज अधिकारी पनि प्रदेशमा झर्ने भएका छन्।
नेपाल समय
गण्डकी

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङ फेरि प्रदेश सभामै चुनाव लड्ने

नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ फेरि प्रदेश सभामा नै चुनाव लड्ने भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना