बिहीबार, माघ १९, २०७९

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाल समय  |  काठमाडौं, सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

राजनीतिक संवाद समूहले काठमाडौंको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता महरले दल र गठबन्धनभित्र भएको अन्तरघातको गहन समीक्षा हुन आवश्यक रहेको बताए।

यसका साथै नेता महरले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर्ने धारणा राखे।

'दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नु अगाडि पार्टीको बैठकबाटसमेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ। नेपाली कांग्रसको जीवनमा लोकतान्त्रीक बाम गठबन्धन नयाँ अभ्यास हो। यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठूलो अपेक्षा छ। ती अपेक्षालाई कसरी पुरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ,' नेता महरले भने। सुशासन कायम गरेर मुलुकमा कसरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ भन्ने खाका प्रस्ट पार्दै कांग्रेस नयाँ सरकार निर्माणको छलफल र तयारीमा जुट्नुपर्ने महरले बताए।

'जनताको आजको चाहना भ्रष्टाचार मुक्त मुलुक हो। स्वदेशमै रोजगारीको प्रत्याभूति हुनुपर्‍यो भन्ने हो। कानुनको सफल कार्यान्वयन तथा स्थिर सरकार जनताले चाहिरहेका छन्। त्यो कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव छ। त्यसैले हामीले केन्द्रीय समिति बैठक बोलाएर चाँडो हाम्रो रोडम्याप तयार गर्नुपर्छ,' उनले भने।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्, सञ्चार र कृषि जस्ता सेवा प्रवाहका मूल विषय कांग्रेसले आगामी दिनमा कसरी अगाडि बढाउँछ भन्नेमा जनतालाई प्रस्ट पारेर सोही अनुरूप अहिलेकै गठबन्धन आबद्ध दलको नेतृत्वमा सरकार बनेर कार्यान्वयनको दिसामा अघि बढ्नुपर्ने महरले औंल्याए। 

विशेष गरी युवा जमातमा आएको परिवर्तनको भोक र बेरोजगारीको समस्या ,सवदेश तथा विदेशमा रहेका नेपालीको इच्छा र आकांक्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा कांग्रेसको प्रस्ट खाका हुनुपर्ने महरको जोड् छ।


प्रकाशित: December 5, 2022 | 09:26:38 काठमाडौं, सोमबार, मंसिर १९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

देशको आर्थिक अवस्था नाजुक भएको भन्दै एकीकृत समाजवादीले यसलाई सुधार्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको हो।

सिंहदरबार ताक्ने रवि लामिछानेको योजनामा माओवादीको अवरोध

आइतबारको बालुवाटार जमघटमा एमाले अध्यक्ष केपी ओलीले गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गर्न र गठबन्धनको मर्मअनुसार चल्न सुझाए पनि सोमबारको माओवादी पदाधिकारी बैठकले गृह मन्त्रालय नछाड्न र रविलाई गृहमन्त्री नबनाउन दबाब दिएपछि अलमलमा प्रधानमन्त्री प्रचण्ड।

प्रधानमन्त्रीलाई भेटेपछि गभर्नरसँग छलफल गरे मेयर बालेनले

निजी सम्पत्तिमा महानगरले क्षति पुर्‍याएको भन्दै आन्दोलनसमेत भइरहेको छ। यस्तो अवस्थामा मेयरले संघीय सरकारबाट हुनुपर्ने सहयोगको अपेक्षासमेत राखिरहेका छन्।

आत्मदाह प्रयास गरेका पुरुषलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा महानगरपालिका-१३ काहूँखोलामा आइतबार एक व्यापारिले आत्मदाह प्रयास गरे। घर वहालमा बसेका युवकले शरीरमा आगो लगाउन खोजेपछि घरबेटीले डेरावाल युवकलाई बचाउन खोजेकी थिइन्।

थप समाचार

नेपाल समय
राजनीति

राजनीतिक समीकरण तत्काल फेरिँदैन: प्रचण्ड

बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै दाहालले सत्ता समीकरण फेरबदल नहुने बताएका हुन्।
नेपाल समय
राजनीति

सांसदलाई सभामुख, उपसभामुखको खबरदारी, जनताका प्रतिबद्धता नभुल्न गराए सचेत

सांसदहरुले जनप्रतिनिधि थलोमा भुइँतहका नागरिकको आवाज उठाउन छाडेका र संसदीय विधिलाई बाइपास गर्ने क्रम बढेसँगै प्रजातान्त्रिक मूल्य–मान्यता र अभ्यासबारे प्रशिक्षित गराइन लागेको हो।
नेपाल समय
राजनीति

विवादको चौघेरामा रवि, पार्टी र जनस्तरको विश्वास ओरालो लाग्दै

पत्रकार हुँदा विधि र पद्धतिको ठूलो वकालत गर्न खोज्ने रवि सरकारमा पुगिसकेपछि आफै विधि र पद्धतिको धज्जी उडाएको भन्दै सामाजिक सञ्जाल र नागरिक स्तरबाट आलोचना भइरहेको हो।
नेपाल समय
राजनीति

गृह मन्त्रालय रविलाई फिर्ता दिनुपर्छ : एमाले अध्यक्ष ओली

रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषयमा अन्य पार्टीले भाँजो हाल्न नहुने अध्यक्ष ओलीको बोली।
नेपाल समय
राजनीति

राष्ट्रपतिमा एमालेको उम्मेदवार नै सत्तापक्षको हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना