राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेलाई भेटन् उनको निवास पुगेकी छन्।
शनिबार साँझ उनी कमलविनायक भक्तपुर पुगेकी हुन्। उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ।
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गर्दै प्रसाद ग्रहण गरेकी थिइन्। चाँगुबाट फर्किने क्रममा उनी विजुक्छे निवासमा पसेकी हुन्।